समाचार
आजदेखि बिहान ११ बजेसम्म पसल खुल्ने
१ असार, काठमाडौँ – आजदेखि काठमाडौं उपत्यकाका निषेधाज्ञा केही खुकुलो बनाइएको छ । काठमाडौं, ललितपुर तथा भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको केही दिनअघिको बैठकले आज असार १ गतेदेखि एक सातासम्मका लागि निषेधाज्ञा केही खुकुलो बनाउने निर्णय गरेको थियो । जस अनुसार आजदेखि हार्डवेयर, पुस्तक पसल र अनलाइन डेलिभरी सञ्चालन गर्न पाइने छ । हार्डवेयर र पुस्तक […]
ट्यांकर चालकले रोके पेट्रोलियम पदार्थको ढुवानी
३१ जेठ, काठमाडौँ – कोरोनाविरुद्धको खोप उपलब्ध नभएको भन्दै नेपाल पेट्रोलियम ट्यांकर चालक संघले पेट्रोलियम पदार्थको ढुवानी बन्द गरेका छन् । पकटपटक सम्बन्धित निकायमा माग गर्दा खोप उपलब्ध नभएको भन्दै चालकहरुले आइतबारदेखि ढुवानी बन्द गरेका हुन् । यसबाट निजी पम्पहरु प्रभावित भएका छन् । सरकारले अत्यावश्यक सेवामा बन्द, हड्ताल गर्न नपाउने गरी कानून लागु गरेको […]
बाढीले बगाउँदा बालक बेपत्ता
३१ जेठ, काठमाडौँ – जिल्लाको त्रिवेणी नगरपालिकामा अविरल वर्षासँगै खोलामा आएको बाढीले बगाउँदा एक बालक बेपत्ता भएका छन् । बेपत्ता हुनेमा सोही नगरपालिका–५ किम्नीका स्थानीय घुरे बुढाका १३ वर्षीय छोरा कमल बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक धनदेव साउदले राससलाई जानकारी दिनुभयो । उहाँले दिएको जानकारी अनुसार गाउँ नजिकै रहेको किम्नी खोलामा आएको […]
सवारी पास किर्ते गरेको आरोपमा ललितपुरबाट दुई जना पक्राउ
३१ जेठ, काठमाडौँ – निषेधाज्ञामा जारी हुने सवारी पासको किर्ते गर्ने दुई जना ललितपुरबाट पक्राउ परेका छन् । प्रहरीले आइतबार बेलुकी ललितपुर महानगरपालिका वडा नम्बर १३ एकान्तकुनाबाट सवारी पास किर्ते गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए। खोटाङ मझुवागढी नगरपालिका-११का २३ वर्षीय दिनेश गुरुङ र […]
पूर्वसांसद हरिभक्त अधिकारीको निधन
३१ जेठ, काठमाडौँ – नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद हरिभक्त अधिकारीको निधन भएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका पूर्वसभापति, पूर्वसांसद हरिभक्त अधिकारीको ७९ वर्षको उमेरमा आइतवार राति साढे ११ बजे उपचारका क्रममा निधन भएको नेपाली कांग्रेस जिल्ला कार्य समिति लमजुङका सभापति भेषबहादुर पौडेलले जानकारी दिनुभयो । नेता अधिकारीको निधनले नेपाली कांग्रेसलाई मात्र […]
वायुसेवा निगमलाई नाफामा लान पर्यटनमन्त्रीको निर्देशन
३१ जेठ, काठमाडौँ – नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री उमाशंकर अरगरियाले नेपाल वायुसेवा निगम निगमसँग भएका विमानको पूर्ण उपयोग गरी नाफामूलक अवस्थामा लैजानुपर्नेमा जोड दिनुभएको छ । उहाँले दक्षता र योग्यताको आधारमा जनशक्तिको उचित उपयोग गर्दै निगमले विगतमा बनाएको प्रतिष्ठा पुनःप्राप्ति गर्न सामूहिक प्रयासको आवश्यकता रहेको पनि बताउनुभयो । आज निगमले आयोजना गरेको स्वागत […]
पछिल्लो २४ घण्टामा थपिए २९१८ कोरोना संक्रमण, ५३ को मृत्यु
३१ जेठ,काठमाडौँ – पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणका कारण ५३ जनाको मृत्यु भएको छ। देशभर कुल १४ हजार ८ सय १९ जनामा कोरोना परिक्षण गरिएकोमध्ये २ हजार ९ सय १८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यस्तै मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणमुक्त हुनेको संख्या ५ हजार १ सय […]
मेलम्ची खानेपानी आयोजना : दोस्रो चरणको निर्माण अघि बढाउने तयारी
३१ जेठ,काठमाडौँ – राष्ट्रिय गौरवको मेलम्ची खानेपानी आयोजना सम्पन्न हुनै लाग्दा सरकारले दोस्रो चरणको निर्माण समेत अघि बढाउने भएको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षमा सो आयोजनाका लागि रू. तीन अर्ब ५१ करोड बजेट विनियोजन गरेको छ । आगामी आवमा सुन्दरीजलमा पानी प्रशोधन केन्द्र निर्माण, यांग्री खोलामा हेडवर्क र यांग्रीबाट मेलम्चीसम्मको सुरुङको निर्माण अघि […]
सर्वोच्चको फैसलापछि गुम्यो गण्डकी प्रदेशका सांसद कृष्ण थापाको सांसद पद
३१ जेठ, काठमाडौं– गण्डकी प्रदेशका सांसद कृष्ण थापाको पद गुमेको छ । सर्वोच्च अदालतले जनमोर्चा सांसद थापाको सांसद पद खारेज गरिदिएपछि उनको पद गुमेको हो । सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र विश्वम्भरप्रसाद श्रेष्ठको इजलासले थापालाई जनमोर्चाले गरेको कारवाही नियमानुसार नै रहेको ठहर सर्वोच्चले उनको सांसद पद खारेज गरिदिएको हो । सर्वोच्चको आदेशमा भनिएको छ, ‘यसअघिको […]
रुपन्देहीमा निषेधाज्ञा थप असार ७ गतेसम्म
३१ जेठ, काठमाडौँ – रुपन्देहीमा जारी निषेधाज्ञा असार ७ गतेसम्म लम्बिएको छ । जिल्लामा जारी निषेधाज्ञालाई केही खुकुलो पारी असार ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञाको अवधी थपिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी जनक थापाले बताउनुभयो । रुपन्देहीमा आर्थिक गतिविधिलाई केही नियमित गर्न पाउने गरी निषेधाज्ञा थप गरिएको हो । जसअनुसार अब […]



