समाचार
सोमबार १ हजार ३ सय ५१ संक्रमित थपिए
१२ असोज काठमाडौं – मुलुकमा थप १ हजार ३ सय ५१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३ सय ५१ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या ७४ हजार ७ सय ४५ पुगेको छ ।
कोरोना भाइरस सुरक्षा भत्ता : किन सुरक्षाकर्मीले तत्काल प्रोत्साहन भत्ता नपाउने !
१२ असोज काठमाडौँ – कोरोनाभाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा खटिएका सुरक्षाकर्मीका लागि सरकारले घोषणा गरेको प्रोत्साहन भत्ता स्रोतको अभावका कारण तत्काल दिन सक्ने अवस्था नरहेको अर्थ मन्त्रालयले जनाएको छ। मन्त्रिपरिष्दले निर्णय र बजेटमा समेत व्यवस्था भए पनि आर्थिक अवस्थामा केही सुधार आएपछि भत्ता दिन सकिने उसको भनाइ छ। हाल दिन नसक्नुको कारण अरू केही नभई सरकारको […]
निजी अस्पतालहरुले सरकारको निर्देशन नमान्ने
१२ असोज काठमाडौं – निजी अस्पतालका प्रयोगशालाहरुले कोरोना परीक्षण शुल्क ३८९९ रुपैयाँ लिने घोषणा गरेका छन् । सरकारले यसअघि कोरोना परीक्षणको शुल्क २ हजार मात्रै लिन निर्देशन दिएको छ । तर सरकारको निर्देशन पालना अबज्ञा गर्दै निजी अस्पातालहरुले सरकारले तोकेको भन्दा १८९९ रपैयाँ बढी लिने घोषणा गरेका हुन । ८ ओटा निजी अस्पातालहरुले सो घोषणा […]
भारतमा ५० लाखभन्दा बढी कोरोना संक्रमित निको
१२ असोज काठमाडौँ भारतमा कम्तीमा पनि ५० लाख कोरोना सङ्क्रमित निको भएका बताइएको छ । भारतीय सरकारले यहाँ पछिल्लो समयमा निको हुने दर बढेको बताउँदै अहिलेसम्ममा कम्तीमा पनि ५० लाखलाई निको भएको बताएको हो । त्यसैगरी भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो समयमा अर्थात गएको ११ दिनमा मात्र १० लाखभन्दा बढी यसका सङ्क्रमितहरु निको […]
कोरोना भाइरसबाट विश्वमा १० लाख भन्दा बढीको मृत्यु , तीन करोड ३३ लाख भन्दा बढी सङ्क्रमित
१२ असोज काठमाडौँ – विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १० नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर तीन करोड ३३ लाख ११ हजार पुगेका छ । कूल सङ्क्रमितमध्ये दुई करोड ४६ लाख ३९ हजार निको भएका छन् भने करिब ७६ लाख ७० हजार […]
विदेशमा अलपत्र नागरिकको निःशुल्क उद्धार गर्न आग्रह
१२ असोज काठमाडौँ गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को आठौँ एशिया प्रशान्त क्षेत्रीय बैठक र प्रथम क्षेत्रीय विज्ञ सम्मेलनले विश्वव्यापी महामारी कोभिड–१९ का कारण विदेशमा अलपत्र परेका नागरिकलाई वैदेशिक रोजगार कल्याणकारी कोषमार्फत निःशुल्क उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । भर्चुअल माध्यमबाट दुई दिनसम्म चलेको बैठकले एशिया प्रशान्त क्षेत्रका मुलुक तथा खाडीलगायत अन्य मुलुकमा रोजगार गुमाएर अलपत्र […]
बलात्कार प्रयासका फरार तीन अभियुक्त पक्राउ
१२ असोज काठमाडौँ -सप्तरीमा चार वर्षपछि बलात्कार प्रयासका तीन अभियुक्त पक्राउ परेका छन् । एक्काइस वर्षीया महिलालाई बलात्कार प्रयास गरेको आरोपमा पक्राउ परेका सप्तरीको डाकनेश्वरी नगरपालिका–३ भुतहीका ३२ वर्षीय पवन पण्डित कुम्हार, ५८ वर्षीय खुशीलाल यादव र डाक्नेश्वरी नगरपालिका–५ पातोका ७३ वर्षीय बिन्देश्वर शर्मालाई सप्तरी प्रहरीले आज सप्तरी जिल्ला अदालतमा बुझाएको छ । सप्तरी जिल्ला […]
घर नजिकैको खोला किनारमा शौच गर्न गएका एक युवक मृत फेला
१२ असोज रौतहट – रौतहटमा शौच गर्न खोला किनारामा गएका एक युवकको शव फेला परेको छ । जिल्लाको कटहरिया ९ मुसर टोल वस्ने भरत माझिको २८ वर्षीय छोरा किश्वरी माझीको शव फेला परेको हो । असोज ९ गते शौच गर्न भनि घरबाट घर नजिकैको रहेको झाजखोलाको किनारमा गएकोमा घर नफर्किएकोले रातिनै उनीहरुको आफन्तले खोजतलास गर्दा […]
कांग्रेसमा दौडधुपः पौडेल पक्ष मोर्चाबन्दीमा, सिटौला मिलाउँदै
१२ असोज काठमाडौं – नेपाली कांग्रेसभित्रको संस्थापनइतर मानिने वरिष्ठ नेता रामचन्द्र पौडेल समूहसंस्थापन पक्षलाई गलाउने र कमजोर बनाउने रणनीतिसहित अघि बढेको छ । कांग्रेसभित्रको संस्थापन इतर पक्ष मानिएको पौडेल पक्षका नेताहरू सभापति शेरबहादुर देउवाविरुद्ध मोर्चाबन्दीमा नै उत्रिएका छन् । उनीहरू विधानविपरीत पार्टीभित्र हरेक निर्णयमा मनोमानी गरेको भन्दै सभापति देउवालाई गलाउने रणनीतिसहित अघि बढेका हुन् । […]
घाँटीबगरदेखि छाङरू जोड्ने कडा चट्टानी भीरमा घोडेटो बाटोको ट्र्याक
१२ असोज काठमाडौँ – नेपाली सेनाले व्यास गाउँपालिकाको घाँटीबगरदेखि छाङरू जोड्ने कडा चट्टानी भीरमा घोडेटो बाटोको ट्र्याक खुलाएको छ । गत जेठ ९ गतेबाट काम सुरु गरेको सेनाले सम्झौता अनुसार ५५० मिटर बाटोको ट्र्याक खुलाउने काम सकेको हो । कडा चट्टानी भूगोल, भारतीय अवरोध, प्रतिकूल मौसम र निर्माण सामग्री ढुवानीमा ढिलाइ हुँदा दुई महिनाभित्र सम्पन्न […]



