आर्थिक
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ – नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। जस अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । आज डलरको खरिद दर १२७ रुपैयाँ ६७ पैसा र बिक्री दर १२८ रुपैयाँ २७ पैसा रहेको छ। युरो एकको खरिद […]
ब्याजदर वृद्धिले अर्थतन्त्रमा संकट आउने
काठमाडौँ – विगतमा ब्याजदर बढ्दैमा निक्षेप नबढेको उदाहरण स्मरण गर्दै निजी क्षेत्रले यसैपनि अत्यन्त असहज अवस्थाबाट गुज्रिरहेको उद्योग-व्यवसाय क्षेत्रमा ऋणको व्याजभार थपिन जाँदा अर्थतन्त्रमा संकट आउन सक्ने आकलन गरेको छ। अर्थतन्त्रमा नकारात्मक असरमात्र पर्ने व्याजदर वृद्धिको निर्णय तत्काल स्थगन गर्न नेपाल उद्योग वाणिज्य महासंघले सरोकारवाला समक्ष माग पनि गरेको छ। बैंक तथा वित्तीय संस्थाहरुद्वारा १ […]
रोकिएन महँगीको पारो
काठमाडौँ – चालू आर्थिक वर्षको पहिलो महिना साउनमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.२६ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवको साउन महिनामा ४.३५ प्रतिशत मुदास्फीति रहेकोमा यसपटक करिव ९ प्रतिशत पुगेको हो। नेपालीहरुका ठूला चाडवाड आइरहेको अवस्थामा उपभोक्तामाथि अझ मूल्यवृद्धिको चाप पर्ने अनुमान छ। […]
लगातार पाँचौँ दिन पनि शेयर बजार राताम्मे
काठमाडौँ – शेयर बजार लगातार आज (आइतवार) पाँचौँ दिन पनि घटेर राताम्मे भएको छ । शेयर बजार परिसूचक नेप्से ११ दशमलव ४७ अङ्कले घटेर एक हजार नौ सय २६ दशमलव २८ विन्दुमा झरेको छ । अन्यबाहेक सबै समूहको शेयर घटेकोमा विकास बैंक, जलविद्युत् र फाइनान्स समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । नेप्से दिनदिनै […]
विदेशीले नेपालबाट लैजान्छन् आठ अर्ब
काठमाडौँ – नेपालीले विदेशमा काम गरेर पठाएको विप्रेषणबाट अर्थतन्त्रलाई ठुलो भरथेग त भइरहेकै छ तर नेपाल विप्रेषण ल्याउने मुलुक मात्र भने होइन । नेपालमै कमाएर विदेशीले बर्सेनि अर्बौँ रुपियाँ पनि लगिरहेका छन् । विदेशी नागरिकले नेपालमा आम्दानी गरेर आर्थिक वर्ष २०७८/७९ मा मात्रै करिब आठ अर्ब रुपियाँ लगेको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ । राष्ट्र […]
चीनले सीमा नाका नखोल्दा दसैं महँगो हुने
काठमाडौं – चीनबाट दसैंलगायत चाडपर्वका लागि आएका लत्ताकपडा तथा फलफूल कोरोना जोखिमको कारण देखाउँदै चिनियाँ पक्षले एकतर्फी नाकाबन्द गर्दा व्यापारी समस्यामा परेका छन् । यसबाट उपभोक्तालाई दसैं महँगो हुने व्यापारीको भनाइ छ । करिब एक महिनादेखि चिनियाँ पक्षले बिना सूचना नेपालतर्फको सिमाना सिल गर्दा सयौं कन्टेनर चीनतर्फ अलपत्र भएको व्यापारीको भनाइ छ । यसकै कारण […]
सुपर लघुवित्त वित्तीय संस्था समस्याग्रस्त घोषणा
काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले दाङको तुलसीपुरमा केन्द्रीय कार्यालय रहेको सुपर लघुवित्त वित्तीय संस्थालाई समस्याग्रस्त घोषणा गरेको छ । नेपाल राष्ट्र बैङ्कको लघुवित्त संस्था सुपरिवेक्षण विभागले स्थलगत निरीक्षण र त्यसपछि गरिएका विशेष निरीक्षणका आधारमा समस्याग्रस्त घोषणा गरिएको बुधबार जनाएको हो । विभागका अनुसार सो लघुवित्त संस्थाको सञ्चालक समितिका अध्यक्ष र सदस्यहरूले प्रत्यक्ष संलग्न भई संस्थाको […]
विवादित करका दर संशोधन
काठमाडौँ – चालू आर्थिक वर्ष (आव) २०७९/८० को बजेटमार्फत हेरफेर गरिएका विवादित करका दर संशोधन गरिएको छ । बुधवार सम्पन्न मन्त्रिपरिषद् बैठकले अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा विवादित करका दर संशोधन गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद्ले सेनेटरी प्याड, जीआई वायर र खानेतेलको भन्सार दर संशोधन गरेको हो । चालू आवको बजेटमार्फत करका दरमा गरिएको हेरफेरको […]
झापाको दमकमा एनसीसीको साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडको आयोजना तथा सन इन्फोटेक लिमिटेडकको संयोजकत्वमा १७ गते शुक्रबार झापाको दमकमा रहेको ढुकुरपानी माध्यमिक विद्यालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हिमालय प्रसाद दाहालको कार्यक्रमको सभापतित्वमा संचालन गरिएको उक्त कार्यक्रममा बैंकका नायव महाप्रबन्धक मुकुन्द सुवेदीले स्वागत मन्तव्य व्यक्त गरेका थिए। यसैगरी उनले […]
निगमले डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँले बढायो
काठमाडौँ – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य बढाएको छ । इण्डियन आयल कर्पोरेशनले इन्धनको मूल्य घटाएर पठाउँदा मूल्य समायोजन गर्न अटेरी गरिरहेको निगमले मूल्य बढ्नासाथ भने नयाँ मूल्य सूची सार्वजनिक गरेको हो । नयाँ मूल्य अनुसार डिजेल र मट्टितेलको मूल्य लिटरमा ६ रुपैयाँले बढेर लिटरको १७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र […]



