Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

समाचार

लुम्बिनी प्रदेशको बजेट प्रस्तुत, कोरोना नियन्त्रण मुख्य प्राथामिकतामा

१ असार, काठमाडौं– लुम्बिनी प्रदेश सरकारले कोरोना नियन्त्रण र स्वास्थ्य पूर्वाधार विकासमा जोड दिँदै आगामी आर्थिक वर्ष २०७८÷०७९ लागि ल्याएको बजेटमा प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री वैजनाथ चौधरीले आज बजेट भाषण गर्दै कोरोना संक्रमितहरुको निशुल्क उपचारलाई निरन्तरता दिँदै कोरोनाका बिरामीका लागि कोभिड फर्स्ट नीति लिइएको बताएका हुन् । बजेटमा कोभिड […]

एमीकस क्युरीमा वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसीलाई पठाउने सर्वोच्च अदालत बारको निर्णय

१ असार, काठमाडौँ – सर्वोच्च अदालत बार एसोसिएसनले एमीकस क्युरीमा वरिष्ठ अधिवक्ताद्वय कोमलप्रकाश घिमिरे र प्रकाश केसीलाई पठाउने निर्णय गरेको छ । सर्वोच्च अदालत बार एसोसिएसनको मंगलबारको बैठकले वरिष्ठ अधिवक्ताद्वय घिमिरे र केसीलाई एमीकस क्युरीका लागि सर्वसम्मतिले चयन गरेको हो । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले सर्वोच्च अदालत बार एशोसिएसन र नेपाल बार […]

मनाङमा बाढीले ६० घर डुबान, प्रभावित क्षेत्रमा खटिन मुख्यमन्त्रीको निर्देशन

१ असार, काठमाडौँ – सोमबार साझदेखिको लगातारको वर्षाका कारण बढेको मर्स्याङ्दी नदीको पानीको बहावले मनाङमा ६० घर डुबानमा परेको छ। मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार नदी छेउको तालगाउँ डुबानमा परेको हो। प्रजिअ लामिछानेका अनुसार जिल्लामा अन्य स्थानको क्षति विवरण प्राप्त भइसकेको छैन। लगातार परिरहेको वर्षाका कारण स्थानीयको उद्धारमा समस्या भएको छ । बाढीले […]

दाङमा जारी निषेधाज्ञा एक साता थप, केही खुकुलो बनाइयो

१ असार, काठमाडौं– दाङमा जारी निषेधाज्ञा केही खुकुलो बनाउँदै एक साताका लागि थप गरिएको छ । कोरोना संक्रमण नियन्त्रणका लागि जारी निषेधाज्ञा असार ८ गतेसम्मका लागि थप गरिएको हो। यद्यपि यस पटक थप गरिएको निषेधाज्ञा केही सहज बनाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । दैनिक जनजीवन अस्तव्यस्त भएको र कोरोना संक्रमण पनि केही हदसम्म संक्रमण […]

प्रहरीको डीएसपी हुँ भन्दै भ्रम छर्ने एक पक्राउ

१ असार, काठमाडौं– आफूलाई नेपाल प्रहरीको डाक्टर र प्रहरी नायव उपरीक्षक (डिएसपी) हुँ भन्दै भ्रम छर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले भ्रम सिर्जना गरेको अभियोगमा तारकेश्वरस्थित भिक्टोरिया फार्मेसीका संचालक तारकेश्वर नगरपालिका–६ जरङ्गु बस्ने ४४ वर्षीय कृष्ण प्रसाद ढुङ्गानालाई प्रहरीले पक्राउ गरेको हो । उनले नेपाल प्रहरीका डिएसपीको पोशाक लगाएको फोटो फेसबुकमा राखी […]

झारखण्डमा रहेको न्यून चापीय क्षेत्र र मनसुनी न्यून चापिय रेखाका कारण नेपालको मनसुन थप सक्रिय

१ असार, काठमाडौं– नेपालको मनसुन थप सक्रिय भएको छ । जल तथा मौसम पूर्वानुमान विभागले एक बजे विशेष बुलेटिन जारी गर्दै मनसुन थप सक्रिय भएकोे जनाएको हो । विभागले बुलेटिनमा भनेको छ, ‘हाल भारतको झारखण्डमा रहेको न्यून चापिय क्षेत्र र मनसुन न्यून चापिय रेखाको प्रभावका कारण मनसुन थप सक्रिय भएको छ ।’ मनसुन थप सक्रिय […]

पहिरोका कारण विभिन्न ठाउँमा सडक अवरोध

१ असार, काडठमाडौँ – बाढी-पहिरोका कारण देशका विभिन्न क्षेत्रमा सडक अवरोध हुनुको साथै क्षति भएको छ । प्युठानको सरूमारानी गाउँपालिका-४ खहरेखोलास्थित भालुवाङ-प्युठान सडकमा वर्षाको कारण मंगलबार बिहान पहिरो खस्न गई अवरोध भएको छ। यस्तै, बैतडीको पुर्चौडी नगरपालिका-६ स्थित खोड्पे-बझाङ सडकमा अविरल वर्षाका कारण मंगलबार बिहान पहिरो खस्न गई अवरोध भएको छ। यसैगरी रसुवाको गोसाईकुण्ड गाउँपालिका-५ […]

खोलाले बगाएर एक जना बेपत्ता

१ असार, काठमाडौँ – आरुघाट गाउँपालिका-२ ढोडेनीस्थित ठेटनेरी खोलाले बगाएर एक जना बेपत्ता भएका छन् । बर्दिया घर भई हाल गोरखा बस्दै आएका ३८ वर्षीय गोविन्द चौधरी बेपत्ता भएको प्रहरीले जनाएको छ । अन्य दुई साथीसहित आरुघाट गाउँपालिका कटुन्जेस्थित साहुको घरमा जाने क्रममा चौधरीलाई खोलाले बगाएको डीएसपी प्रकाश दाहालले बताए । ‘उनीहरु मिस्त्री काम गर्ने […]

सर्वोच्च अदालतमा केही सेवाहरू थप

१ असार, काठमाडौँ – सर्वोच्च अदालतको सोमवारको पूर्ण बैठकले केही सेवा थप गर्ने निर्णय गरेको छ । सर्वोच्चका सहप्रवक्ता देवेन्द्र ढकालले प्रेस विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणको महामारीका कारण सेवामा गरिएको संकुचनलाई खुकुलो बनाउँदै केही सेवा थप गरिएको जानकारी दिए । थपिएका सेवाबाहेक अन्य सेवामाथिको संकुचन असार ७ गतेसम्म जारी रहने विज्ञप्तिमा जनाइएको छ ।

स्थानीय प्रशासनद्वारा नदी तटीय बासिन्दालाई सतर्क रहन आग्रह

१ असार, काठमाडौँ – स्थानीय प्रशासनले नारायणी, राप्तीलगायतका नदी किनारामा रहने बासिन्दालाई विशेष सतर्कता अपनाउन अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय चितवनले एक सूचना जारी गर्दै सतर्कता अपनाउन अनुरोध गरेको हो । कार्यालयका प्रशासकीय अधिकृत खेमराज पौडेलद्वारा जारी सूचनामा मौसमको समय शुरु हुन लागेकाले जिल्लाका धेरै स्थानमा बाढी, पहिरो, नदी कटानको सम्भावना रहेकाले आमनागरिकलाई […]