समाचार
मनाङमा हिमपातले जनजीवन प्रभावित, पर्यटकलाई सुरक्षित बस्न प्रशासनको आग्रह
काठमाडौं – मनाङमा वर्षासँगै हिमपात भएको छ । मनाङको ङिस्याङ गाउँपालिका र नार्पाभूमि गाउँपालिकाको पूरै बस्ती ढाकिने गरी हिमपात भएको हो । हिमपातपछि स्थानीय घर बाहिर निस्किन सकिरहेका छैनन् । हिउँ परेसंगै चिसो बढेको छ । हिउँसँगै झरी पनि नथामिदा घरपालुवा जनावरको समेत बिजोग भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप० इलाका संरक्षण कार्यालय […]
बडादसैँको टीका लगाउने क्रम आज पनि जारी
काठमाडौँ – आज आश्विन शुक्ल पक्षको द्वादशी, बडादसैँको टीका लगाउने क्रम आज पनि जारी छ। नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीदेखि पूर्णिमाका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ। आश्विन शुक्ल पूर्णिमाका दिन जमरा विसर्जन गर्ने चलन छ। यातायातका साधन कम चलेका कारण सर्वसाधारण मारमा परेका छन्। निरन्तरको वर्षाका कारण पनि टीका लगाउन आफन्तकोमा […]
पहिलो एकदिवसीय क्रिकेटमा भारत दक्षिण अफ्रिकासँग ९ रनले पराजित
काठमाडौँ – घरेलु टोली भारतले पहिलो एकदिवसीय क्रिकेटमा दक्षिण अफ्रिकासँग हार व्यहोरेको छ । लखनउमा भएको खेल वर्षाको कारण ४० ओभरमा झारिएको थियो । पहिलो खेलमा भारतलाई दक्षिण अफ्रिकाले ९ रनले हरायो । जितसँगै तीन खेलको श्रृंखलामा दक्षिण अफ्रिकाले १–० को अग्रता बनाएको छ । दक्षिण अफ्रिकाले दिएको २ सय ५० रनको लक्ष्य पछ्याएको भारतले […]
नारायणगढ–मुग्लिन सडकमा गाडी सहज रुपमा चल्दै : अरु चार वटा सडक बन्द
काठमाडौँ – नारायणगढ–मुग्लिन सडक खण्डमा अहिले गाडी समान्य रुपमा चलेका छन् । मालबाहक गाडीबाहेक अरु सार्वजनिक तथा निजी गाडी चलिरहेका ट्राफिक प्रहरीले जनाएको छ । दशैँको यात्रा सहज बनाउन मालबाहक गाडी चलाउन रोकिएको छ । हिजो भरतपुर महानगरपालिका–२९ सत्र किलोमा लेदोसहितको पहिरो खसेकोको थियो । तर, पहिरो हटाएपछि गाडी चलेका छन् । अहिले पनि चितवनमा […]
पहिरोका कारण नागढुंगा नौबिसे र मुग्लिन
काठमाडौँ – पहिरोका कारण नागढुंगा नौबिसे र मुग्लिन नारायणगढ सडकखण्ड ठप्प भएको छ । बिहान ८ बजे पछि नागढुंगा नौबिसे सडकखण्ड अन्तरगतको सुरुङमार्गमा पहिरो खस्दा दुईतर्फी नै सडक ठप्प भएको प्रहरीले जनाएको छ । यस्तै, मुग्लिन नारायणगढ सडकखण्ड अन्तरगत चितवनको १८ किलोमा पहिरो खसेको छ । यसले यो सडकखण्ड पनि दुईतर्फी नै ठप्प भएको छ […]
जीपको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते
भरतपुर – चितवनमा जीपको ठक्करबाट श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छिन् । भरतपुर महानगरपालिका–२९ सेतीदोभानमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको बा १५च ७४७९ नम्बरको जीपले मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०३६ प ११७४ नम्बरको मोटरसाइकललाई आज ठक्कर दिँदा मोटरसाइकलमा सवार पर्वतको महाशिला गाँउपालिका–५ का ४८ वर्षीय मित्रलाल पङगेनीको मृत्यु भएको हो । […]
आज पनि देशैभर पानी पर्ने, चितवन, नवलपरासी, कपिलबस्तु, रूपन्देहीलगायतका जिल्लामा ठूलो वर्षा
काठमाडौँ – चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची र दाङमा ठूलो वर्षा भएको छ । यस्तै, गण्डकी र लुम्बिनी प्रदेशमा पनि पानी परिरहेको मौसमविद्ले बताएका छन् । वर्षा भइरहेका ठाउँका खोला नाला तथा नदीमा बाढीको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । खोला तरेर दशैँको टीका लगाउन ओहोरदोहोर […]
लाइपजिगको सहज जित
काठमाडौं – यूईएफए च्याम्पियन्स लिग फुटबलमा आरबी लाइपजिगले सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा लाइपजिगले सेल्टिकलाई ३-१ गोल अन्तरले हराएको हो ।लाइपजिगको जितमा आन्द्रे सिल्भाले दुई गोल गरे । क्रिस्टोफर एनकुन्कुले एक गोल गरे । सेल्टिक जोताले एक गोल फर्काए । लाइपजिगको यो पहिलो जित हो । समूह एफको लाइपजिगले ३ खेलमा […]
टीकाको दोस्रो दिन आज : मान्यजन र आफन्तबाट टीका र आर्शिवाद थाप्ने क्रम जारी
काठमाडौं – टीकाको दोस्रो दिन आज बिहीबार पनि टीका लगाउने क्रम जारी छ । बुधबार टिका लगाउन नपाएकाहरुले बिहीबार पनि मान्यजन र आफन्तको हातबाट टिका लगाउने प्रचलन छ । बिहीबार बिहानैदेखि काठमाडौंलगायत विभिन्न स्थानमा टीका थाप्न जानेको घुइँचो रहेको छ । बुधबार बिहान साइतमा टीका लगाएपनि टाढा रहेका आफन्तकहाँ टीका लगाउने जाने क्रम कोजाग्रत पूर्णिमासम्म […]
सन्दीप लामिछाने आज बिहान १० बजे नेपाल आइपुग्ने
काठमाडौं – किशोरीलाई बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने नेपाल आइपुग्दैछन्। सामाजिक सञ्जालमार्फत उनले बिहीबार बिहान १० बजे विमानस्थल आइपुग्ने जनाएका हुन्। ‘प्रहरी अधिकारीसमक्ष आत्मसमर्पण गर्ने प्रतिबद्धताबमोजिम म बिहान १० बजे कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल उत्रिँदैछु’, उनले लेखेका छन्, ‘मैले यसबारे प्रहरी अधिकारीलाई जानकारी गराइसकेको छु। सन्दीप सीपीएलको सिलसिलामा वेष्ट इन्डिज गएका थिए। […]



