Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

समाचार

सरकार विरुद्ध सडकमा उत्रिने देउवा समुहको तयारी

१४ असोज  काठमाडौं। नेपाली कांग्रेस पार्टीको आगामी असोज १९ गते तय भएको केन्द्रीय समितिमा कसरी प्रस्तुत हुने बारे धारणा बनाउन आज सभापति शेर बहादुर देउवा समुहको बैठक बुढानिलकण्ठमा बसेको थियो। उक्त बैठकले बरिष्ठ नेता रामचन्द्र पौडेल बुझाएको ज्ञापनपत्रको बारेमा बुदागत रुपमा छलफल गरी १९ गते बस्ने केन्द्रीय समितिमा स्पष्ट पर्ने निर्णय गरिएको छ । बैठकमा […]

पाकिस्तानमा सबै शैक्षिक संस्थाहरु खुल्ला

१४ असोज  काठमाडौँ – कोरोनाभाइरसको महामारी फैलिएपछि बन्द भएका पाकिस्तानका सबै शैक्षिक संस्था सूचारु हुन थालेका छन् । सरकारी अधिकारीहरुले झण्डै छ महिनापछि बुधबारदेखि सबै शैक्षिक संस्था सञ्चालन गर्न थालिएको जानकारी दिएका छन् । पाकिस्तानमा कोरोनाका कारण अहिलेसम्म झण्डै तीन लाख मानिस सङ्क्रमित भएको पनि अधिकारीहरुले जनाएका छन् । सञ्चालन हुन थालेका विद्यालयमा सरकारी तथा निजी दुवै […]

रौतहटमा बाघको आक्रमणबाट एकको मृत्यु, दुई घाइते

१४ असोज रौतहट – बाघको आक्रमणबाट रौतहटमा एकजनाको मृत्यु भएको छ भने अर्का दुईजना घाइते भएका छन् । मृत्युहुनेमा चन्द्रपुर नगरपालिका वडानम्बर ६ बस्ने २४ वर्षीय संगम भण्डारी रहेका छन् । मंगलबार बिहान ८ बजेतिर सोही स्थानमा बस्ने मृतक संगम भण्डारी, हरि खड्का, गुन्जेश्वर राना र सुदिप थापाको समुह रंगपुर साझेदारी वनमा घाँस काट्न गएकोमा […]

सुनको मूल्य प्रतितोला ५०० ले बढ्यो

१४ असोज काठमाडौँ – नेपाली बजारमा बुधबार पहेँलो धातुको मूल्य सामान्य वृद्धि भएको छ । मङ्गलबार प्रतितोला रु ९०० ले वृद्धि भएको सुनको मूल्यमा आज प्रतितोला रु ५०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले बुधबारका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९४ हजार ७०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार […]

वामदेवको योग्यतामाथि उठेको प्रश्‍न सुनुवाइका गठन भयो संवैधानिक इजलास

१४ असोज  काठमाडौं – राष्ट्रिय सभामा मनोनित नेकपा उपाध्यक्ष वामदेव गौतमको योग्यतामाथि उठेको प्रश्नबारे सुनुवाइ गर्न सर्वोच्च अदालतले संवैधानिक इजलास गठन गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतम विरुद्ध संसदको सदस्य बन्न अयोग्य रहेको दावी गर्दै छुट्टाछुट्टै रिट हालेका थिए  । अब गौतम विरुद्धको रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा नेतृत्वको […]

कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने

१४ असोज काठमाडौं – रोजगार अनुमति प्रणाली ९ईपीएस०मार्फत सन् २०२० का लागि दक्षिण कोरिया जान लिइने कोरियाली भाषा परीक्षा सन् २०२१ मा मात्रै हुने भएको छ । नियमित तालिकाअनुसार भाषा र सीप परीक्षा सम्पन्न भएर कोरिया जाने प्रक्रिया हुनुपर्नेमा कोभिड–१९ का कारण पछि सरेको हो । वैदेशिक रोजगार विभागका महानिर्देशक कुमार दाहालले कोरोनाको जोखिम कायमै रहेकाले […]

सीमा विवाद : प्रमाण जुटाउँदै विज्ञ टोली, असोजभित्रै सरकारलाई प्रतिवेदन बुझाउने

१४ असोज  काठमाडौं – नेपाल र भारत सीमा क्षेत्रमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुराको विषयमा प्रमाण जुटाउन विज्ञ टोेली खटिएको छ । सो भूमि नेपालको दाबीलाई प्रमाणित गर्न ऐतिहासिक तथ्य र खोजहरूको अध्ययन गरेर असोजभित्रै प्रतिवेदन बुझाउने गरी नीति अनुसन्धान प्रतिष्ठान विकास समितिका कार्यकारी निर्देशक डा। विष्णुराज उप्रेतीको संयोजकत्वमा बनेको ९ सदस्यीय समिति जुटिरहेको छ । […]

ओली र प्रचण्डका आ-आफ्नै दाउपेच

१४ असोज  काठमाडौं – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल लगातार छलफलमा जुटे पनि मन्त्रिपरिषद् पुनर्गठनको मापदण्ड तय हुन सकेको छैन। उनीहरूबीच मन्त्रिपरिषद् पुनर्गठन, राजनीतिक नियुक्ति तथा पार्टी एकीकरणका बाँकी काम टुंग्याउने विषयमा छलफल हुँदै आएको छ। बिहीबारदेखि मंगलबारसम्म प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको घन्टौंको छलफलमा दुवै पक्षले […]

दसैं नजिकियोः व्यापारीले ठग्न थाले उपभोक्ता

१४ असोज काठमाडौँ – दसैं नजिकिँदै गर्दा व्यापारीले दैनिक उपभोग्य वस्तुमा मनपरी मूल्य लिएर उपभोक्तालाई ठग्न थालेका छन् । व्यापारीले खाद्य वस्तुदेखि हरियो तरकारीमा मनपरी मूल्य लिने गरेको पाइएको छ । व्यापारीले खाने तेलमा १५ देखि २० रुपैयाँ बढी लिने गरेका छन् भने गेडागुडीमा प्रतिकेजी प्रतिकेजी १० देखि १५ रुपैयाँमा बढी रुपैयाँ लिने गरेका छन् । […]

खाली पेटमा कालो चिया, स्वास्थ्यका लागि फाइदा

१४ असाेज  एजेन्सी – कालो चिया पिउँदा स्वास्थ्यको लागि पनि विभिन्न किसिमका फाइदाहरु हुने गर्दछन्। बिहान हर घरमा पाक्ने चिया मध्ये कालो चियाको बारेमा केही फाइदाजनक तथ्य समेत रहेका छन् ।   रोग प्रतिरोधात्मक क्षमतामा बढाउँछ कालो चिया एन्टी अक्सिडेन्टले भरिपूर्ण हुन्छ। जसले शरीरमा रोगसँग लड्ने क्षमतालाई बढाउन चाहान्छन्, उनीहरुले बिहान खाली पेटमा कालो चिया पिउनु […]