Date
शनि, बैशाख ५, २०८३
Sat, April 18, 2026

समाचार

भक्तपुरमा तयार हुँदैछ तिहारको पाला

भक्तपुर – नेपालीको दोस्रो ठूलो पर्व तिहार नजिक आउँदैछ । बजारमा तिहारका लागि आवश्यक पालाको माग बढेसँगै भक्तपुरका कुमाले समुदायलाई यतिखेर पाला बनाउने, सुकाउने, पोलेर पूरा तयार गरी बजार पठाउन भ्याइनभ्याइ भएको छ । ‘तिहार आउन अझै दुई हप्ता बाँकी छ । मागअनुसारको पाला एक हप्ताभित्र पठाउनुपर्छ’, भक्तपुर तालाक्वका गङ्गालक्ष्मी प्रजापतिले भन्नुभयो । तिहार नजिकिएसँगै […]

च्याम्पियन्स लिग फुटबलमा चेल्सीले एसी मिलानलाई हरायो : यूभेन्ट्स हाइफासँग पराजित

काठमाडौँ – यूईएफए च्याम्पियन्स लिग फुटबलमा चेल्सीले एसी मिलानलाई हराएको छ । गएराति भएको खेलमा चेल्सीले १० खेलाडीमा समेटिएको मिलानलाई २–० गोलले हरायो । समूह ‘ई’मा ४ खेलमा ७ अंक जोडेको चेल्सी शीर्षस्थानमा छ । अर्को खेलमा इटालियन क्लब युभेन्ट्स पराजित भएको छ । समूह ‘एच’ मा रहेको युभेन्ट्सलाई मक्काबी हाइफाले २–० गोलले हराएको हो […]

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १३१ रुपैयाँ ४१ पैसा र बिक्री दर १३२ रुपैयाँ ०१ पैसा रहेको छ। युरो एकको खरिद […]

दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने, उम्मेदवारलाई चुनाव चिह्न आजै

काठमाडौँ – आगामी संसदीय निर्वाचनका लागि प्रत्यक्षतर्फ मनोनयन दर्ता गराएका उमेदवारका लागि मनोनयन फिर्ता लिन आज दिउँसो १ बजेसम्मको समय दिएको छ । निर्वाचन आयोगका अनुसार प्रतिनिधिसभा तथा प्रदेशसभाको प्रत्यक्षतर्फ उम्मेदवारी दिएका व्यक्तिले आज १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन पाउनेछन् । आयोगले आजै दिउँसो ३ बजेभित्र उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक तयारी […]

आज यी चार प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ – हाल नेपालमा हरियाणा आसपास रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले प्रदेश १ का केही स्थानहरूमा, मधेश प्रदेशका थोरै स्थानहरुमा र बागमती प्रदेशका एक(दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा र बाँकी प्रदेशका थोरै […]

रक्सोल नाकाबाट कार्गो बन्द गर्न दबाब

वीरगन्ज । भारत तथा तेश्रो मुलुकबाट रक्सोल नाका हुँदै आएको कार्गो आगात निर्यात पूर्ण रुपमा बन्द गरेर एकीकृत भन्सार जाँचचौकी (आईसीपी) बाट मात्रै गर्न भारतीय पक्षले दबाब दिएको छ । भारत सरकारको पटनास्थित प्रिन्सिपल कमिहनरको कार्यालयले सूचना जारी गर्दै रक्सोलबाट बौद्धीमाई मन्दिर हुँदै एकीकृत भन्सार जाँचचौकी (आइसीपी) सम्म आउने बाटो पूर्णरुपमा सञ्चालनमा आइसकेकाले अब रक्सोलबाट […]

९ जिल्लाका १०० किशोरीलाई विभिन्न संघसंस्थाको पद हस्तान्तरण’ गरिने

काठमाडौं – अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा विश्वभर ‘गर्ल्स टेक ओभर’ कार्यक्रम हुने भएको छ । नेपालमा भने देशभरका ९ जिल्लामा सय जना किशोरीहरुले विभिन्न कार्यलय तथा संस्थाहरुको नेतृत्व केही घन्टाका लागि लिनेछन् । प्लान इन्टरनेसनलले बालिका दिवसको अवसरमा विश्वभर ‘गल्र्स टेक ओभर’ (बालिका तथा किशोरीलाई पद हस्तान्तरण) हुने जनाएको छ । नेपालमा पनि बालिका तथा […]

मङ्सिर ४ चुनाव : देशभर झन्डै ५ हजार जनाको उम्मेदवारी दर्ता

काठमाडौँ – मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावका लागि प्रत्यक्षतर्फ देशभर उत्साहजनकरूपमा उम्मेदवारको मनोनयनपत्र दर्ता भएको छ । प्रत्यक्षतर्फ देशभरिका एक सय ६५ प्रतिनिधि सभा र तीन सय ३० प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयनपत्र दर्ता शान्तिपूर्ण र उत्साहजनकरूपमा भएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । निर्वाचन […]

रामेछापको खाँडादेवीमा बस दुर्घटना

काठमाडौँ – रामेछापको खाँडादेवी गाउँपालिका–३ स्थित सित्खा बजार भन्दा माथि बस दुर्घटना भएको छ । रामेछापबाट काठमाडौं जाँदै गरेको बस दुर्घटनामा परेको हो । दुर्घटनामा परेर ७ जना यात्रु घाइते भएका रामेछापका डिएसपी राजकुमार थिङले बताए ।

ग्रीसमा ५ दशमलब ७ म्याग्‍निच्यूडको भूकम्प

काठमाडौँ – ग्रीसको तेस्रो ठूलो सहर प्याट्रास नजिकै ५ दशमलब ७ म्याग्‍निच्यूडको भूकम्प गएको युरोपेली भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले जनाएको छ । भूकम्प पृथ्वीको सतहबाट २ किलोमिटर गहिराइमा रहेको थियो । भूकम्पले पुर्याएको अन्य क्षतिबारे सार्वजनिक हुन बाँकी नै छ ।