Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

समाचार

झिँगा मानाको साढे दुई रुपियाँ !

काठमाडौँ – आतङ्क लामखुट्टेले मात्र होइन, झिँगाले पनि सिर्जना गर्छ । यतिबेला लामखुट्टेबाट आतङ्कित बनेका नेपाली छ दशकअघि झिँगाबाट आतङ्कित बनेका थिए । घटना २०१५ साल साउन महिनाको हो । उपत्यकावासी हैजाको प्रकोपबाट आतङ्कित बनेका थिए । तत्कालीन काठमाडौँ नगरपालिकाले हैजा फैलिनुका कारण झिँगालाई ठह९याएको थियो । तत्कालीन स्वास्थ्यमन्त्री रणधीर सुब्बाको सभापतित्वमा २०१५ साल साउन […]

आर्सनललाई पछि पार्दै म्यानचेस्टर सिटी प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

काठमाडौँ – म्यानचेस्टर सिटी इङ्ग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा पुगेको छ । गएराति भएको खेलमा साउथह्याम्प्टनलाई ४–० गोलले हराउँदै सिटी आर्सनललाई पछि पारेर शीर्ष स्थानमा पुगेको हो । सिटीलाई जिताउन क्यानसेलो, फोडेन, महरेज र हालाण्डले गोल गरे । जितसँगै सिटीको २३ अङ्क भएको छ । दोस्रो स्थानको आर्सनलको २१ अङ्क छ । गएराति नै […]

मौषम : आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल नेपालमा बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पुर्ण बदली रहि बाँकी प्रदेशहरूमा आंशिक देखि सामान्य बदली रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो लुम्बिनी, […]

आज कोजाग्रत पूर्णिमा, दसैँको समापन गरिँदै

काठमाडौँ – नेपालीले भव्य रूपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादसैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रात्रिमा जाग्राम बसेपछि आजदेखि समापन हुँदैछ। आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ। शास्त्रअनुसार गर्नुपर्ने सबै बलिपूर्ति अर्थात् अखिल बलिपूर्तिको […]

आम निर्वाचनका लागि उम्मेदवारी दर्ता आज

काठमाडौँ – आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि आज प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता हुँदैछ । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आज बिहान १० बजेदेखि साँझ ५ बजेसम्ममा उम्मेदवारी मनोनयन गराउन दलहरूलाई आग्रह गरेका छन् । आयोगले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन […]

‘इन्फेक्टेड’ ब्लड चढाउँदा सुत्केरी महिलाको मृत्यु

काठमाडौं – डाक्टरको लापरबाहीका कारण एक सुत्केरी महिलाको मृत्यु भएको छ। ललितपुरको पाटन अस्पतालमा सामान्य अवस्थामा बच्चा जन्माएकी कालीकोट जिल्ला रास्कोट नगरपालिका वडा नम्बर ४ की सरिता शाहीको शुक्रबार राति मृत्यु भएको हो। नियमित डाक्टरको निगरानीमा रहेकी सरिता असोज १५ गते असहज महशुस भएपछि पाटन अस्पताल भर्ना भएकी थिइन्। अस्पताल भर्ना भएको दुई दिनपछि उनले […]

चन्द्रागिरिमा पहिरोले ध्यानकेन्द्र पुरिदा ३ जनाको निधन

काठमाडौँ – काठमाडौँको चन्द्रागिरिमा पहिरोले पुरिएर तीन जनाको निधन भएको छ । नगरपालिकाको वडा नम्बर–२ देउराली नजिक मसिने जाने बाटोमा रहेको रेक्की ध्यान केन्द्रमा माथिबाट आएको पहिरोले पुर्दा ३ जनाको निधन भएको चन्द्रागिरि २ का वडा अध्यक्ष भाइकृष्ण तामाङले जानकारी दिए । अविरल वर्षापछि मध्यरातमा आएको पहिरोले ध्यानकेन्द्र पुरिएको र बिहान सम्म खोजी कार्य भइरहेको […]

यू-१७ एसियन कप छनोट : नेपाल र भियतनाम भिड्दै

काठमाडौँ – एएफसी यू-१७ एसियन कप छनोटको दोस्रो खेलमा आज नेपालले आयोजक भियतनामसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र भियतनामबीचको खेल साँझ ५ः४५ बजे सुरु हुनेछ । फु थोस्थित भियत त्रि स्टेडियममा नेपाल पहिलो जितको खोजीमा हुनेछ । बुधबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको थियो । भियतनाम भने लगातार […]

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल नेपालमा मध्य-पश्चिम बङ्गालको खाडी र आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ। सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रहेको छ । सुदूर पश्चिम प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशहरूका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा […]

वालिङका पाँच घर पहिरोको जोखिममा

वालिङ – अबिरल वर्षासँगै पहिरो खस्दा यहाँका पाँच घर जोखिममा परेका छन् । स्याङ्जाको वालिङ–१३ ठूलाखेतका पाँच घर पहिरोको जोखिममा परेपछि त्यहाँका मानिसलाई छिमेकीका घरमा सारिएको छ । स्थानीय धनबहादुर डाला, पृथलाल गुरुङ, तनबहादुर सारु, ईन्द्रबहादुर सार्की र रामबहादुर सार्कीका पक्की घर पहिरोको जोखिममा परेको वडा अध्यक्ष नमलाल डुम्रेले जानकारी दिनुभयो । आज दिउसो ३ […]