समाचार
पूर्वमन्त्री गाेकुल बाँस्कोटालाई पितृ शोक
१८ फागुन काठमाडौं – पूर्व सञ्चारमन्त्री एवम् नेकपाका केन्द्रीय सदस्य गोकुल बाँस्कोटालाई पितृशोक परेको छ । गोकुल बाँस्कोटाका पिता हरि प्रसाद बास्कोटाको आज मण्डन देउपुर नगरपालिका स्थित आफ्नै निवासमा आज साँझ साढे ५ बजे निधन भएको हो । विगत धेरै महिनादेखी बिरामी रहेका गोकुल बाँस्कोटाका पिताको ९२ वर्षको उमेरमा निधन भएको पारीवारीक श्रोतले जनाएको छ […]
८ लाख रकम सडकमै फ्याँके, गाउँपालिकाका अध्यक्ष फरार !
१८ फागुन काठमाडौँ – धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले आफ्नो गाडीमा रहेको ८ लाख रुपैयाँ फ्याँकेर फरार भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पिछा गरेपछि अध्यक्ष राउत पैसा फ्याँकेर फरार भएका हुन् । गाउँपालिकाको प्र २–०२–००१ झ ०००२ नम्बरको कालो रङको गाडीबाट ८ लाख रुपैयाँ धनुषाको छिरेश्वर नगरपालिका–५ स्थित सडकमै फालेर राउत […]
राष्ट्रिय बीमा संस्थानको चाबहील र सूर्यविनायकमा नयाँ शाखा
१८ फागुन काठमाडौँ – राष्ट्रिय बीमा संस्थानले काठमाडौंको चाबहिलमा १७ औं र भक्तपुरको सूर्यविनायकमा १८ औं शाखा सञ्चालनमा गरेको छ । संस्थानको चाबहिल शाखाको सोमबार काठमाडौं महानगरपालिका ७ का अध्यक्ष सुतकुमार डँगोल र संस्थान सञ्चालक समितिका अध्यक्ष गंगाराम कँडेलले संयुक्त रुपमा उद्घाटन गर्नुभएको हो । चाबहिल शाखाको उद्घाटन गर्दै अध्यक्ष डँगोलले चाबहील क्षेत्रमा शाखा सञ्चालनमा […]
नेपाल टुडे एप सार्वजनिक,अब सबै समाचार एकै ठाउँमा
१८ फागुन काठमाडौँ – सिरिज टेक्नोलोजिले बिहीबार ‘नेपाल टुडे’ एप सार्वजनिक गरेको छ । उक्त एपमा सबै प्रकारको समाचार एकै ठाउँमा पढ्न सकिने भएको छ । विश्वासनिय समाचार छिटो प्रयोगकर्ता समक्ष पुर्याउन उक्त एप सार्वजनिक गरिएको हो। समाचार पढ्दा बीचमा विज्ञापन नआउने गरी उक्त एप निर्माण गरिएको कम्पनीले बताएको छ।
राष्ट्र बैंकका दुबै गभर्नरले लिए अबकास,अब कस्को पालो ?
१८ फागुन काठमाडौं – नेपाल राष्ट्र बैंकमा डेपुटी गभर्नरको पद खाली भएको छ । राष्ट्र बैंकका डेपुटी गर्भनरहरुले आजै अबकास पाएपछि उक्त पद खाली बन्न पुगेको हो । डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ दुबैले आज (मंगलबार) बाट अवकाश पाउनु भएको छ । सिवाकोटीले राष्ट्र बैंकमा २०४४ सालबाट प्रवेश गर्नु भएको थियो भने, श्रेष्ठले […]
विप्लव समूहबाट सरकारसँगको वार्ता प्रकाण्डको नेतृत्वमा
विप्लव समूहबाट सरकारसँगको वार्ता प्रकाण्डको नेतृत्वमा १८ फागुन काठमाडौं – विप्लव नेकपाका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले सरकारसँग वार्ताको नेतृत्व गर्ने भएको छ । सरकार वार्ताका लागि तयार भएको अवस्थामा प्रकाण्डको नेतृत्वमा वार्तामा बस्ने नेकपाका एक नेताले जानकारी दिए । ति नेताले भने, ‘सरकारले वार्ताको वातावरण साँच्चिकै बनाएमा हाम्रोतर्फबाट प्रकाण्डले वार्ता टोलीको नेतृत्व गर्नुहुनेछ ।’ नेकपाले […]
दुर्गा प्रसाईंको अस्पताल उद्घाटनका लागि प्रधानमन्त्री ओली झापामा
१८ फागुन काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओली क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न आज झापा आइपुग्नुभएको छ । भद्रपुर विमानस्थलमा प्रधानमन्त्री ओलीलाई प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’, वाग्मती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँ, प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राई र प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले स्वागत […]
एक सय फर्मलाई ३० लाख जरिवाना
१८ फागुन काठमाडौँ – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्जले बढी मूल्य राखेर सामान बिक्री गर्ने, अरुको ब्राण्ड चोरी गर्ने, पसलमा मूल्य सूची नराख्ने, खरीद बिल नदेखाउने, इजाजत नलिई पसल सञ्चालन गर्ने तथा अनुगमन कार्यमा सहयोग नगरेको भन्दै १०५ वटा व्यापारीक फर्मलाई कार्वाही गरी रु ३० लाख २३ हजार जरिवाना गरेको छ । सो […]
प्रवीण बास्तोलाको हत्या प्रकरणस् थप १ जना ओरोपी प्रकाउ
१८ फागुन काठमाडौँ – मोरङको उर्लाबारीका प्रवीण बास्तोलाको हत्यामा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा हत्या आरोपमा मुद्दा दायर गरिएका ६ प्रतिवादीमध्ये एक १९ वर्षीय सुदीप परियार रहेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक उद्धव पोखरेल नेतृत्वको टोलीले उनलाई मोरङको कानेपोखरीबाट सोमबार राति पक्राउ गरेको हो । […]
दोभान बजारमा आगलागी : ४० घर जलेर नष्ट
१८ फागुन ताप्लेजुङ – ताप्लेजुङको दोभान बजारमा आगलागी हुँदा ४० घर जलेर पूरै नष्ट भएको छ । मेरिङ्देन गाउँपालिका—३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा अहिले पनि आगलागी भइरहेको छ। बिहान ९ बजे भोला पौडेलका घरबाट विद्युत् सर्ट आगलागी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख बालरनसिंह राणाले जानकारी दिनु भएको छ । ४० घरमा रहेका […]



