समाचार
कांग्रेसको अक्सिजन कन्सेन्ट्रेटर वितरण अभियान जारी
३ असार, काठमाडौँ – नेपाली कांग्रेसले पार्टीका नेता कार्यकर्ता तथा शुभेच्छुकबाट प्राप्त आर्थिक सहयोगले कोभिड–१९ सङ्क्रमणको उपचारमा अतिआवश्यक अक्सिजन कन्सेन्ट्रेटर सार्वजनिक अस्पतालमा वितरण गर्ने क्रम जारी रहेको जनाएको छ । कांग्रेसको कोभिड–१९ केन्द्रीय अनुगमन समितिले १० लिटर क्षमता भएको एउटा मेसिनले दुई बिरामीलाई एकैपटक प्रयोग गर्न मिल्ने ५० थान अक्सिजन कन्सेन्ट्रेटर अतिआवश्यक भएका जिल्ला तथा […]
मध्यराति सुनचाँदी लुटपाट, लुटेराको गोली प्रहारबाट ६ जना घाइते
३ असार, जनकपुरधाम – महोत्तरीको सम्सी गाउँपालिकामा लुटेरा समूहको प्रतिकार गर्दा एउटै परिवारका ५ जना घाइते भएका छन् । सम्सी–१ स्थित वीरेन्द्र साहको गहना पसलमा लुटपाट गर्न आएको समूहको प्रतिकार गर्दा वीरेन्द्रमाथि गोली प्रहार भएको महोत्तरीका प्रहरी प्रमुख एसपी दिनेश आचार्यले जानकारी दिए । ८÷१० जनाको समूहले गहना लुटपाट गर्न खोज्दा साह परिवारले प्रतिकार गरेको […]
मेलम्चीका बाढीपीडितलाई नमोबुद्ध नगरपालिकाले राहत उपलब्ध गराउने
३ असार, काठमाडौं– सिन्धुपाल्चोेकको मेलम्चीमा आएको बाढीका कारण प्रभावित भएका व्यक्तिलाई नमोबुद्ध नगरपालिकाले राहत दिने भएको छ । नमोबुद्ध नगरपालिकाको विपद् कोष तथा कर्मचारीको तलबको केही रकम बाढीपिडीतलाई राहत स्वरुप उपलब्ध गराउन लागेको हो । मेलम्चीलाई घाउ लाग्दा नमोबुद्धलाई दुख्ने बताउँदै नमोबुद्ध नगरपालिकाका प्रमुख टिपी शर्मा तिमल्सिनाले, ‘मेलम्चीमा हिजो आएको बाढीका कारण पुगेको क्षतिमा थोरै […]
मौसम : देशभर मनसुनी वायुको प्रभाव, मेघगर्जन, चट्टयाङ्ग सहित भारी वर्षा हुने
३ असार, काठमाडौँ -देशभर आज दिउँसो सामान्य देखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज सुदुर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश १ का एक÷दुई स्थानमा मेघगर्जन, चट्टयाङ्ग सहित भारी वर्षा हुने सम्भावना छ । आज राती देशभर सामान्य देखि पूर्ण बदली रहनेछ […]
तीन जना चढेको मोटरसाइकल दुर्घटना, एकको मृत्यु
३ असार, काठमाडौँ-भक्तपुर मध्यपुर ठिमीमा तीन जना चढेको मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु भएको छ । बुधबार राति करिब ११ बजे ठिमी नगरपालिका–४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना भएको हो । बा७७प ५६०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा त्यसका चालक सोलुखुम्बु चौलाखर्क–३ घर भई काठमाडौं काँडाघारी बस्ने २७ वर्षीय रमेशकुमार बस्नेतको मृत्यु भएको हो । प्रहरीका अनुसार उनको […]
विषादी प्रयोग गरेर पकाइएका आँप बजारमा, स्वास्थ्यका लागि हानिकार
३ असार, काठमाडौँ सर्लाहीका बजारहरुमा स्वास्थ्यका दृष्टिकोणले हानिकारक मानिने कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण भइरहेको छ । स्थानीय किसानहरुको बगैँचामा फलेको आँप असारको तेस्रो सातापछि मात्र पाक्ने भएपछि व्यापारीहरुले कार्बाइड प्रयोग गरेर पकाइएको आँप बिक्री वितरण गर्न शुरु गरेका हुन् । भारत तथा नेपालका विभिन्न स्थानमा रहेका फलफूलका गोदाममा कार्बाइड प्रयोग गरी पकाएका […]
सुनकोसी नदीमा तीन वटा शव भेटिए
३ असार, काठमाडौँ – सुनकोसी नदीअन्तर्गत सिन्धुली जिल्लामा तीन शव भेटिएका छन्। बुधबार साँझ पानीको सतहमा तैरँदै गरेका अवस्थामा शव भेटिएका हुन्। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाका अनुसार सिन्धुलीको सुनकोसी गाउँपालिका-५ मूलकोट, सुनकोसी-६ कानढुङ्ग्री र फिक्कल गाउँपालिका-६ रत्नावतीमा बेवारिसे शव फेला परेका हुन्। कानढुङ्ग्री र मूलकोटमा पुरुषको शव भेटिएको र रत्नावतीमा […]
आपसी झगडामा ब्यान्डेजले घाँटी बाँधेर साथीको हत्या
३ असार, काठमाडौँ -मेचीनगर नगरपालिका–५ अँधेरी निवासी ४० वर्षीय भीमराज लिम्बूको मङ्गलबार राति हत्या भएको छ । हत्या आरोपमा लिङ्देनकै साथी सोही स्थानका ५६ वर्षीय शुक्रराज लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । आपसी झगडा हुँदा खुट्टामा बाँध्ने क्र्याक ब्यान्डेजले मृतकको घाँटीमा बाँधेर हत्या गरेको आरोपी शुक्रराजले प्रहरीसमक्ष स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी […]
बाढी पहिरोपछि अवरुद्ध सडक : कहाँ खुल्यो, कहाँ बन्द ?
३ असार, काठमाडौँ – बाढी पहिरोले अवरुद्ध भएका २४ वटा राजमार्गमध्ये तीनवटा दुईतर्फी खुलेका छन् । १४ वटा सडक एकतर्फी खुलाइएको र बाँकी सातवटा अझै अवरुद्ध रहेको सडक विभागले जनाएको छ । बाजुराको साँफेबगर–मार्तडी–कोल्टी सडकको बार्जुगाड बल्दे–अम्कोट र हड्डे खोला, डुम्रे–बेँसीसहर–चामे सडक अन्तर्गत मनाङको तिमाङ छहरा तथा पाँचखाल–मेलम्ची सडक अन्तर्गत सिन्धुपाल्चोकको मेलम्ची बजारमा सडक अवरुद्ध […]
इटाली युरो कपको अन्तिम १६ मा
३ असार, काठमाडौँ – युरोकप अन्तर्गत इटालीले स्वीट्जरल्याण्डमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा इटालीले स्वीट्जरल्याण्डलाई ३-० गोल अन्तरले पराजित गरेको हो । इटालीका लागि म्यानुएल लोकेटेल्लीले २६औँ र ५२औँ मिनेटमा र सिरो इम्मोबिलले ८९औँ मिनेटमा गोल गरे । समूह ए मा रहेको इटालीले अघिल्लो खेलमा पनि टर्कीलाई ३-० ले नै हराएको […]



