समाचार
उपत्यकाका शक्तिपिठहरु कात्तिक १ देखि खुल्ने
२८ असोज काठमाडौँ – कोरोना संक्रमणको जोखिमका कारण बन्द रहेका सबै देवीदेवताका शक्तिपीठहरु कात्तिक १ गतेदेखि खुल्ने भएका छन् । लामो समयदेखी बन्द रहेका काठमाडौं उपत्यकामा रहेका गुहेश्वरी, भद्रकाली, दक्षिणकाली, शोभाभगवती, बंगलामुखी, मैतिदेवी, भाटभटेनी आकाशेदेवी लगायतका शक्तिपिठहरू कात्तिक १ गते देखि खुल्ने भएका हुन्। दशैंको समयमा विशेष पूजाआजा हुने भएकाले पनि शक्तिपिठहरू खोल्नुपर्ने बाध्यता रहेको […]
कर्मचारीमा कोरोना पुष्टि भएपछि जिप्रका काठमाडौंद्वारा अत्यावश्यक बाहेकका सबै सेवा स्थगित
२७ असोज काठमाडौं – कोरोना भाइरस संक्रमितहरुको संख्या तीब्र रुपमा बढिरहेका र चार जना कर्मचारीमा समेत कोरोना पुष्टि भएपछि अर्को सूचना नआएसम्मका लागि काठमाडौं जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक बाहेकका अन्य सबै सेवा स्थगित गरेको छ । जिल्ला प्रशासनले मंगलबार (आज) प्रेस विज्ञप्ती राजी गर्दै संक्रमणको जोखिम बढेको र ४ जना कर्मचारीमा समेत कोरोना पुष्टि भएपछि […]
तामाकोशी–काठमाडौँ प्रसारण लाइन निर्माण हुने
२७ असोज काठमाडौँ – तामाकोशी करिडोर नेपालको जलविद्युत्का लागि परिचित क्षेत्र हो । सोही करिडोरमा यतिबेला राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् परियोजना निर्माण सकिने क्रममा छ । कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाबाट उत्पादित विद्युत् निकट भविस्यमा नै राष्ट्रिय प्रसारण प्रणालीमा जोडिँदैछ । सोही करिडोरमा १०० मेगावाट क्षमताको तामाकोशी पाँचौँको निर्माण शुरु हुनै […]
सरकारले कोरोना परीक्षण शुल्क फेरि घटायो
२७ असोज काठमाडौँ – सरकारले कोरोना भाइरसको परीक्षण शुल्क फेरि घटाएको छ । परीक्षण शुल्क दुई हजार रुपैयाँबाट घटाएर एक हजार रुपैयाँमा झारिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो । मङ्गलबार भएको नियमित प्रेस बिफ्रिङमा मन्त्रालयका प्रवक्ता डाक्टर गौतमले पीसीआर परीक्षणको शुल्क अब बढीमा एक हजार रुपैयाँ मात्र लिन पाइने बताउनुभयो । उहाँले परीक्षणको […]
कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु
२७ असोज काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ६६३ पुगेको छ ।
राजेश हमाल विवादमा, हिन्दू समर्थकले जलाए हमालको पुत्ला (भिडियो)
२७ असोज काठमाडौं – हिन्दूत्व समाप्त पार्न खोजेको भन्दै हिन्दू समर्थकहरुले महानायक राजेश हमालको पुत्ला दहन गरेका छन् । साथै सामाजिक सञ्जालमा पनि नायक हमालको बिरोध तीब्र बनाइएको छ । जातको प्रश्न नामक टेलिभिजन कार्यक्रममार्फत हमालले हिन्दूको अस्थित्वमाथि आँच आउने तथा हिन्दू बिरोधी बिषयवस्तु उठाएको भन्दै उनीहरुले हमालको पुत्ला दहन गरेका हुन् । केही महिना […]
जग्गा हेर्ने बहानामा लुटपाट गरी हत्या गर्ने तीन पक्राउ
२७ असाेज काठमाडौँ, २७ असोज । महानगरीय अपराध महाशाखा काठमाडौँले जग्गा हेर्ने बहानामा चाँगुनारायण नगरपालिका–८ बस्ने ६१ वर्षीय चन्द्रबहादुर योञ्जन (लामा)को लुटपाटपछि हत्या गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । हत्या आरोपमा पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ लेखर्क घर भई काठमाडौँको थली बस्ने ३७ वर्षीय शेर्पा भन्ने कामी लामा, सिन्धुपाल्चोककै चौतारा बतासे नगरपालिका–२ हाल […]
‘नासा स्पेस एप्स् च्यालेञ्ज २०२०’ को अन्तिममा नेपालका ११ समूह
२७ असाेज काठमाडौँ – सरकारले जारी गरेको विज्ञान, प्रविधि तथा नव प्रवर्तन नीति २०७६ को मर्म अनुरुप नेपालले ‘नासा स्पेस एप्स् च्यालेञ्ज २०२०’ मा भाग लिएको छ । अमेरिकी वैज्ञानिक संस्था नासाको आह्वानमा विश्वका २०० स्थानमा भएको यो प्रतियोगितामा नवप्रवर्तनमा रुचि राख्ने करिब ३५० भन्दा बढी नेपाली युवाले भाग लिएका थिए । नेपालमा यो कार्यक्रमको […]
कोरोना सङ्क्रमितलाई स्थानीय तहको उच्च निगरानी
२७ असोज काठमाडौँ – काठमाडौँ उपत्यकाका स्थानीय तहले कोरोना भाइरस (कोभिड–१९)का सङ्क्रमितलाई उच्च निगरानी गर्न थालेका छन् । नगरपालिकाभित्र दैनिक कोरोना सङ्क्रमित बढेपछि नगरपालिका आफैँले सङ्क्रमितको उच्च निगरानी गर्न थालेका हुन् । कतिपय नगरपालिकाले सङ्क्रमितलाई निःशुल्क आहार वितरण गर्नेदेखि नियमित टेलिफोन गर्ने, सङ्क्रमितको उपचारको व्यवस्था गर्ने लगायतका काम गर्दै आएका छन् । आफू र परिवारका […]
अब सार्वजनिक सवारीको सबै सिटमा यात्रु बोक्न पाउने
२६ असोज, काठमाडौं – सरकारले सार्वजनिक सवारीमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको हो । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो । अन्तरिक हवाई […]



