राजनीति
‘माधव नेपालको पार्टी स्वार्थीहरुको झुण्ड हो, यस्तो झुण्डबारे चिन्ता नगरौं’ : विष्णु पौडेल
३१ भदौ, बुटवल – नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले माधवकुमार नेपालको पार्टीलाई स्वार्थीहरुको झुण्डको संज्ञा दिनुभएको छ । एमाले रुपन्देहीको कार्यकर्ता भेलालाई बुधबार बुटवलमा सम्बोधन गर्दै पौडेलले एमालेको विभाजनप्रति चिन्ता लिन जरुरी नभएको बताउनुभयो । माधव नेपालको पार्टी स्वार्थीहरुको झुण्ड हो, यस्तो झुण्डबारे चिन्ता नगरौं’ पौडेलले भन्नुभयो, ‘आउने चुनावमा माधव नेपालको पार्टीले एउटा सिट पनि […]
‘पापी’को संज्ञा दिदै रायमाझीले भने : पापी मन भएको अनुशासनहीन नेता प्रचण्ड
३० भदौ, बुटवल – नेकपा एमालका नेता टोपबहादुर रायमाझीले कुनै बेलाका आफ्नै ‘सुप्रिम कमाण्डर’ एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पापीको संज्ञा दिँदै अनुशासनहीन नेता भएको बताउनुभएको छ । बुधबार रुपन्देहीको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता रायमाझीले अध्यक्ष प्रचण्डलाई पापी मन भएको बताउदै प्रतिपक्षको पुच्छर समाएर हिँड्ने अनुशासनहीन नेता भएको बताउनुभएको हो […]
पार्टी विभाजनबाट एमाले पछारिएको छ : घनश्याम भुसाल
३० भदौ, बुटवल- नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले पार्टी विभाजनका कारण एमाले घाइते भएको बताउनुभएको छ। पार्टी विभाजन भएर पछारिएर घाइते भए पनि एमाले अहिले पनि सबैभन्दा ठूलो राष्ट्रिय शक्ति भएको उहाँको भनाइ छ । रुपन्देहीमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै भुसालले भन्नुभयो, ‘हामी पछारिएका छौं, घाइते भएका छौ । आन्दोलनका हिसाबले अप्ठेरोमा छौं, तल खसेका छौं […]
चार मन्त्री र एक राज्यमन्त्रीको भरमा सरकार
२९ भदौ, काठमाडौँ – कांग्रेस सभापति शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री नियुक्त भएको ६० दिन भएको छ । २९ असारमा गठन भएको सरकार दुई महिना बित्दा पनि पाँच मन्त्रीकै भरमा चल्दै आइरहेको छ । सत्ता गठबन्धनभित्रको किचलो र आन्तरिक व्यवस्थापनमा देखिएको चुनौतीपछि २९ असारमा सर्वोच्च अदालतको परमादेशबाट प्रधानमन्त्री पदमा नियुक्त भएका देउवाले दुई महिना बित्दा पनि […]
खर्च कसरी चल्छ ? देउवाको जवाफ : हिजो जसरी चल्याथ्यो, त्यसैगरी
२९ भदौ, काठमाडौँ –प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित नभए पनि खर्च गर्न समस्या नहुने प्रतिक्रिया दिनुभएको छ । अघिल्लो सरकारले ल्याएको बजेट अध्यादेश ६० दिनभित्र अर्थात भदौ ३० गतेसम्म संसदबाट पारित नभएपछि सरकारले खर्च गर्न भने नपाउने भएको छ । तर संसद बैठक असोज ४ गतेका लागि बोलाइएको छ । बजेट पारित नभएपछि भदौ ३० […]
सभामुखमाथि हाम्रो आशंका छ : सुवास नेम्वाङ
२९ भदौ, काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा ९एमाले० का संसदीय दलका उपनेता सुवास नेम्वाङले सभामुखप्रति आफूहरूको आशंका कायम रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपनेता नेम्वाङले सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (एमाले) माथि भेदभाव गरेकाले उनीप्रति आशंका भएको बताएको छ । उहाँले सभामुखले औपचारिकताको लागि बोलाएको बैठकमा जानुको अर्थ नभएको भन्दै […]
धनगढी पुगेका रावलले भने : माधव नेपाल पक्ष पदका लागि बाहिर गए
२९ भदौ, काठमाडौँ – एमाले उपाध्यक्ष भीम रावलले पार्टी नफुटाऊ भन्दा नमानेर माधव नेपाल पक्ष पदका लागि बाहिर गएको बताउनुभएकोछ । एमालेकै नेतृत्वको सरकार ढाल्न बनेको गठबन्धनमा सँगै रहेका रावलले नेपालको साथ छोडेर पार्टीमै बसेपछि पहिलो पटक धनगढी पुगेर मंगलबार यस्तो बताउनुभएको हो। एमालेको जिल्ला कार्यालयमा कार्यकर्तासँगको भेटमा उहाँले १० बुँदे सहमतिले पार्टीलाई एकतावद्ध गर्न […]
प्रचण्ड धोकेबाज नेता हुन्, माधव नेपाल कमरेड होइनन् : ओली
२९ भदौ, बिराटनगर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहजिल्ला झापा पुगेर पूर्व सहयोद्धाको चर्को आलोचना गर्नुभएकोछ । नेकपा माओवादी केन्द्रका अध्यक्ष धोकेबाज नेताको संज्ञा वलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई कमरेड नभन्न आग्रह गर्नुभयो । मंगलबार गृह जिल्ला झापामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले फुटेको नभई माधव नेपाल चोइटिएको बताउनुभयो । पिलो […]
सरकारी खर्च बुधबारदेखि रोकिने
२९ भदौ, काठमाडौँ – संसद सुचारु हुँदा ६० दिनभित्र बजेट अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक संसदबाट पारित गर्नुपर्ने व्यवस्था छ । सो व्यवस्थाअनुसार बुधबार समयावधि सकिँदैछ। संसद बैठक नै असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । समयमै विधेयक पारित हुन नसकेपछि सरकारी खर्च रोकिए पनि कर भने उठ्ने अर्थमन्त्री जनार्दन शर्माले जानकारी दिनुभयो । आजको संसद […]
एक दिनका लागि गाउँपालिका अध्यक्ष बनिन् सुस्मिता
२९ भदौ, विराटनगर – मोरङकी १६ वर्षीया बालिका सुस्मिता ऋषिदेव एक दिनका लागि बुढीगंगा गाउँपालिकाको अध्यक्ष बनेकी छन् । ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा उनलाई एक दिनका लागि अध्यक्षको जिम्मेवारी दिइएको हो । स्थानीय सरकार के हो र यसले कसरी काम गर्छ भन्ने अनुभूति बालबालिकाहरुलाई दिलाउने उद्देश्यले बालिकालाई बाल दिवसको दिन जिम्मेवारी दिएको गाउँपालिकाले जनाएको […]



