समाचार
नाबालिकामाथि ४ सय जनाले गरे बलात्कार !
२९ कार्तिक, एजेन्सी – भारतको महाराष्ट्रस्थित बीड जिल्लामा एक नाबालिकामाथि ४ सयभन्दा धेरै मानिसले बलात्कार गरेको खुलेको छ । बलात्कारको घटनामा प्रहरीसमेत संलग्न रहेको पाइएको न्यूज एजेन्सीहरूले बताएका छन् । करिब ६ महिनासम्म आरोपितहरूले बालिकामाथि बलात्कार गरेको बताइएको छ । बलात्कारपछि बालिका गर्भवती भएकी छन् । बालिकाको आमाको निधन २ वर्षपहिले भएको र उनको पिताले […]
डा. रेणुका सोलुको ‘किन लाग्यो इन्द्रेणी’ सार्वजनिक
२९ कार्तिक, काठमाडौं – काठमाडौंस्थित मेगा कलेजको सभा हलमा ‘किन लाग्यो इन्द्रेणी’ गीतको भिडियो रिलिज भएको छ । शनिबार अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टिका अध्यक्ष गीता खत्री र वरिष्ठ व्यक्तित्व अशेष मल्लको हातबाट भिडियो रिलिज भएको हो । डा. रेणुका सोलुको शब्द, आर।सि। थापाको सङ्गीत अनि स्वरुपराजको स्वरमा तयार भएको उक्त गीतको भिडियो […]
आज हरिबोधिनी एकादशी : तुलसीको विवाह गरी मनाइँदै
२९ कार्तिक, काठमाडौं – कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको दामोदरसँग विवाह र विशेष पूजा गरी मनाइने हरिबोधिनी एकादशी पर्व आज मनाइँदैछ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले […]
प्रधानमन्त्री देउवाद्वारा फाल्गुनन्द जयन्तीको शुभकामना
२५ कार्तिक, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले किराँत धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १३७ औँ जन्मजयन्तीका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण किराँत धमावलम्बीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन् । फाल्गुनन्द जयन्तीका अवसरमा उनले शुभकामना सन्देश दिँदै राष्ट्रिय विभूति, हत्याहिंसाका विरोधी तथा समाज सुधारक महागुरु फाल्गुनन्दका ज्ञान र उपदेशले समाजमा सकारात्मक प्रभाव पार्ने र […]
नेपाल संवत्लाई प्रवद्र्धन र प्रयोगमा ल्याउन आवश्यक : उपराष्ट्रपति
१९ कार्तिक, काठमाडौँ – उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको मौलिकता र पहिचानका लागि नेपाल संवत्लाई प्रवद्र्धन गर्न र व्यावहारिक प्रयोगमा ल्याउन आवश्यक रहेको बताउनुभएको छ । नेपाल संवत ११४२ का अवसरमा आज शुभकामना व्यक्त गर्दै उहाँले आजको दिनले नेपाल संवत्को प्रवद्र्धन र व्यावहारिक प्रयोगका लागि सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल संवत्का प्रवर्तक, […]
प्रधानमन्त्री देउवाद्वारा नेपाल संवत ११४२ को शुभकामना
१९ कातिक, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल संवतको नयाँ वर्ष ११४२ प्रारम्भको अवसरमा शुभकामना व्यक्त गर्दै यस संवतले सबै नेपालीमा सहिष्णुता, भाइचारा र आपसी सद्भाव बढाउने विश्वास व्यक्त गर्नुभएको छ । नेपाल संवत नयाँ वर्ष ११४२ का अवसरमा शुभकामना सन्देश दिनुहुँदै उहाँले विविधतायुक्त धर्म संस्कृतिले राष्ट्रिय एकतालाई थप मजबुत बनाउने र नेपालीलाई एकताबद्ध हुन […]
नेपाल संवत् ११४२, र म्ह: (आत्म) पूजा
१९ कार्तिक, काठमाडौँ – प्रत्येक वर्ष कार्तिक शुक्ल प्रतिपदाका दिन मनाइने नेपाल संवत् ११४२ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस संवतलाई हाल नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साख्वाःले विसं ९३७ ९इ सं ८८०० मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को शुरुवात् गराउनुभएको थियो । […]
आज गाई, गोरु, गोवद्र्धन र हलि पूजा
१९ कार्तिक, काठमाडौँ – कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाई, गोरु र कृषकको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय […]
नेपाली साहित्यका महाकवि देवकोटाको ११३औँ जन्मजयन्ती
१८ कार्तिक, काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ मा कार्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन काठमाडौँको डिल्लीबजारमा भएको थियो । दश वर्षको उमेरमा कविता लेख्न सुरु गर्नुभएका देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, नाटक, उपन्यास, […]
ऐश्वर्य एवं धनधान्यकी देवी लक्ष्मी पूजा
१८ कार्तिक, काठमाडौँ – यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई […]



