समाचार
सर्वोच्च अदालतको आदेश : ५ लिटर रक्सी, १० लिटर जाँड बनाउन दिनू
१३ असोज काठमाडौं – सर्वोच्च अदालतले बढीमा ५ लिटर घरेलु रक्सी र १० लिटरसम्म जाँड बनाउन दिन आदेश दिएको छ। सर्वोच्चले वर्षमा ६ पल्टभन्दा बढी जाँडरक्सी पार्न नदिन भनेको छ। न्यायाधीश हरिकृष्ण कार्की र डम्बरबहादुर शाहीको संयुक्त इजलासले जनस्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई ध्यानमा राखी जाँडरक्सीको सीमा तोकिदिएको हो। यस विषयमा अनुगमन, नियमन र नियन्त्रणका […]
ग्राउन्ड ह्यान्डलिङबाट हुने कमाइ देखेर चलखेल, वायुसेवा डुबाउने खेल
१३ असोज काठमाडौँ, नेपाल वायु सेवा निगमको एउटा राम्रो आम्दानीको स्रोत ग्राउन्ड ह्यान्डलिङ पनि हो। तर यसमा अहिले हवाई माफियाहरुले आँखा लगाइरहेका छन्। ग्राउन्ड ह्यान्डलिङबाट प्राप्त रकमबाट वार्षिक ६० देखि ७० करोड रुपैयाँ रोयल्टीको रुपमा प्राधिकरणलाई र सरकारलाई भ्याट बुझाउँदै आएको निगमको कर्मचारीसँगको भनाई छ। यही रकममा हवाई माफियाहरुले आँखा गाडेको संघको दावी छ। उक्त […]
नेटवर्किङमा संलग्न २५ कम्पनीका ५० जनालाई पक्राउ गर्न पत्राचार
१३ असोज काठमाडौँ- वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी० सँग ठगीमा संलग्नलाई पक्राउन गर्न सहयोग मागेको छ । नेपालमा प्रतिबन्धित नेटवर्किङ व्यवसाय सञ्चालन भइरहेको गुनासोका आधारमा विभागले अध्ययन गर्दै ठगीमा व्यक्तिलाई पकाउ गर्न सहयोग मागेको हो । विभागले गरेको प्रारम्भिक अध्ययनअनुसार २५ कम्पनी र ५० भन्दा बढी व्यक्तिलाई […]
आज बिहान ७ बजेदेखि काठमाडौंका यी स्थानमा बिजुली जाने
१३ असोज काठमाडौँ – विद्युत मर्मतका लागि आज अहिले बिहना ७ बजे काठमाडौँका विभिन्न स्थानमा विद्युत बन्द गरिने भएको छ । आज (मंगलबार) बिहान काठमाडौंका विभिन्न स्थानमा साढे २ घण्टा विद्युत् बन्द गरिने भएको हो । नेपाल विद्य्त् प्राधिकरणले जारी गरेको सूचनाअनुसार रत्नपार्क वितरण केन्द्र र बानेश्वर वितरण केन्द्रअन्तर्गत सिंहदरबारका २ फिडर मर्मत सम्भार गर्नुपर्ने […]
आइपिएल : मुम्बईमाथि रोयल च्यालेन्जर्स बैंगलोरको जित
१३ असोज काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले मुम्बई इण्डियन्सलाई सुपर ओभरमा पराजित गरेको छ । पर ओभरमा मुम्बईले दिएको ८ रनको लक्ष्य पुरा गर्दै बैंगलोरले मुम्बईलाई पराजित गरेको छ । यस सिजनमा यो दोस्रो सुपर ओभरबाट निर्णय भएको खेल बनेको छ । यस अघि किंग्स इलेभेन पञ्जाबलाई दिल्ली क्यापिटलले सुपर […]
बैंकको व्यवहार मन नपरे राष्ट्र बैंकमा उजुरी पाइने
१३ असोज काठमाडौँ – बैंक तथा वित्तीय संस्थाको बारेमा कुनै गुनासो या समस्या भएमा नेपाल राष्ट्र बैंकमा उजुरी गर्न सकिने भएको छ । बैंक तथा वित्तीय संस्थाको सेवा तथा व्यवहारमा चित्त नबुझेमा उजुरी गर्नको लागि नेपाल राष्ट्र बैंकले ‘वित्तीय ग्राहक संरक्षण तथा गुनासो व्यवस्थापन कार्यविधि, २०७७’ जारी गरेको छ । कार्यविधि अनुसार बैंक तथा वित्तीय […]
छोरी बलात्कार गर्ने बाबु पक्राउ
१२ असोज काठमाडौँ – आफ्नै छोरीको बलात्कार गर्ने बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ । चौध वर्षीया छोरीलाई पटक–पटक बलात्कार गरेको आरोपमा धादिङको त्रिपुरासुन्दरी गाउँपालिकाका ३५ वर्षीय बाबुलाई प्रहरीले पक्राउ गरी अनुसन्धान शुरु गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताउनुभयो । पीडितका आमा र भाइ घर नभएको बेलामा असोज ८ गते […]
नेप्सेमा झिनो गिरावट
१२ असोज काठमाडौँ – धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ४.७३ विन्दुले ओरालो लागेर एक हजार ५६०.८३ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक ०.८७ ले वृद्धि भई ३०९.६० मा पुगेको छ । कूल १९१ कम्पनीको ६९ लाख ९७ हजार ४२० कित्ता […]
काठमाडौं उपत्यकामा सोमबार ८ सय १७ संक्रमित थपिए
१२ असोज काठमाडौं – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ सय १७ संक्रमित फेला परेका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८ सय १७ संक्रमित थपिएका हुन् । जसमध्ये काठमाडौंमा मात्र ६ सय ४९ जना संक्रमित थपिएका छन् भने ललितपुरमा १ सय ३२ र […]
पछिल्लो २४ घण्टामा ७ सय ४२ संक्रमित निको भए
१२ असोज काठमाडौं – कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ७ सय ५४ जना निको भएर घर फर्किएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरबाट ७ सय ५४ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ५४ हजार ६ सय ४० पुगेको छ । निको हुनेको यो प्रतिशतमा कुल […]



