Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

समाचार

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १४ औं महाधिवेशनबारे निर्णय लिइने

३ असार, काठमाडौं – नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै छ । १४ औं महाधिवेशनको कार्यतालिका अनुमोदन गर्न विहीबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बैठक बस्न लागेको हो । कोरोना महामारी र क्रियाशील सदस्यताको काम समयमा हुन नसकेपछि शनिबार बसेको पदाधिकारी बैठकद्वारा संशोधित महाधिवेशन कार्यतालिका आजको बैठकले पारित गर्ने छ । नयाँ कार्यतालिकाअनुसार क्रियाशील […]

साउदी, युएईलगायतका मुलुकमा हवाई उडान संचालन गर्ने निर्णय

३ असार, काठमाडौं – सरकारले साउदी अरेबिया, युएई, टर्की, जापान तथा मलेसयालगायतका मुलुकहरुमा हडाई उडान सुचारु गर्ने निर्णय गरेको छ। बुधबार राति प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षमा बसेको कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले ती मुलुकहरुमा नेपाली कामदारको सख्या उल्लेख्य रहेका भन्दै हडाइ उडान संचालन गर्ने निर्णय गरेको हो। कोरोनाको दोस्रो लहर सुरु भएसँगै अन्तर्राष्ट्रिय […]

कालीगण्डकीले तटबन्ध बगाएपछि बेनीमा कटान

३ असार, म्याग्दी – कालीगण्डकी नदीमा आएको बाढीले तटबन्ध बगाएपछि म्याग्दीको सदरमुकाम बेनी बजार कटानको उच्च जोखिममा परेको छ । बेनी नगरपालिका–८ सङ्गमचोकको पछाडि र कालीपुल बसपार्क क्षेत्रमा मङ्गलबार राति कालीगण्डकीले तटबन्ध बगाएर कटान गरेको हो । दुई ठाउँमा करिब ३० मिटर तटबन्ध बगाएर बजारतर्फ कटान गर्न थालेको क्याम्पसचोक टोल सुधार समितिका अध्यक्ष ठाकुर शर्माले […]

छोरीलाई करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ

३ असार, कैलाली – कैलालीमा आफ्नै छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा एक जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ । लम्कीचुहा नगरपालिका–२ बघनियाकी १० वर्षीया छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा ५१ वर्षीय बुबालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले जानकारी दिए । जेठ २७ गते आफ्नै घरमा […]

काठमाडौं उपत्यकामा ‘स्मार्ट लक डाउन’ गर्ने सीसीएमसीको निर्णय

३ असार, काठमाडौँ – कोभिड १९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमणको जोखिम रोक्ने र सँगै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लक डाउन’ तर्फ जाने निर्णय गरेको छ । अबको साता जारी लकडाउन कायम राख्दै त्यसपछिको अवस्था मूल्याङ्कन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराई केही क्षेत्र खुल्ला गरिनुपर्ने निष्कर्ष […]

बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनाका आठ जना सम्पर्कविहीन

२ असार, काठमाडौँ – वर्षाका कारण आएको बाढीले गर्दा मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् । तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार बेपत्ता भएको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासीको सहयोगमा उनीहरुको खोजी भइरहेको छ । निर्माणस्थलमा रहेका ७६ जनालाई हेलिकोप्टरमार्फत उद्धार गरी […]

रातभर खोलामा फसेका सातको उद्धार

२ असार, काठमाडौँ – लमजुङमा रातभरि खोलामा फसेका सात जनाको उद्धार गरिएको छ । मिदिम खोलाको बाढी बढेपछि रातभरि खोलामा फसेका मध्यनेपाल नगरपालिका-७ रातामाताका सात जनालाई आज दिउँसो डोजरको सहायताबाट उद्धार गरिएको हो । उद्धार गरिएकाहरुमा  लक्ष्मी परियार, पुष्पा परियार, रतिमाया परियार, आइतबहादुर परियार, कृष्ण परियार, सन्दिप परियार र  अर्जुन परियार रहेका छन् । मङ्गलबार […]

चार जलविद्युत् आयोजनामा क्षति पुग्दा करोडौँंको नोक्सानी

२ असार, काठमाडौँ – केही दिनदेखिको अविरल वर्षापछि मादी नदीमा आएको बाढीले कास्कीको मादी गाउँपालिकामा चार वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । मादीको वडा नं १ र २ स्थित नदी किनारमा निर्माण सम्पन्न भएका र निर्माणाधीन जलविद्युत् आयोजनामा गएरातिको बाढीले ठूलो क्षति गरेको हो । बाढीबाट ४४ मेगावाट क्षमताको निर्माणाधीन सुपर मादी जलविद्युत् आयोजनामा […]

मेलम्ची खानेपानी आयोजनाका संरचना डुबानमा

२ असार, काठमाडौं– अविरल वर्षाले मेलम्ची नदीमा बाढी आउँदा हेलम्बु गाउँपालिका–१ अम्बाथानस्थित मेलम्ची खानेपानी आयोजनामा कार्यरत निर्माण कम्पनीका कर्मचारी घाइते भएका छन् भने आयोजनाका संरचनाहरु डुबानमा परेका छन् । बाढीका कारणले अहिले आयोजनाको संरचनामा कति क्षति पुग्यो भन्ने प्रारम्भिक अनुगमनबाट विस्तृत जानकारी आउन नसकेको आयोजनाले जनाएको छ । त्यहाँका स्थायी संरचना पानीभित्रै भएपनि आफ्नै ठाउँमा […]

थप २,८२८ जना कोरोना संक्रमण, ५२ जना मृत्यु

२ असार, काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २ हजार ८  सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ५२ जना कोरोना संक्रमितको मृत्यु भएको हो । २४ घण्टामा ३ हजार ८२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यस्तै देशभरका प्रयोगशालामा ८ हजार […]