राजनीति
एमालेको १० औं महाधिवेशन चितवनमा
४ कार्तिक, काठमाडौं – नेकपा एमालेको १० औं महाधिवेशन चितवनमा हुने भएको छ । बिहीबार (आज) बसेको एमाले स्थायी कमिटी बैठकले पार्टीको आगामी १० औँ महाधिवेशन चितवनमा गर्ने निर्णय गरेको हो । महाधिवेशनका लागि स्थायी कमिटी सदस्य रामबहादुर थापाको नेतृत्वमा २१ सदस्यीय मूल व्यवस्थापन समितिसमेत गठन गरिएको छ । नेकपा एमालेको १० औँ महाधिवेशन मंसिर […]
मुख्यमन्त्री शाक्यले कात्तिक १० गते विश्वासको मत लिने
४ कार्तिक, हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले यही कात्तिक १० गते विश्वासको मत लिनुहुने भएको छ । प्रदेशसभाको आज अपराह्न बसेको बैठकले मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने कार्यका लागि यही कात्तिक १० गते बुधबार अपराह्न बस्ने बैठकमा मतदान हुने बागमती प्रदेशसभाका सभामुख सानुकुमार श्रेष्ठले उल्लेख गर्नुभयो । आज दिउँसो ३ बजेका लागि बोलाइएको […]
देउवा र पौडेललाई कांग्रेसबाट ‘रिटायर्ड’ हुन कांग्रेस नेता प्रकाशमान सिंहको आग्रह
४ कार्तिक, काठमाडौँ – नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वउपसभापति प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई पार्टीबाट ‘रिटायर्ड’ हुन आग्रह गर्नुभएको छ । आमाको किरियापुत्री बसेका नेपाली कांग्रेस धादिङका पूर्वसभापति रामनाथ अधिकारीलाई आज भेट्न धादिङ आउनुभएका कांग्रेस नेता सिंहले नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा आफू सभापति पदको उम्मेदवार हुने सङ्केत गर्दै पार्टीलाई […]
गुरुयोजना बनाएर पीडितका समस्या सम्बोधन गर्छु : प्रधानमन्त्री
४ कार्तिक, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूरपश्चिममा बाढी र पहिराबाट भएको क्षति र पीडितलाई सम्बोधन हुनेगरी गुरुयोजना बनाइने बताउनुभएको छ । बाढी प्रभावित क्षेत्र निरीक्षणका क्रममा आज साँझ कञ्चनपुरको दोधारा–चाँदनी पुग्नुभएका प्रधानमन्त्री देउवाले सुदूरपश्चिम बाढी र पहिराबाट नराम्ररी प्रभावित भएको बताउनुभयो । “बाढी र पहिराले यहाँको अवस्था नै दयनीय बनाइदिएको मैले निरीक्षणका क्रममा पाए”, […]
विप्लवले प्रधानमन्त्री देउवालाई बुझाए ज्ञापनपत्र, ३ बुँदे सहमति कार्यान्वयन माग
१८ आश्विन, काठमाडौं -</strong> नेत्र विक्रम चन्द (विप्लव) समूहले सरकारसँग भएको तीन बुँदे सहमति छिट्टै अक्षरस कार्यान्वयन गर्न माग गरेको छ । सहमति भएको लामो समयसम्म पनि सहमति पूर्णरुपमा कार्यान्वयन हुन नसकेको भन्दै महासचिव विप्लवले सरकारको पुनस् ध्यानाकर्षण गराएका हुन् । विप्लवले विज्ञप्ति जारी गर्दै बन्दीको रिहाइ र मुद्दा फिर्ता सहमतिको मुख्य बुँदा भएको तर […]
पार्टीमा रुपान्तरण आवश्यक छ : वरिष्ठ नेता पौडेल
१८ आश्विन, दमौली – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा रुपान्तरण आवश्यक भएको बताउनुभएको छ । दसैँका अवसरमा नेपाली कांग्रेस शुक्लागण्डकीले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वरिष्ठ नेता पौडेलले पार्टीमा पुस्तान्तरण नभई रुपान्तरणको खाँचो रहेको औँल्याउनुभयो । एकथरीले कांग्रेसमा पुस्तान्तरणको नारा दिइरहेको भन्दै उहाँले आजको अवस्थालाई बुझेर रुपान्तरणमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । […]
व्यावसायी दुर्गा प्रसाईं एमाले विधान महाधिवेशन प्रतिनिधि
१७ आश्विन, ललितपुर – मेडिकल व्यावसायी दुर्गा प्रसाईं नेकपा एमालेको विधान महाधिवेशनमा प्रतिनिधिको रूपमा देखिएका छन् । यतिबेला उनको महाधिवेशन स्थलमा प्रतिनिधिको परिचय पत्र लगाएर अभिवादन गरिरहेको तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । प्रसाईंलाई झापाबाट महाधिवेशन प्रतिनिधिको रूपमा आएको बताइएको छ । उनी झापामा विएण्डसी मेडिकल कलेज र पूर्वाञ्चल क्यान्सर अस्पताल सञ्चालन हुन् । […]
एमाले विधान महाधिवेशन : पार्टी सदस्यताबारे जिल्ला कमिटीले नै निणर्य गर्ने
१७ आश्विन, काठमाडौँ – नेकपा (एमाले) ले पार्टी सदस्यता दिने प्रक्रियालाई सरलीकरण गर्दै अबदेखि यसबारे सम्बन्धित जिल्ला कमिटीले नै निणर्य गर्न सक्ने व्यवस्था गर्ने भएको छ । यसअघि एमालेको जिल्ला कमिटीले सदस्यताबारे तत्कालीन अञ्चल कमिटी हुँदै केन्द्रीय कार्यालयमा सिफारिस गर्ने र केन्द्रीय सङ्गठन विभागले निणर्य गर्ने व्यवस्था गरिएको थियो । ललितपुरको गोदावरीमा जारी प्रथम विधान […]
सत्ता गठबन्धनमा फेरि खटपट,जसपा सरकारमा नजाने पक्का
८ आश्विन, काठमाडौं – सत्ता गठबन्धनमा फेरि खटपट सुरु भएको छ । खासगरी मन्त्रालय बाँडफाँडमा प्रधानमन्त्री शेरबहादुर देउवाले राम्रो मन्त्रालय आफ्नो पार्टीलाई मात्रै राखेको भन्दै गठबन्धनमा आवद्ध दल जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव असन्तुष्ट बन्नुभएको छ। पछिल्लो समय गठबन्धनको बैठकमा समेत अध्यक्ष यादवले यही ताल भए आफूहरु सरकारमा सहभागी नहुने चेतावनी दिनुभएको छ […]
उपप्रधानमन्त्री पाएमात्र अध्यक्ष यादव सरकारमा जाने
७ अश्विन, काठमाडौं – जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) ले उपप्रधानमन्त्रीको भागबन्डा पाए अध्यक्ष उपेन्द्र यादव नेतृत्वमा सरकारमा सहभागी हुने तयारी गरेको छ । शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारमा जसपा नेपालले उपप्रधानमन्त्री नपाएमा रेणु यादवको नेतृत्वको सरकारमा सहभागी हुने तयारी गरेको हो । ‘पार्टीको भागमा उपप्रधानमन्त्री मिलेमा अध्यक्ष यादवले नै नेतृत्व गरेर जसपा सरकारमा […]



