Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

राजनीति

मन्त्रीले वडाध्यक्षमाथि हातपात गरेपछि आपत्तिमा पौडेल पक्ष

७ अश्विन, काठमाडौं – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र उनी पक्षका शीर्ष नेताहरू आज पार्टी केन्द्रीय कार्यालय पुगेर धर्नामा ऐक्यवद्धता जनाउने हुनुभएको छ । सर्लाही कांग्रेसका नेता र कार्यकर्ताले लामो समयदेखि क्रियाशील सदस्यता विवाद मिलाउन धर्ना दिइरहनुभएको छ । क्रियाशील सदस्यता विवाद भइरहेका बेला मंगलबार पार्टी कार्यालय सानेपामै सर्लाही बरहथवा नगरपालिका ४ का […]

मन्त्रिमण्डललाई पूर्णता दिनेबारे बालुवाटारमा छलफल

६ आश्विन काठमाडौं – सत्तारूढ गठबन्धनको बैठक आज पनि बालुवाटारमा बस्ने भएको छ। मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल गर्न आज छलफल हुन लागेको हो। मंगलबार पनि सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको थियो । नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आज गठबन्धन बैठक बस्ने र मन्त्रिमन्डल विस्तारबारे छलफल हुने बताउनुभयो। स्थायी कमिटी बैठकपछि पत्रकारहरूसँग कुराकानी गर्दै […]

कांग्रेसको विद्यार्थी फाँट हुँदै परराष्ट्रमन्त्री सम्मको यात्रा

६ आश्विन,काठमाडौं – परराष्ट्रमन्त्री डा. नारायण खड्काको जन्म २००५ साल चैत ७ गते भोजपुरमा भएको हो । विसं २०२३ मा विद्यार्थी आन्दोलनबाट राजनीतिमा लाग्नुभएका उहाँले कांग्रेसको विद्यार्थी फाँट हुँदै पार्टीगत राजनीतिमा सक्रिय रहेर नेपाली कांग्रेसको केन्द्रीय सदस्य हुनुभएको छ । विसं २०६४ मा उदयपुर–१ बाट संविधानसभा सदस्य निर्वाचित हुनुभएका उहाँ २०७० सालको दोस्रो संविधानसभा सदस्य […]

नेविसंघ महामन्त्री तिमल्सिना वडामै पराजित

६ आश्विन,सिन्धुपाल्चोक – नेविसंघका महामन्त्री बलदेव तिमल्सिना नेपाली कांग्रेसको वडा अधिवेशनमा पराजित हुनुभएको छ। सिन्धुपाल्चोकमा मंगलबार भएको वडा अधिवेशनमा तिमल्सिना क्षेत्रीय प्रतिनिधि उठ्नुभएको थियो। उहाँ सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका वडा नम्बर ३ बाट उठ्नुभएको थियो। उहाँको पक्षमा जम्मा ७७ मत आयो भने  उहाँलाई पराजित गर्नेले सो भन्दा १७ मत बढी ल्याएका थिए। तिमल्सिना पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलानिकट […]

अदालतको निर्णय आउने बित्तिकै मन्त्रिपरिषद् विस्तार गर्ने

५ आश्विन, काठमाडौँ – पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सर्वोच्च अदालतमा दायर गरिएको रिटमाथिको निर्णय आउनासाथ मन्त्रिपरिषद् विस्तार गर्ने सत्ता गठबन्धनले तयारी थालेको छ । माधवकुमार नेपाल लगायत १४ सांसदमाथि गरिएको कारबाही कार्यान्वयन गराउने आदेश माग्दै एमाले अध्यक्ष ओलीका तर्फबाट सर्वोच्च अदालतमा दायर रिटमाथि सोमबारदेखि सुनुवाइ भइरहेको छ । सोमबार यो रिट हेर्दाहेर्दैमा राखिएको […]

माओवादीले वडादेखि केन्द्रसम्मै निर्वाचनबाट नेतृत्व चयन गर्ने

५ आश्विन, काठमाडौँ –नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनमार्फत् चयन गर्ने भएको छ। माओवादीले वडा, प्रदेश तथा संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै कमिटीको नेतृत्व निर्वाचनबाट चुनिएर आउनुपर्ने गरी कार्यविधि बनाएको हो। माओवादीले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने निर्णय यसअघि नै गरिसकेको छ। तल्ला कमिटीका […]

‘पाँच वर्ष नै सम्झिने नेतृत्वलाई जिताउन आग्रह’ : श्याम पोख्रेल

४ आश्विन,धरान – नेपाली कांग्रेस १४ औं महाधिवेसन अन्र्तगत धरान नगर सभापतिका प्रत्यासी उम्मेद्वार श्याम पोख्रेलले चार वर्ष एघार महिना बिर्सिने र एक महिना सम्झिने नेतृत्वलाई हैन पाँच वर्ष नै सम्झिने नेतृत्वलाई जिताउन आग्रह गर्नु भएको छ । आईतबार धरान वडा नं. १२ स्थित पूर्वी होटलमा आयोजित क्षेत्रिय प्रतिनिधिहरुसँग भेटघाट गर्दै नगर सभापतिका प्रत्यासी उम्मेद्वार […]

दुइ ओटै प्रदेशमा हाम्रो सरकार बन्छ,स्वागत गर्न तयार रहनुस् : माधव नेपाल

४ आश्विन काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश १ र बागमती प्रदेशमा छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ। सोमबार पेशागत महासंघ नेपालको राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भन्नुभयो, ‘एक र तीन नम्बर प्रदेश ९बागमती० मा छिट्टै अब हाम्रो पार्टीको नेतृत्वमा सरकार बन्न गइरहेको छ । तपाईंहरु स्वागत […]

मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउछ : प्रधानमन्त्री देउवा

 ४ अश्विन काठमाडौँ –प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार छिट्टै हुने बताउनुभएको छ। आज प्रतिनिधि सभा बैठकमा भाग लिएर निस्कने क्रममा पत्रकारहरूको प्रश्नमा देउवाले मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउने बताउनुभएको हो । ‘मन्त्रिपरिषदले छिट्टै पूर्णता पाउँछ,’ उहाँले भन्नुभएको हो। प्रधानमन्त्री देउवाले कांग्रेसबाट २ र माओवादीबाट २ मन्त्री तथा कांग्रेसबाट एक राज्यमन्त्री बनाउनुभएको छ। सरकार गठन भएको दुई […]

सङ्घीय संसद् ठीक बाटोमै अघि बढिरहेको छ : सभामुख सापकोटा

 २ आश्विन काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले संविधान र सङ्घीयता कार्यान्वयनका लागि कानुन निर्माणका हिसाबले मूलभूतरुपमा सङ्घीय संसद् ठीक बाटोमै अघि बढिरहेको बताउनुभएको छ। राष्ट्रियसभा विधायन व्यवस्थापन समितिद्वारा आज आयोजित विधायिकी खुल्लापन र लोकतन्त्र मेला कार्यक्रममा उहाँले पछिल्ला समयमा भएका बहस, छलफल र गतिविधि विश्वकै लागि अध्ययन गर्ने ठूलोे विश्वविद्यालय बनेको धारणा व्यक्त गर्नुभयो । […]