Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

समाचार

प्रहरीको अन्तर्वार्तामा नक्कली उपस्थित,लिखित परीक्षा दिने सक्कलीसमेत पक्राउ

१७ साउन, काठमाडौँ – लिखित परीक्षा सक्कली प्रहरीले दिएर उत्तिर्ण भएका उम्मेदवार अन्तरर्वार्तामा उपस्थित हुँदा शंकास्पद देखिएपछि दुबै जना पक्राउ परेका छन् । प्रहरी जवानको अन्तरर्वार्ता परीक्षामा सहभागी सक्कली र नक्कली दुबै जना परीक्षार्थीलाई जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्रमा अन्तर्वार्तामा सहभागी दैलेखको भगवतीमाई गाउँपालिका–२, बेस्तडाका २२ वर्षीय […]

मेलम्ची बाढी अपडेट सत्र घर टहरा बगायो

१७ साउन, काठमाडौँ – शनिबार रातिदेखि आएको बाढीले हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकाका १७ घर टहरा बगाएको छ ।  ती मध्ये नौ पक्की र आठ कच्ची रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार गत असार १ गते आएको भीषण बाढीले लेदो भरिएका घर गएरातिको बाढीले बगाएको हो । ती […]

मेलम्ची बाढी अपडेट : चनौटेको रातो पुल बगायो

१७ साउन, काठमाडौँ – शनिबार रातिदेखि आएको बाढीले चनौटेको रातो पुल बगाएको छ । स्थानीयवासी हस्त पण्डितका अनुसार आज बिहान ७ः४५ बजे पुल बगाएको हो । मेलम्ची–७ र ८, पाँचपोखरी १ र २ र हेलम्बुका धेरै वडा जोड्ने एक मात्र विकल्पका रूपमा यो पुल रहेको थियो । पुल बगाएसँगै अब यस भेगमा सवारी आवतजावत बन्द […]

पत्रकारलाई धम्की दिनेलाई कारवाहीको माग

१७ साउन, काठमाडौंँ – समाचार लेखेको आधारमा गण्डक न्यूज डटकमका सम्पादक रञ्जन अधिकारीलाई धम्की दिएकोप्रति पत्रकारिता क्षेत्रसँग सम्बद्ध विभिन्न सङ्घसंस्थाले आपत्ति जनाएका छन् । पोखराका क्रियाशील पत्रकार अधिकारीले गण्डक न्यूज डटकमका लागि यही साउन ६ गते पोखरा–११ काहुँको कालिका माविमा व्यापार, सरकारी अनुदान लिने, निःशुल्क किताब फर्जी बिल भिडाउँदै बेच्ने (भिडियो) शीर्षकमा समाचार लेख्नुभएको थियो […]

आज यी नदीहरूमा बहाव बढ्ने

१७ साउन, काठमाडौँ – आइतवार मुलुकका विभिन्न नदीहरूमा पानीको बहाव बढ्ने मौसम विभागले जनाएको छ । आइतवार महाकाली, नारायणी, कोशी, कर्णाली नदीहरूमा पानीको बहाव बढ्ने बताइएको हो । मुलुकका विभिन्न ठाउँमा जारी अविरल वर्षाका कारण बाढी बढ्ने अनुमान छ । विभागले कन्काई र बबईमा बहाव बढ्ने, कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, लगायतमा बहाव […]

सोमबारसम्म मन्त्रिपरिषद् विस्तार हुने, कुन पार्टीलाई कति जना मन्त्री ?

१७ साउन, काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच ढिलोमा सोमबारसम्म मन्त्रिपरिषद् विस्तार गर्न सहमति भएको छ। प्रधानमन्त्रीनिवास बालुवाटारमा भएको भेटमा सकेसम्म एमाले नेता माधवकुमार नेपाल पक्षलाई पनि समेटेर सरकार विस्तार गर्ने समझदारी भएको हो। पार्टीभित्र आन्तरिक संघर्ष जारी रहेको भन्दै नेता नेपालले अहिले नै सरकारमा सहभागी हुन अनिक्षा व्यक्त गरेको […]

दार्चुला घटनाको छानबिन गर्न वाइसिएलको माग

१७ साउन, काठमाडौँ – नेकपा (माओवादी केन्द्र)को सहायक सङ्गठन वाइसिएल नेपालले दार्चुला घटनाको सत्यतथ्य पत्ता लगाउन माग गरेको छ । महाकाली नदीमा तुइनबाट यात्रा गर्ने क्रममा दार्चुलाको ब्यास गाउँपालिका–२ निवासी ३० वर्षीय युवा जयसिंह धामीको महाकाली नदीमा डुबेर मृत्यु भएको घटनाप्रति वाइसिएलले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटा र महासचिव […]

होटलमा कोरोनाविरुद्धको खोप भेटिएको घटनाको छानबिन गर्न समिति गठन

१६ साउन, काठमाडौँ – झापाको विर्तामोडस्थित टाइमलेस होटलबाट कोरोनाविरुद्धको खोपसहित नगरपालिकाका कोभिड स्रोत व्यक्ति ओमबहादुर खड्का पक्राउ परेको घटनाको निष्पक्ष छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी तिलोचन रिमालको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षमा आज बसेको जिल्ला कोभिड खोप व्यवस्थापन समितिको बैठकले उक्त घटनाको सत्यतथ्य छानबिन गर्न […]

रौतहटमा २ लाख नगदसहित ९ जुवाडे पक्राउ

१६ साउन, काठमाडौँ – रौतहटमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । जिल्लाको चन्द्रपुर नगरपालिका–४ चन्द्रनिगाहपुरस्थित अशोका होटलमा जुवातास खेलिरहेको अवस्थामा गरुडा नगरपालिका–४ गरुडा बजार बस्ने २५ वर्षीय रामशरण चौरसिया लगायत ९ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको हो । होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरीले होटलको कोठा नम्बर ३०१ मा उनीहरुलाई […]

सामाजिक सुरक्षा भत्ता बुझ्न गएका वृद्धको मृत्यु

१६ साउन, काठमाडौँ – कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्ने क्रममा आज एक वृद्धको मृत्यु भएको छ । वडा नं ८ का ७६ वर्षीय नरबहादुर साउँदको सामाजिक सुरक्षा भत्ता बुझ्न आएको समयमा मृत्यु भएको वडाध्यक्ष दीर्घ ठकुल्लाले बताउनुभयो । सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालय पुगेका साउँद एक्कासि बिरामी भएपछि उपचारका लागि वडा कार्यालयसँगै […]