Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

समाचार

तोलामा चार सयले बढ्यो सुन

७ असार, काठमाडौं– नेपालको सुनचाँदी बजारमा सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले वृद्धि भएको छ । केही दिन घटेको सुनको मूल्य आज प्रतितोला ४०० रुपैँयाले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आज सुन प्रतितोला ४ सय रुपैयाँले बढेर छापावाल सुन ९० हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ । यस्तै तेजाबी […]

आफ्नै राइफलको गोली लाग्दा नेपाली सेनाका एक सिपाही गम्भीर घाइते

७ असार, काठमाडौं– राइफलको गोली लाग्दा नेपाली सेनाका एक सिपाही गम्भीर घाइते भएका छन् । वीरगञ्जको चण्डीप्रसाद गणमा कार्यरत एक सिपाहीले आफैंले बोकेको राइफलको गोली लाग्दा उनी गम्भीर घाइते भएका हुन् । गणमा कार्यरत २२ वर्षिय सिपाही श्यामबाबु प्रसाद चौहानले आइतबार राति साढे ८ बजे गोली प्रहार गरेका हुन् । गोली प्रहारपछि उनी गम्भीर घाइते […]

पहिराको उच्च जोखिमसँगै सात घर विस्थापित

७ असार, सिमकोट – जिल्लाको खार्पुनाथ गाउँपालिका–३ कारङ्गा गाउँका सात घर परिवार पहिराको उच्च जोखिम बढेसँगै बसाइँ सरेका छन् । कारङ्गामा बस्दै आएका २० घरधुरीमध्ये सात परिवार पहिरो खस्ने डरले आफन्तको घरमा बसाइँ सरेका हुन् । गाउँमाथि रहेको माटोे र ढुङ्गा खस्न थालेपछि एउटा घरको माथिल्लो तलामा क्षति पुगपछि बसाइँ सरेको हस्तबहादुर शाहीले गुनासो गर्नुभयो […]

“कोरोना महामारीले योगको महत्व झन् बढ्यो”

७ असार, काठमाडौँ – कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले कोरोना भाइरसको महामारीको वर्तमान अवस्थामा योगको महत्व झन् बढेको बताएका छन्। सातौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले योगाभ्यासलाई दैनिकीका रूपमा अघि बढाउन सके स्वस्थ जीवनयापनमा सहयोगी हुने बताएका हुन् । “योगको नियमित अभ्यासबाट सुस्वास्थ्य, कार्य क्षमतामा वृद्धि, चिन्तामुक्त, मानसिक शान्ति, रोग प्रतिरोधी […]

बाढी पहिरोले ठप्प भएका १६ ठाउँका सडक खुलाउन समस्या

७ असार, काठमाडौँ – बाढी पहिरोले ठप्प भएकामध्ये १६ ठाउँका सडक खुलाउन समस्या भएको छ । सडक खुलाउने प्रयास भइरहे पनि पहिरो पहिरो पन्छाउन कठिनाइ भएका कारण सडक कहिले खुल्छ भन्ने निश्चित नभएको सडक विभागले जनाएको छ । सबैभन्दा धेरै मनाङ र लमजुङ जिल्लाका सडक बन्द छन् । डुम्रे बेसीसहर–चामे सडक खण्डमा पर्ने मनाङ र […]

दुर्घटनामा दुईको मृत्यु

७ असार, काठमाडौँ – पोखरा–बाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४/४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पर्वतबाट पोखरातर्फ आउँदै गरेको प्रदेश नं. ३–०१–००३ क ५१७३ नम्बरको टिपर र पोखराबाट […]

कास्कीमा निषेधाज्ञा केही खुकुलो बनाउँदै एकसाता थपियो

७ असार, काठमाडौँ – कोभिड–१९ को दोस्रो भेरियन्टको सङ्क्रमणको जोखिम न्यूनीकरणका लागि जारी गरिएको निषेधाज्ञा कास्कीमा केही खुकुलो पार्दै एक साता थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय कास्कीबाट आइतबार जारी सूचनामा निजी सवारीसाधन जोरबिजोर बारका आधारमा संचालन हुने छन् भने विभिन्न पेशा, व्यवसाय, पसल बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म खोल्न पाइने नियम बनाइएको […]

संक्रमणदर घट्नेबित्तिकै निषेधाज्ञा खुकुलो बनाउँदा पुनः ह्वात्तै बढ्न सक्ने

७ असार, काठमाडौँ – नेपालमा कोरोना संक्रमणदर घट्दै गएको पछिल्ला तथ्यांकले देखाएका छन्। अस्पतालमा सिकिस्त बिरामीको संख्या पनि घट्दै गएको छ। तर लकडाउन खुलेपछि कोरोना संक्रमण फेरि बढ्न सक्ने विज्ञहरूले औंल्याएका छन्। धुलिखेल अस्पतालका जनस्वास्थ्यविद् डा. विराज कर्माचार्यले लकडाउन खुलेपछि संक्रमण बढ्न सक्ने सम्भावना औंल्याए। ‘तर यसअघिकै दरमा भने बढ्दैन’, उनले थपे। अहिले पनि केही […]

सेती नदीको बीचमा अड्किएको शव निकाल्न सकिएन

६ असार, काठमाडौँ – डोटीको शिखर नगरपालिका ६ मा रहेको सेती नदीमा आइतवार दिउँसो भेटिएको शव निकाल्न सकिएको छैन । नदीमा पानीको बहाव बढी भएका कारण शव निकाल्न समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) इन्द्रबहादुर मल्लले बताउनुभयो । उहाँले भन्नुभयो, ‘शव नदीको बीच भागमा अड्किएको छ, प्रहरी तथा […]

स्याङ्जामा असार १५ सम्म निषेधाज्ञा

६ असार, काठमाडौँ – स्याङ्जामा निषेधाज्ञा थप गरिएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय  स्याङजाले एक सूचना जारी गर्दै यसअघि कायम रहेको निषेधाज्ञालाई बढाएर असार १५ गतेसम्म कायम हुने जनाएको छ । गत वैशाख २१ गते देखि सुरु भएको निषेधाज्ञा कोरोना संक्रमितको संख्या जिल्लामा बढ्दै गएपछि थप गर्दै लगिएको प्रमुख जिल्ला अधिकारी दीपकराज नेपालद्वारा जारी […]