Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

समाचार

ग्रामीण क्षेत्रमा कोरोना सङ्क्रमणमा वृद्धि

१ असार, काठमाडौँ – जिल्लामा दोस्रो चरणको कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार हालसम्म जिल्लामा कुल एक हजार २०० जनामा  सङ्क्रमण पुष्टि भएको छ । ती मध्ये ५० जनाले कोरोना जित्न सफल भएका छन् ।  सङ्क्रमण पुष्टि भएकामा अधिकांश युवा उमेरका व्यक्ति रहेका कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य […]

उपत्यकाको निषेधाज्ञा आजदेखि केही खुकुलो

१ असार, काठमाडौँ – कोभिड–१९ सङ्क्रमण घट्न थालेपछि काठमाडौँ उपत्यकामा आजदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । तीन वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार ७ गते राति १२ बजेसम्मका कायम रहनेछ । काठमाडौँ उपत्यकाका तीन जिल्ला (काठमाडौँ, ललितपुर र भक्तपुर) का प्रजिअसहित जेठ ३० गते बसेको संयुक्त बैठकले निषेधको आदेशलाई खुकुलो बनाउँदै असार […]

नगदसहित पाँच जुवाडे पक्राउ

१ असार, काठमाडौँ-भीमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बजारको ४ नं गल्लीबाट प्रहरीले गए राति नगद रकमसहित पाँच जुवाडेलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक थापा क्षेत्रीका अनुसार पक्राउ पर्नेमा भीमदत्त–१८ का ६२ वर्षीय रामकृष्ण गुप्ता, ३३ वर्षीय सचिन गुप्ता, ४५ वर्षीय विनोद गुप्ता, ४२ वर्षीय सुनिल गुप्ता र ५५ वर्षीय मुरारी […]

जबर्जस्ती करणीका फरार आरोपी पक्राउ

१ असार, काठमाडौँ-जबर्जस्ती करणीका फरार आरोपी वेदकोट नगरपालिका–५ का २० वर्षीय सिप्पु खुनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । बहेला सामुदायिक वनमा शारीरिक अपाङ्गता भएकी युवतीलाई जबर्जस्ती करणी गरी खुना बिहीबार फरार भएका थिए । खुनालाई ओझाखाली वनमा लुकीछिपी बसिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताउनुभयो । […]

सातवटै प्रदेशले आज बजेट प्रस्तुत गर्दै

१ असार, काठमाडौँ – सातवटै प्रदेशले आज आगामी आर्थिक वर्ष २०७८/८९ को बजेट सार्वजनिक गर्दैछन् । असार १ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यताका कारण आज प्रदेशसभामा बजेट प्रस्तुत गर्न लागिएको हो । प्रदेश १ र बागमती प्रदेशमा दिउँसो ३ बजे बजेट प्रस्तुत हुँदै छ । प्रदेश २, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दिउँसो ४ बजे तथा […]

लागुऔषधसहित कञ्चनपुरमा २ जना पक्राउ

१ असार, काठमाडौँ – कञ्चनपुरमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा खटिएको टोलीले बेलौरी नगरपालिका-८ बाट लागुऔषधसहित सोही ठाउँका २८ वर्षीय सुरेन्द्र विष्ट र २२ वर्षीय सन्तोश रानालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) अमरबहादुर थापाले उनीहरुको साथबाट ९.०८ ग्राम लागुऔषध खैरो हिरोइन बरामद गरिएको […]

कोरोना महामारीकै बीच नयाँ शैक्षिक सत्र आजदेखि सुरु

१ असार काठमाडौँ – सरकारले कोरोना महामारीकै बीच नयाँ शैक्षिक सत्र आजदेखि सुरु गर्दैछ । विद्यालय तहको नयाँ भर्ना र शैक्षिक सत्र आजदेखि देशभर सुरु हुन लागेको हो । परीक्षाहरु सञ्चालन गर्न नपाएपनि देशैभरका विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कनद्वारा नतिजा प्रकाशन गरिसकिएको र आजबाट नयाँ भर्ना सुरु हुने बताइएको छ । कक्षा १० सम्मका विद्यार्थीको लागि […]

१ असार काठमाडौँ – सरकारले कोरोना महामारीकै बीच नयाँ शैक्षिक सत्र आजदेखि सुरु गर्दैछ । विद्यालय तहको नयाँ भर्ना र शैक्षिक सत्र आजदेखि देशभर सुरु हुन लागेको हो । परीक्षाहरु सञ्चालन गर्न नपाएपनि देशैभरका विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कनद्वारा नतिजा प्रकाशन गरिसकिएको र आजबाट नयाँ भर्ना सुरु हुने बताइएको छ । कक्षा १० सम्मका विद्यार्थीको लागि […]

मनसुनी वायुको प्रभावले देशभर चट्याङसहित वर्षा हुने

१ असार, काठमाडौँ – देशभर रहेको मनसुनी वायुको प्रभावले मौसम प्रतिकुल बनेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । यस्तै देशका धेरै  स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। प्रदेश २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश तथा कर्णाली प्रदेशका केही […]

निर्वाचन आयोगविरुद्ध उपेन्द्र अदालत जाने

१ असार, काठमाडौँ – जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले निर्वाचन आयोगको आइतबारको निर्णयविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने घोषणा गरेको छ। महन्थ ठाकुर पक्षले भने आयोग निर्णयलाई स्वागत गरेको छ। जसपा अध्यक्ष उपेन्द्र यादवले आयोगको निर्णयविरुद्ध अदालत जाने तयारी भएको बताए। ‘आयोगको निर्णयविरुद्ध अदालत जाने तयारी हो। यसबारेमा भोलि (मंगलबार) बस्ने बैठकमा छलफल हुन्छ’, […]