Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

राजनीति

एमालेको नेता पाण्डे र भुसाल पनि निलम्बित

२० चैत काठमाडौं – एमालेले नेताद्वय सुरेन्द्र पाण्डे र घनश्याम भुसाललाई ६ महिना पार्टी सदस्यताबाटै निलम्बन गरेको छ। पाण्डे र भुसालले दिएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले बिहीबार निलम्बन गरेका हुन्। अर्का नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई यसअघि नै निलम्बन गरिएको छ। एमालेको केन्द्रीय कमिटीको चैत ७ गतेको बैठकको निर्णयअनुसार महासचिव […]

माओवादी केन्द्रको स्थायी कमिटी बस्दै

१९ चैत्र काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक केही बेरमा केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरु हुने भएको छ। बिहीवार ९ बजेका लागि बैठक डाकिएको नेता गणेश साहले जानकारी दिए। बैठक केपी ओलीको सरकारलाई दिएको समर्थन फिर्ताबारे केन्द्रित हुने उनले बताए। पुस ५ गते प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा भंग गरेपछि सडकमा ओर्लेको माओवादी केन्द्रका अध्यक्ष […]

आज बिमस्टेक मन्त्रीस्तरीय बैठक

१९ चैत  काठमाडौं – बङ्गालको खाडीको पहल बहुक्षेत्रीय प्राविधिक र आर्थिक सहयोग (बिमस्टेक)को मन्त्रीस्तरीय बैठक आज (बिहीबार) बस्दै छ । मन्त्रीस्तरीय बैठक श्रीलङ्काले आयोजना गर्नेछ । नेपालका तर्फबाट परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले नेतृत्व गर्नुहुने कार्यक्रम रहेको छ । उहाँसँग अन्य विभिन्न मन्त्रालयका मन्त्री तथा उच्चाधिकारी सहभागी रहनुहुनेछ । बिहीबार अपराह्न ३ बजे भर्चुअल रूपमा बस्ने तय भएको छ । […]

कांग्रेस रणनीति : घटनाक्रम नियाल्ने तर केही नबोल्ने, नखुल्ने

१९ चैत्र काठमाडौँ – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विकसित राजनीतिक घटनाक्रम नियाल्ने तर तत्काल केही नबोल्ने र नखुल्ने रणनीति लिएको छ । नया सरकार गठन सम्बन्धमा कांग्रेसले कुनै रुचि नलिएपछि त्यो सम्भावना करिब अन्त्यजस्तै भएको छ । हाल, कम्युनिस्ट शक्तिबीच आन्तरिक कलह मात्रै भएको र सत्ताका लागि उनीहरू विभाजित मनस्थितिमा नपुगिसकेको भन्दै कांग्रेसले तत्काल केही […]

आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता बढ्छ : प्रधानमन्त्री ओली

१७ चैत्र काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता बढाउने बताउनुभएको छ । मंगलबार रिपोर्टस क्लव नेपालको २३ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता बढाउने बताउनुभएको हो । प्रधानमन्त्री ओलीले आगामी आर्थिक वर्षमा विद्यालयहरुको पूर्वाधार विकासका लागि ५ अर्ब बढी रकम वितरण गरिने […]

निलम्बनपछि आन्तरिक रणनीति बनाउँदै नेपाल

१७ चैत्र काठमाडौं – एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूसहित नेता भीम रावललाई ६ महिनाका लागि निलम्बन गरेपछि एमाले वरिष्ठ नेता माधवकुमार नेपाल आन्तरिक रणनीति बनाउन छलफल गर्दैछन्। उनले आज अब कसरी अगाडि बढ्ने भन्ने विषयमा आफू निकटका स्थायी कमिटीका सदस्यहरूसँग छलफल गर्न लागेको नेपालको सचिवालयले जनाएको छ। नेता नेपालले आजै दिउँसो १२ बजे आफ्नो […]

सर्वोच्चको फैसलाविरुद्ध पुनरावलोकन निवेदन दर्ता गराउन जाँदै प्रचण्ड

१७ चैत्र काठमाडौँ – तत्कालीन नेकपा (एमाले) र माओवादी केन्द्रबीच भएको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पुनरावलोकन दिने भएका छन्। पुनरावलोकन दिन उनी मंगलबार बिहान ११ बजे सर्वोच्च अदालत जान लागेको उनको सचिवालयले जानकारी दिएको छ। यसअघि गत फागुन २३ गते नेकपा नामको पार्टी कसको नाममा हुने […]

माधव नेपाल र भीम रावल एमाले पार्टी सदस्यबाट ६ महिना निलम्बित

१५ चैत्र काठमाडौं – नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्बन गरेको छ । पार्टी हितविपरीत गतिबिधि गरेको भन्दै उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरेको हो । यसअघि चैत ८ गते एमालेले नेपाल र रावललगायत ४ जनालाई स्पष्टीकरण सोधेको थियो । चैत १२ गते उनीहरुले पठाएको स्पष्टिकरण चित्त […]

कोटेश्वरमा प्रचण्ड-माधवबीच २ घण्टा भेटवार्ता

१६ चैत्र काठमाडौं – माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । अध्यक्ष प्रचण्ड र नेता नेपालबीच सोमबार दिउँसो करिव २ घण्टा कोटेश्वरस्थित एक घरमा भेटवार्ता भएको हो । भेटवार्तामा पछिल्लो राजनीतिक अवस्थाबारे छलफल भएको दुवै नेता निकट श्रोतहरुले बताएका छन् । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको […]

सर्वोच्चले भन्यो : बाबुराम-माधव मन्त्रिपरिषद्का निर्णय झिकाउनू

१५ चैत्र काठमाडौं – ललितानिवास जग्गा प्रकरणमा सर्वोच्च अदालतले पूर्व(प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा बाबुराम भट्टराई नेतृत्वको मन्त्रिपरिषदको सरकारले गरेका निर्णयको सक्कल झिकाउने आदेश दिएको छ। न्यायाधीश अनिलकमार सिन्हा र हरिप्रसाद फुँयालको संयुक्त इजलासले मन्त्रिपरिषदको निर्णयको सक्कल झिकाउने आदेश दिएको हो। अग्राधिकारप्राप्त सो रिटमाथिको सुनुवाइ यसअघि पेशीमा चढेर स्थगित हुँदै आएको थियो। बालुवाटारको सरकारी जग्गा […]