Date
सोम, बैशाख १४, २०८३
Mon, April 27, 2026

समाचार

एटिएम मेसिन तोडफोडको अभियोगमा दुई युवा पक्राउ

१७ साउन, काठमाडौँ – घोराही बजारमा रहेको कुमारी बैंक लिमिटेडको  एटिएम मेसिन तोडफोडमा संलग्न दुई युवा आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नं १३ मंलेरीका १८ वर्षीय सुवास विक र सोही वडाको सुन्दर नगर टोलका १८ वर्षकै प्रकाश भुसाल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता मुकुन्दप्रसाद रिजालले जानकारी दिनुभयो । उनीहरूले […]

बुहारी आवाजको सहयोगमा ४० परिवारलाई खाद्य सामग्री

१७ साउन, काठमाडौँ – बगनासकाली गाउँपालिका–६ यम्घामा विपन्न दलित परिवारलाई खाद्य सामग्री वितरण गरिएको छ । नेपाल आर्याल्याण्ड समाजको आर्थिक सहयोगमा मेचीमहाकाली बुहारी संयुक्त आवाज लुम्बिनी प्रदेशको आयोजनामा यहाँ दैनिक मजदूरी गर्ने ४० दलित परिवारलाई चामल, दाल, नून र चिउरा वितरण गरिएको छ । संस्थाका प्रदेश संयोजक लता खड्काले कोरोनाका कारण रोजगारीका अवसरबाट व्ञ्चित हुनुपरेको […]

जबरजस्ती करणी गरेको आरोपमा एक पुरुष पक्राउ

१७ साउन, काठमाडौं– आफ्नै १३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा अर्घाखाँचीबाट एक पुरुषलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाणेनी गाउँपालिका–८ बस्ने ४८ वर्षीय पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । आफ्नै घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पालीबाट […]

राष्ट्रपतिद्वारा प्रभुराम शर्मा कायम मुकायम प्रधानसेनापति नियुक्त

१७ साउन, काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले बालाधिकृत रथी प्रभुराम शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी छिन् । सैनिक ऐन, २०६३ को दफा ८ को उपदफा (३) अनुसार नेपाल सरकार, मन्त्रीपरिषद्‌को सिफारिसमा राष्ट्रपति भण्डारीले बालाधिकृत रथी शर्मालाई कायम मुकायम प्रधानसेनापति नियुक्त गरेकी हुन् ।          

पोखरा-नेपालगन्ज रुटमा नियमित उडान शुरु

१७ साउन, काठमडौँ – पोखरा-नेपालगन्ज रुटमा नियमित उडान शुरु भएको छ । यसअघि सीता एयरले चार्टर्ड उडान गरेको यो रुटमा अब बुद्ध एयरले साताको तीन दिन नियमित उडान गर्ने गरी सेवा शुरु गरेको हो । आइतबार बुद्धको पहिलो जहाज पोखराबाट नेपालगन्ज पुगेको जहाजले त्यहाँबाट यात्रु बोकेर पोखरा आएको छ । बुद्धले आइतबार, बुधबार र शुक्रबार […]

एटीएम मेशिन तोडफोड गरेको आरोपमा दुई पक्राउ

१७ साउन, काठमाडौं– दाङमा बैंकको एटिएम तोडफोड गरेको आरोपमा दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर १३ मंलेरीका १८ वर्षीय सुवास बिक र सुन्दर नगर टोलका प्रकाश भुसाल रहेको प्रहरीले जनाएको छ । उनीहरूले गत मंगलबार राति घोराही–१५ सहिद गेट लाइनमा रहेको कुमारी बैंकको एटिएम तोडफोड गरेको प्रहरीले बताएको छ […]

कर्णाली नदीमा डुंगा दुर्घटना, खोप लगाउन हिँडेकी आमासहित तीन बेपत्ता

१७ साउन,काठमाडौं– कर्णाली नदीमा डुंगा पल्टिँदा तीन जना बेपत्ता भएका छन् । कैलालीको मोहन्याल गाउँपालिका ३ बाट सुर्खेतको चौकुने गाउँपालिका–४ जाँदै गरेकाहरु दुर्घटनामा परेका हुन् । बेपत्ता हुनेमा मोहन्याल गाउँपालिका–३ की २० वर्षीया पार्वती थापा, मोहन्याल गाउँपालिका–३ कै २० वर्षीया उर्मिला सलामीमगर र उनको १० वर्षीय छोरा रहेका छन् । उक्त डुंगामा १० जना सवार […]

मादक पदार्थ सेवन गरेर कुटपीट गरी आफ्नै भाइको हत्या गरेको अभियोगमा एक पक्राउ

१७ साउन, काठमाडौं– आफ्नै भाइको हत्या गरेको अभियोगमा बाँकेबाट एक जना पक्राउ परेका छन् । आफ्नै भाइ ३८ वर्षीय गणेश सुनारको कुटपिट गरी हत्या गरेको अभियोगमा खजुरा गाउँपालिका–२ एल गाउँ बस्ने ४० वर्षीय गुमान सुनार पक्राउ परेका हुन् । उनलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी उनीहरुबीच भएको सामान्य विवादमा […]

ओखलढुंगामा कोरोनाबाट थप २ जनाको मृत्यु

१७ साउन, काठमाडौँ – ओखलढुंगामा कोरोना संक्रमणका कारण थप दुई जनाको मृत्यु भएको छ । ओखलढुंगा सामुदायिक अस्पतालमा उपचाररत दुई वृद्ध पुरुषको आइतबार कोरोना संक्रमणका कारण मृत्यु भएको हो । मृत्यु हुनेमा सिद्धिचरण नगरपालिका १२ का ६९ वर्षीय बृद्ध र नगरपालिका ११ का ७० बर्षिय अर्का वृद्ध रहेको जिल्ला  स्वास्थ्य प्रमुख सुमन तिवारीले जानकारी दिए […]

कोरोना संक्रमणका कारण उदयपुरमा एकै परिवारका तीनको मृत्यु, गाउँ नै शील

१७ साउन, काठमाडौं– उदयपुरको त्रियुगा नगरपालिका–२ खैजनपुर गाउँमा कोरोना संक्रमणको कारण एकै परिवारको तीन जनाको मृत्यु भएको छ। वडाध्यक्ष घमानसिंह खत्रीका अनुसार कोरोना सङ्क्रमणबाट १५ दिनअघि ४३ वर्षीय रमण पोखरेल, ७ दिनअघि ३८ वर्षीय हेमराज पोखेरल र शुक्रबार राति ३६ वर्षीय देवी पोखरेलको मृत्यु भएको हो। सङ्क्रमण तीव्र बनेपछि शनिबार रातिदेखि गाउँ सिल गरिएको खत्रीले […]