Date
बुध, बैशाख २३, २०८३
Wed, May 6, 2026

समाचार

टेकुमा पिसिआर परीक्षण गराउन आउने सर्वसाधारणको भीड, व्यवस्थापन नहुँदा भद्रगोल

१२ असोज  काठमाडौँ – सरकारले कोरोना संक्रमणबाट बच्न अनावश्यक भीडभाड नगर्न र भौतिक दूरी कायम राख्न अपिल गरिरहेको छ। तर सरकारी अस्पतालमा भने पिसिआर परीक्षण गराउन जानेको अत्यासलाग्दो भीड छ। संक्रमणको आशंकामा पिसिआर गराउन टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालमा पुग्नेहरूमा संक्रमण नभएकाहरू पनि संक्रमित बन्ने डर देखिएको छ। अस्पताल प्रशासनले पिसिआर परीक्षण गराउन आउने […]

ला लिगामा बार्सिलोनाको विजयी शुरुवात

काठमाडौँ, १२ असोज । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानको नेतृत्वमा बार्सिलोनाले स्पेनिस ला लिगाको नयाँ सिजनमा विजयी शुरुवात गरेको छ । आइतबार भएको खेलमा बर्सिलोनाले भिल्लेरियाललाई ४–० ले पराजित गर्न सफल रह्यो । खेलमा अन्सु फाती नायक रहे । उनले बार्सिलोनाको शुरुवाती दुई गरे । उनले बार्सिलोनका लागि पेनाल्टी पनि जिते जसलाई कप्तान लियोनेल मेस्सीले गोलमा […]

युभेन्टस रोमासँग बराबरीमा रोकियो

१२ असोज एजेन्सी – युभेन्टस इटालियन सिरी ए फुटबलमा रोमासँग बराबरीमा रोकिएको छ । आइतबार राति रोमाको घरेलु मैदानमा भएको खेलमा युभेन्टस २–२ को बराबरीमा रोकिएको हो । दस खेलाडीमा समेटिएको युभेन्टसले पुनरागमन गर्दै खेल बराबरीमा ल्याएको हो । खेलको ३१ औं मिनेटमा पेनाल्टीमार्फत जोर्डन भेरेटोउटले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । पहिलो हाफ […]

कोरोना संक्रमणबाट विदेशमा थप २१ नेपालीको मृत्यु

१२ असोज काठमाडौँ – विश्वव्यापी महामारी कोभिड–१९ सङ्क्रमणबाट विभिन्न मितिमा थप २१ नेपालीको ज्यान गएको यो साता पुष्टि भएको छ । गैरआवासीय नेपाली संघले तयार पारेको रिपोर्ट अनुसार कुवेतमा ५ जना, साउदी अरबमा १४ जना, युएईमा १ जना, युगान्डामा १ जनाको मृत्यु भएको हो । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिले सङ्कलन गरेको तथ्याङ्कअनुसार शनिबार साँझसम्म […]

भागबन्डा मिलाउनको लागि तीन मन्त्रालय ‘टुक्रयाइँदै’

१२ असोज काठमाडौं – सत्तारूढ दल नेकपामा भागबन्डाका लागि तीन मन्त्रालय टुक्रयाइने भएको छ। तीन मन्त्रालय टुक्रयाएर २४ मन्त्रालय बनाउने गरी दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहालबीच सहमति जुटेको स्रोतले जनाएको छ। संविधानमा २५ भन्दा बढी सदस्यीय मन्त्रिपरिषद् बनाउन नपाउने व्यवस्थाले राज्यमन्त्री नराख्ने गरी मन्त्रालय टुक्रयाएर आन्तरिक भागबन्डा मिलाउने प्रयास दुई अध्यक्षले गरेका […]

मन्त्रिपरिषद् पुनर्गठनमा एकले अर्कोलाई कमजोर पार्ने खेल, भागबण्डा मिलाउनै सकस

१२ असोज  काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक सरकारमा मन्त्रीहरु राख्ने र हिटाउने काम गर्दै आएका छन् । अहिलेसम्म जाने र आउनेहरु सामान्य प्रक्रियाबाट भएका छन् । अर्थात् राख्न पनि ओलीले आफ्नो दमले तर फाल्न पनि आफ्नो दमले नै फाले । कोही भ्रष्टाचारमा फसे । तर अबको मापदण्ड के हुने भन्नेमै किचलो देखिएको […]

माैसम : आज प्रदेश १ का एक दुई स्थानमा भारी वर्षाको सम्भवना

११ असोज काठमाडौँ – आज देशका पूर्वी भागहरुमा हल्का देखी मध्यम वर्षाको हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल भारतको बिहारमा न्युन चापीय क्षेत्र केही कमजोर हुने क्रममा रहेको ले त्यसको प्रभाव पनि कम हुदै गइरहेको हो । हाल प्रदेश-१ मा पूर्णतया बदली छ भने बाँकी प्रदेशमा सामान्य बदली रहेको महाशाखाले जनाएको छ । […]

रौतहटमा आफ्नै घर अगाडि बसीरहेका दम्पती माथि धारिलो हतियार प्रहार, श्रीमतिको मृत्यु श्रीमान गम्भीर घाइते

११ असाेज  रौतहट – रौतहटको धारिलो हतियार प्रहार गरेर एक महिलाको हत्या गरिएको छ । देबाही–गोनाही नगरपालिका–५ टिकुलियामा शुक्रबार बेलुकी घरमै बसिरहेको  अवस्थामा एक समुह आएर आक्रमण गर्दा घाइते भएकी जगरनिया देवीको मृत्यु भएको हो । सोही आक्रमणमा परेर घाइते भएका उनका श्रीमान महेश तिवारी पनि गम्भीर घाइते भएका छन् । उनको वीरगन्ज स्थित एलएस […]

कोरोना भाइरस नेपालः दशैँ-तिहारमा फेरि लकडाउन हुनसक्ने चिन्ता, यसो भन्छन् विज्ञ

१० असाेज काठमाडौँ – नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या २५,००० भन्दा धेरै भए देशको स्वास्थ्य प्रणालीले थेग्न सक्न नसक्ने भएकाले त्यस्तो अवस्थामा विभिन्न ठाउँमा पुनस् लकडाउन गर्नुको विकल्प नहुने निष्कर्षमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पुगेको छ। यसको सङ्केत मन्त्रालयले तीन दिनअघि गरेको नियमित प्रेस ब्रीफिङमा दिइसकेको छ। दशैँ, तिहार तथा छठ मुखमै आएको बेला महामारीका कारण फेरि […]

चिनियाँ पक्षले नेपाली भू-भाग अतिक्रमण गरेको छैन : गृहमन्त्री थापा

१० असोज काठमाडौं – गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल चीन सीमामा कुनै समस्या नहेको जिकिर गर्नु भएको छ । सीमा रक्षका लागि दार्चुलामा निर्माण भएको सशस्त्र प्रहरी गुल्मको उद्घाटन गरेर फर्किने क्रममा सुर्खेत आइपुग्नु भएका मन्त्री थापाले चीनियाँ पक्षबाट नेपालको भूमि अतिक्रमण नभएको बताउनुभएको हो । समाचार माध्यमहरुमा अहिले हुम्ला जिल्लाको नाम्खा गाउँपालिका- ६, लिमीको […]