समाचार
टेलिकमको सियूजी प्याकेज : अनलिमिटेड कलदेखि डाटासम्म
२२ साउन, काठमाडौँ – नेपाल टेलिकमले सियूजी सेवामा आबद्ध हुने ग्राहकलाई अनलिमिटेड कलदेखि डाटासम्मको छुटको घोषणा गरेको छ । टेलिकमले कर्पोरेट युजर ग्रुप–सियूजी सेवामा आबद्ध हुने ग्राहकको सङ्ख्यामा वृद्धि हुने क्रम जारी रहेकाले कुनै संस्था÷कार्यालयमा कार्यरत न्यूनतम दश मोबाइल प्रयोगकर्तालाई सियूजी समूहमा आबद्ध गराएर छुट दिन सकिने जनाएको हो । सियूजी सेवामा आबद्ध सदस्यबीच निःशुल्करूपमा […]
आजदेखि देशभर भेरोसेलको दोस्रो डोज खोप लगाइँदै
२२ साउन, काठमाडौँ – देशभर आजदेखि कोभिड–१९ विरुद्धको भेरोसेलको दोस्रो डोज खोप लगाइने भएको छ । गएको असार २९ गतेदेखि सञ्चालन गरिएको खोप अभियानमा ५५ वर्षभन्दा माथिका व्यक्तिहरूलाई भेरोसेलको पहिलो डोज खोप दिइएको थियो । उक्त पहिलो डोज खोप लगाएको २१ दिन पुगेका सबै व्यक्तिलाई आजबाट दोस्रो डोज खोप दिन लागिएको हो । स्वास्थ्य सेवा […]
मनसुनी वायुको प्रभाव कायमै स् आइतबारसम्म मेघ गर्जनसहित भारी वर्षाको सम्भावना
२२ साउन, काठमाडौँ – हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। जसले गर्दा देशभर सामान्य देखि पूर्ण बदली रहेको छ । शुक्रबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जनरचट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ। भारी […]
नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति दिने मन्त्रिपरिषद्को निर्णय
१९ साउन, काठमाडौं– नेपालमा खोप उत्पादन गर्न चाहने कम्पनीलाई अनुमति दिने सरकारको निर्णय गरेको छ । सरकारले खोप उत्पादनका लागि प्रोत्साहित गर्दै अनुमति दिने निर्णय गरेको एक मन्त्रीले जनाकारी दिए । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले खोप उत्पादक कम्पनीलाई आकर्षित गर्ने नीति लिएको बताइएको छ ।
रेल विभागका महानिर्देशकसँग सरकारले माग्यो स्पष्टीकरण
१९ साउन, काठमाडौं– सरकारले रेल विभागका महानिर्देशकलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले महानिर्देशक गुरु भट्टराईलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । विभागले विभिन्न ठेक्कापट्टाका विषयमा निकै नै चलखेल गरेको गुनासो सुनिँदै आएको थियो । विशेषगरी काँकडभिट्टादेखि सुनसरी–इनरुवासम्मको रेल्वे लाइनसम्बन्धी ठेक्कामा चलखेल भएको बताइँदै आएको छ । सरकारले […]
बढ्दै कोरोना संक्रमण, सार्वजनिक स्थानमा भीडभाड अझै उस्तै
मनिष रञ्जन बराल १९ साउन, काठमाडौं– पछिल्लो समय निषेधाज्ञा खुकुलो भएसँगै सर्वसाधारणको चहलपहल बढ्न थालेपछि नेपालमा पुनः कोरोना महामारी उत्कर्षमा पुग्ने सङ्केत देखिएको छ । कोरोना संक्रमण घट्न थालेपछि सरकारले निषेधाज्ञा केही खुकुलो बनाएको थियो । यद्यपि निषेधाज्ञा खुकुलो भएपछि सार्वजनिक स्थानहरुमा सर्वसाधारणको भीड बढ्दै गएको छ । भीडभाडमा पनि सर्वसाधारण बिना मास्क नै हिँडेको […]
साउन २७ गतेसम्मकालागि लम्ब्याइयो काठमाडौंमा निषेधाज्ञा
१९ साउन, काठमाडौं– काठमाडौंमा जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले साउन २७ गतेसम्म निषेधाज्ञा थप गरेको हो । मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीद्वारा जारी आदेशमा साउन २१ गतेदेखि साउन २७ गतेसम्म निषेधाज्ञा जारी रहने उल्लेख छ । थपिएको निषेधाज्ञामा सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, रेष्टुरेन्ट, […]
गोरु काटेको अभियोगमा छ पक्राउ
१९ साउन, काठमाडौं– कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ मा गोरु काटेको अभियोगमा छ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्राप्त सूचनाका आधारमा उक्त वडाका जीतबहादुर तमाङ, कूलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनास तामाङ, अरुण तामाङ र सुकमाला तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो । उहाँका अनुसार पशुपक्षीसम्बन्धी कसूर गरेको आरोपमा निजहरुलाई जिल्ला […]
सुर्खेत मेडिकल कलेजः जग्गा पहिचानमै तीन वर्ष बित्यो
१९ साउन, काठमाडौं– आर्थिक वर्ष २०७३÷७४ यताका हरेक नीति तथा कार्यक्रम र बजेट वक्तव्यमा सङ्घीय सरकारले नछुटाएको कार्यक्रम हो, ‘एक प्रदेश एक सरकारी मेडिकल कलेज अवधारणाअन्तर्गत सुर्खेतमा मेडिकल कलेज स्थापना ।’ बर्सेनि बजेटमा समावेश गरिए पनि सुर्खेतमा मेडिकल कलेजको पूर्वाधार निर्माणमा भने हालसम्म कुनै प्रगति भएको छैन । विसं २०७५ फागुन ३ गते मन्त्रिपरिषद्ले मेडिकल […]
मजदुरको ज्याला लुटेर फरार व्यक्ति नौ वर्षपछि पक्राउ
१९ साउन, काठमाडौँ – मजदुरहरुको ज्यालाको रकम लुटेर फरार रहेका एक व्यक्ति नौ वर्षपछि पक्राउ परेका छन् । विसं २०६९ मा सडक कामदारको रु आठ लाख ५१ हजार ५०० ज्यालाको रकम लुटेर भागेका ३१ वर्षीय सुुवास विश्वकर्मालाई जिल्ला प्रहरी कार्यालय भोजपुरले पक्राउ गरेको हो । कामदारलाई वितरणका लागि निर्माण समितिका अध्यक्ष धनबहादुर राईले लगेको रकम […]



