समाचार
कांग्रेस महामन्त्री शशांक कोइराला कोरोना संक्रमणमुक्त
८ असाेज काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला कोरोना मुक्त भएका छन् । गत भदौ २३ गते कोरोना पोजेटिभ रिपोर्ट आएकोमा गएराति आएको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको हो । कोरोना पोजेटिभ भएसँगै चावहिलस्थित ओम अस्पताल भर्ना भएका थिए । कोइराला केही दिनअघि स्वास्थ्यावस्था सामान्य भएपछि होम आइसोलेसनमा फर्किएका थिए । रिपोर्ट नेगेटिभ आए […]
मन्त्रिपरिषद्को बैठक आज साँझ बस्दै : मन्त्रिपरिषद् पुर्नगठनको चर्चा
८ असोज काठमाडौं – मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दै छ । मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक आह्वान गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा साँझ पाँच बजे मन्त्रिपरिषद् बैठक बोलाइएको एकमन्त्रीले जानकारी दिनुभयो । उहाँका अनुसार नियमित विषयमा छलफल हुने छ । यसैबीच प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा […]
कोरोनाभाइरसबाट विश्वभर तीन करोड २१ लाख संक्रमित
८ असोज काठमाडौँ – विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस ९कोभिड–१९० को संक्रमणबाट मृत्यु हुनेको संख्या ९ लाख ८२ हजार पुगेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोभिड–१९ बाट संक्रमित हुनेको संख्या विश्वभर तीन करोड २१ लाख छ । कूल संक्रमितमध्ये दुई करोड ३६ लाख निको भएका छन् भने करिब ७५ लाख मानिस सक्रिय संक्रमित छन् […]
कर्णालीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार नाघ्यो
८ असोज काठमाडौँ – कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार नाघेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कर्णालीमा हालसम्म सङ्क्रमितको सङ्ख्या तीन हजार २७६ पुगेको छ । त्यसैगरी अहिलेसम्म कोरोना निको भई डिस्चार्ज हुनेको सङ्ख्या दुई हजार ७३१ रहेको छ । पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा कर्णालीमा थप ४८ जनामा कोरोना पुष्टि भएको छ […]
सुन प्रतितोला एक हजार २०० ले घट्यो
८ असोज काठमाडौँ -पछिल्ला केही दिनयता नेपाली बजारमा पहेँलो धातुको मूल्यमा लगातार गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबारदेखि सुनको भाउ निरन्तर ओरालो लागेको छ । बुधबार एक हजार २०० र आज प्रतितोला एक हजार २०० ले घटेको छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार १०० र तेजाबी […]
२५ लाखको चिट्ठा परेको छ भन्दै इमोबाट ठगि गर्ने २ जना पक्राउ
८ असोज चितवन – सामाजिक सञ्जाल इमो मार्फत ठगी गर्ने २ जना व्यक्ति मोरङबाट पक्राउ परेका छन् । इमोमा २५ लाखको चिट्ठा परेको भन्दै चितवन स्थित कालिका नगरपालिका ४ की ४४ बर्षीया महिलालाई ठगि गरेको सूचनाका आधारमा प्रहरीले २ जनालाई पक्राउ गरेको हो । मोरङ विराटनगर महानगरपालिका वडा नं ११ वस्ने २७ बर्षीय साहिल हुसेन […]
ठेकेदारप्रति कठोर बन्दै सरकार
८ असोज काठमाडौँ – सडक बनाउने ठेक्का लिएर विभिन्न बहानाबाजी गरी लामो समयसम्म काम नगर्ने ठेकेदार र निर्माण व्यवसायीप्रति सरकार कठोर बन्ने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभागले सडक निर्माण ठेक्का अलपत्र पार्ने मुलुकभरका ठेकेदारमाथि कारबाही प्रक्रिया थालेको छ । यसबाट सरकार सम्झौताअनुसार काम नगर्ने निर्माण व्यवसायीप्रति कठोर बन्ने संकेत मिलेको छ । विभागका […]
आज देशका धेरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित भारी बर्षाको सम्भावन
८ असोज काठमाडौँ – अझै शनिबारसम्म वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ मौसम पूर्वानुमान महाशाखाकी मौसमविद प्रतिभा मानन्धरले जानकारी दिनुभयो । प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५ र कर्णाली प्रदेशका […]
केरुङ-काठमाडौँ रेलमार्गको डीपीआर तयार गर्न चिनियाँ पक्षद्वारा नेपाललाई ताकेता
८ असोज काठमाडौँ – चीन सरकारले सिगात्सेबाट नेपालको सीमा नजिकैको केरुङ सम्मको रेलमार्ग अध्ययन सम्पन्न गरेको छ । केरुङ–सिगात्से रेलमार्ग भएर नै चीनबाट नेपालमा रेल आउनेछ । केरुङमा रेल आएपछि काठमाडौँ ल्याउन सहज हुनेछ । कोरोना महामारीका बीच पनि केरुङ–काठमाडौँ रेलमार्गको बृहत् परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्न चिनियाँ पक्षले नेपाललाई ताकेता गरिरहेको छ । उक्त […]
कांग्रेस महाधिवेशनः गुटमा नै फुट, पार्टी नेतृत्वका लागि १० आकांक्षी
८ असोज काठमाडौं – नेपाली कांग्रेसभित्र आगामी १४औं महाधिवेशनमा पार्टी नेतृत्वका लागि १० जना आकांक्षी देखिएका छन् । कांग्रेसभित्र हाल कायम रहेको सभापति शेरबहादुर देउवा गुटबाट तीन, वरिष्ठ नेता रामचन्द्र पौडेल गुटबाट ६ र १३औं महाधिवेशनबाट वैचारिक शक्तिका रूपमा उदाएको कृष्णप्रसाद सिटौला समूहबाट दुई नेताले पार्टी नेतृत्वका लागि आकांक्षा देखाएका हुन् । आकांक्षी बढेसँगै कांग्रेसभित्र […]



