Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

समाचार

एक वर्ष नपुग्दै कालोपत्रे उप्कियो, सडक भासियो

 ३० असोज  अमरगढी – कालोपत्रे सम्पन्न गरेर हस्तान्तरण भएको एक वर्षमै सडक भासिएको छ । डडेल्धुरा सदरमुकामबाट दुई जिल्ला जोड्ने उग्रतारा–मेलौली सडकको केही भाग भासिएको हो । गत आर्थिक वर्षमा सम्पन्न भएको यो सडक अजयमेरु गाउँपालिका–१ पुईलेक बजारको भाग भासिनुका साथै कालोपत्रे उप्किएको छ । सडक निर्माण थालिएको झण्डै तीन दशक पछि केही खण्ड कालोपत्रे […]

वैज्ञानिकको चेतावनी- जाडोमा कोरोनाको कहर बढ्न सक्छ

३० असोज एजेन्सी –  कोरोना भाइरस (कोभिड १९) को विषयमा केही अनुसन्धान बाहिरिएको छ । जाडोको मौसममा कोरोना भाइरसको अवस्थाको विषयमा विभिन्न अध्ययन अनुसन्धान भइसकेका छन् । यसै सन्दर्भमा फेरि नयाँ अनुसन्धान गरिएको छ । अनुसन्धानका अनुसार वैज्ञानिकहरुले जाडोमा फेरि एकपटक कोरोना भाइरस तीव्र गतिमा फैलने चेतावनी दिएका छन् । रिसर्चका अनुसार गर्मीमा एरोसोलका स–साना […]

सङ्क्रमित ६७ वर्षीय पुरुषको मृत्यु

३० असोज काठमाडौँ – बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत एक जना पुरुषको आज बिहान मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत विशेष अस्पतालमा तिलोत्तमा नगरपालिका–२ का ६७ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका फोकल पर्सन डा सुदर्शन थापाले जानकारी दिनुभयो । कोरोना सङ्क्रमण भएर असोज २१ देखि अस्पतालमा भर्ना भएर उपचारका क्रममा २५ गतेदेखि अस्पतालका सघन […]

मानवअधिकार उल्लंघन गर्ने २ सय ८६ जनाको सूची सार्वजनिक

३० असोज काठमाडौँ – ‘यसअघि र यसपछिका पनि सबै सिफारिस सरकारले कार्यान्वयन गर्नुपर्छ, म त्यो गराएरै छाड्नेछु,’ २०७१ कात्तिक ३ गते मानवअधिकार आयोगको अध्यक्ष नियुक्त भएलगत्तै पूर्वप्रधानन्यायाधीश अनुपराज शर्माले पत्रकार सम्मेलन गरेर भनेका थिए, ‘कार्यान्वयन गराउन कसै गरे पनि सकिनछु भने आयोगसँग एक हतियार छ, त्यसको प्रयोग म गर्नेछु ।’ नभन्दै आफ्नो ६ वर्षे कार्यकालको अन्तिम […]

यसपालि दशैँको टीका किन कात्तिकमा ? (भिडियो)

३० असोज काठमाडौँ – भदौमा पितृपक्ष अर्थात् सोह्रश्राद्ध सकिएलगत्तै असोजमा घटस्थापना, अनि त्यसको दशौँ दिनमा विजयादशमी । दशैँबारे सोच्नेबित्तिकै धेरैको मनमा आउने कुरा यही हो। तर यसपालि ? ‘अँ, सोह्रश्राद्ध सकिएको धेरै भइसक्यो तर अझै दशैँ आएको छैन’ तपाईँलाई यस्तै लाग्दो हो। हो, यसपालि पोहोरभन्दा दशैँ ढिलो छ। सरकारले छापेको भित्तेपात्रो र प्रचलनमा रहेका अधिकांश […]

भजन गायन संगै फेन्सी कलेक्सनका साहुजी बने कृष्ण भण्डारी

मनिष बराल काठमाडौँ, २९ असोज । भजन गायक कृष्ण भण्डारीले काँकडभिट्टा रोडको सिटिसेन्टरमा ९डिका फेन्सी कलेक्सनको शभारम्भ गर्नुभएको छ । कोरोना महामारीका बिच गायक भण्डारीले कलेक्सन सञ्चालनमा ल्याउनु भएको हो । पछिल्लो समय नेपाली बजार व्यापारमा मात्र नभएर अहिले हरेक क्षेत्रमा तीब्र प्रतिस्पर्धा रहेकै बेला भण्डारीले व्यवसायमा समेत हात हाल्नुभएको हो । गायक भण्डारीले आज […]

आफूमाथि बलात्कार प्रयास गर्ने पुरुषको महिलाले गरिन् हत्या

२९ असोज धनकुटा – धनकुटामा एक महिलाले आफूमाथि बलात्कार गर्न खोज्ने पुरुषलाई खुकुरी प्रहार गरी हत्या गरेकी छन् । महालक्ष्मी नगरपालिका–१ मारेककटहरेमा एक महिलाले आफूमाथि बलात्कार प्रयास गर्ने पुरुषको हत्या गरेकी हुन्् ।   मारेककटहहरेको घुमाउँनेकी ३० बर्षीया कमला गुरुङले बलात्कार प्रयास गर्ने स्थानीय लीलबहादुर गुरुङको हत्या गरेकी हुन् । बलात्कार प्रयास गरेपछि महिलाले प्रतिकारमा […]

लोक सेवा आयोगलाई सर्वोच्चको निर्देशन ‘संक्रमितहरुलाई परीक्षा दिनबाट बञ्चित नगर्नु’

२९ असोज काठमाडौं – कोरोना संक्रमितहरुलाई परीक्षा दिनबाट बञ्चित नगर्न सर्बोच्च अदालतले लोक सेवा आयोगलाई आदेश दिएको छ । न्यायाधीश सपना प्रधान मल्लको इजलासले विहीबार ९आज० संक्रमितले आफू संक्रमित भएको स्वघोषणा गर्नुपर्ने र परीक्षामा सामेल हुन नपाउने भनी लोक सेवा आयोगले बनाएको मापदण्डलाई कार्यान्वयन नगर्न आदेश दिएको हो । यसका साथै सम्पूर्ण परिक्षार्थीलाई सुरक्षित रुपमा […]

धरानमा दुई सङ्क्रमितको मृत्यु

२९ असोज धरान – होम आइसोलेशनमा बसेका धरान उपमहानगरपालिका–९ का कोरोना सङ्क्रमितको बुधबार राति मृत्यु भएको छ । गौतम पथका ५८ वर्षीय व्यक्तिलाई थप उपचारका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।   अस्पताल पु¥याइएको केही समयमा नै राति साढे ११ बजे उनको मृत्यु भएको वडा नं ९ का वडाध्यक्ष रत्न कटवालले जानकारी […]

नगरपालिका संघका अध्यक्ष अशोक व्याञ्जुका सपरिवारमा कोरोना संक्रमण पुष्टि

२८ असोज काभ्रेपलाञ्चोक – नेपाल नगरपालिका संघका अध्यक्ष एवं धुलिखेल नगरपालिकाका नगरप्रमुख अशोककुमार व्याञ्जुलाई कोरोना संक्रमण पुष्टि भएको छ । नगरप्रमुख व्याञ्जुका साथै परिवारका अन्य सदस्यलाई पनि संक्रमण भएको व्याञ्जुले आफ्नो फेसबुकमार्फत जानकारी गराएका छन् । फेसबुकमा व्याञ्जुले भनेका छन्, ‘विश्वव्यापी फैलिएको कोरोना आज म र परिवारमा साक्षातकार गर्न आइपुगेको छ तर कुनै लक्षण छैन, […]