Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

समाचार

सिन्धुपाल्चोकमा आएको बाढीमा हराएकामध्ये एक जनाको शव भेटियो

२ असार, काठमाडौँ – सिन्धुपाल्चोकको इन्द्रावती र मेलम्ची खोलामा आएको बाढीमा हराएकामध्ये एक जनाको शव भेटिएको छ भने आठ जना हराइरहेका छन् । बाढीमा बगेर हराएकाहरू जीवितै भेटिने सम्भावना कम भएको स्थानीयवासीले बताएका छन् । बाढीमा फसेकामध्ये ४३ जनालाई सुरक्षाकर्मीले उद्धार गरेका छन् । केहीलाई उद्धार गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । हेलम्बु र पाँचपोखरीका […]

पर्वतमा बाढीपहिरोले ५० घरपरिवार विस्थापित

२ असार, काठमाडौँ – पर्वतका विभिन्न बस्तीमा अविरल वर्षाले आएको बाढी पहिरोबाट घरमा क्षति पुर्याएको र जोखिममा रहेका झण्डै ५० घरपरिवार विस्थापित भएका छन् । प्रहरीले जिल्ला भरको क्षतिको विवरण सङ्कलन भइरहेको जनाएको छ ।  बाढीले जलजला गाउँपालिका–८ लस्ती र फर्सेका १८ घरपरिवार विस्थापित बनेका छन् । बस्तीभन्दा माथिबाट निरन्तर झरेको पहिरोका कारण १८ घरपरिवारलाई […]

विषाक्त मदिरा सेवन गर्दा सर्लाहीमा आठको मृत्यु

२ असार, काठमाडौं– विषाक्त घरेलु मदिरा सेवन गर्दा सर्लाहीमा ८ जनाको मृत्यु भएको छ । विषाक्त मदिराका कारण सर्लाहीको ब्रह्मपुरी गाउँपालिका–५ पडरियाका आठ जनाको मृत्यु भएको हो। नेपाल–भारत सीमावर्ती क्षेत्रमा पर्ने पडरिया गाउँमा विगत चार दिनयता तीन भारतीय नागरिकसहित आठ जनाको मृत्यु भएको हो । उनीहरु सबैको विषाक्त घरेलु मदिरा सेवनबाट मृत्यु भएको गाउँपालिकाका अध्यक्ष […]

माइक्रोसफ्टले २०२५ देखि विण्डोज १० बन्द गर्ने

एजेन्सी– माइक्रोसफ्टले विण्डोज १० लाई बन्द गर्ने घोषणा गरेको छ । माइक्रोसफ्टले अक्टुबर १४, २०२५ देखि विण्डोज १० बन्द गर्ने घोषणा गरेको हो । विण्डोज १० अपरेटिङ सिस्टम सार्वजनिक भएको १० वर्षपछि कम्पनीले यसको बन्द गर्ने मिति घोषणा गरेको हो । थुरोटले प्रकाशन गरेको एक रिपोर्टमा कम्पनीले विण्डोज १० होम र प्रोको सपोर्ट बन्द गर्ने […]

सिन्धुपाल्चोकमा बाढीको बितण्डा (फोटोफिचर)

२ असार, काठमाडौँ – सिन्धुपाल्चोकमा मंगलबार साँझ आएको बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।

जबरजस्ती करणी गरेको अभियोगमा एक पक्राउ

२ असार काठमाडौं– प्रहरीले जबरजस्ती करणी गरेको अभियोगमा मोरङबाट एक जनालाई पक्राउ गरेको छ । ७ वर्षीया र ४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले रतुवामाई नगरपालिका–६ कादुपाडा डेरा गरी बस्ने भारत अररिया सिक्टीग्राम वरुदा–२ घर भएका २० वर्षीय मोहमद अझरुदिनलाई पक्राउ गरेको हो । दुई जना बालिकालाई जबरजस्ती करणी गरेको सुचना पाएपछि ईलाका […]

गुणस्तरहीन ह्यान्ड सेनिटाइजर उत्पादन तथा बिक्री गर्ने पक्राउ

२ असार, काठमाडौं– गुणस्तरहीन ह्याण्ड सेनिटाईजर उत्पादन गरि बिक्री वितरण गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई भक्तपुर मध्यपुर ठिमी नगरपालिका–१ लोकन्थलीको मेडिग्राफ ग्रुप अफ कम्पनीबाट स्यानिटाइजर बनाउन प्रयोग हुने मेसिन सहित पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा रामेछाप सुनापति गाउँपालिका–१ गुन्सी भदौरे घर भई नयाँ बानेश्वर बस्ने २२ वर्षीय सुजन गौतम […]

मौसम : अझै तीन दिन भारी वर्षा हुने

२ असार, काठमाडौँ-मौसम पूर्वानुमान महाशाखाले अझै तीन दिन देशका अधिकांश भागमा भारी वर्षा हुने सम्भावन रहेको जनाएको छ । अधिक वर्षा हुने भएकाले महाशाखाले केही स्थानमा बाढी र पहिराको खतरा औँल्याएको छ । महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार मनसुनी वायु सक्रिय भएकाले अहिले देशभर पानी परिरहेको छ । यो वायुको प्रभावले आगामी शनिबारसम्म नै देशका […]

कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको गल्याङमा आठ घर डुबानमा

२ असार, काठमाडौँ -अविरल वर्षासँगै कालीगण्डकीमा आएको बाढीले स्याङ्जाको गल्याङ नगरपालिका–५ सेतीवेणीका आठ घर डुबानमा परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेन्द्रप्रसाद अधिकारीका अनुसार आज बिहान साढे ८ बजेको समयमा कालीगण्डकी नदीमा आएको बाढी पस्न गई आठ घर डुबानमा परेका हुन् । मानिसलाई समयमै सुरक्षित स्थानमा सारिएकाले घर डुबानमा परे […]

राप्ती नदिमा बाढी आउँदा चारजना बिच टापुमा फसे, उद्धार प्रयास जारी

२ असार, काठमाडौँ – राप्ती नदीमा आएको बाढीमा फसेका चारजनाको उद्धार प्रयास जारी छ । लमही–७ हस्नापुर र राजपुर गाउँपालिकाको वेला घाटबिच टापुमा फसेका चारजनालाई उद्धार प्रयास भइरहेको हो । सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली उद्धार कार्यमा खटिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । ‘भैँसी चराउन अस्थायी टहरा बनाएर बिच टापुमा बसेकाहरु […]