पत्रपत्रिका
किन ढिलाइ हुँदैछ प्रतिनिधिसभा विघटनको मुद्दामा ?
२ माघ काठमाडौँ – सरकारी पक्षले शुक्रबार दिनभरमा बहस सकेर सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको मुद्दा सुनुवाइ हुने इजलासको टुंगो लगाए झण्डै एक महिनापछि बल्ल अदालत मूल विषयमा प्रवेश गर्नेछ । करिब १३ वटा निवेदन , पक्ष–विपक्षमा सय हाराहारीका कानुन व्यवसायीको वकालतनामा परेकाले विघटनको मुद्दाको सुनुवाइ केही साता लम्बिन्छ । सर्वोच्च अदालतले दैनिकरुपमा नभइ साताको एक […]
निर्वाचनको वातावरण बनाउन लागिपरे ओली, आन्दोलनको तयारीमा प्रचण्ड-नेपाल पक्ष
२ माघ काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी ओली समूहका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा विघटन गरेर निर्वाचनको वातावरण बनाउन लागिपरेका छन्। बिहीबार स्थायी कमिटी बैठक राखेर ओलीले मुलुकभर निर्वाचनको वातावरण बनाउनुपर्ने धारणा राखे। नेकपा दाहाल–नेपाल समूह भने देशभर आन्दोलनको उभार ल्याउने रणनीति बनाउन तल्लीन छ। बिहीबार नै सोही समूहको स्थायी कमिटी बैठकमा विगतमा […]
संसद् पुनःस्थापना भए प्रधानमन्त्री बन्न देउवालाई प्रचण्ड–माधवको अफर
१ माघ काठमाडौँ – नेकपाको प्रचण्ड–माधव नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल र माधवकुमार नेपालले प्रतिनिधिसभा पुनःस्थापित हुँदा र नहुँदा आइपर्ने जुनसुकै परिस्थितिका लागि पनि सहकार्य गर्न काँग्रेस सभापति शेरबहादुर देउवासँग प्रस्ताव गरेका छन् । प्रचण्ड–माधवले प्रतिनिधिसभा पुनःस्थापनाका लागि संयुक्त संघर्ष गर्ने र पुनः स्थापित भएको अवस्थामा देउवा नै प्रधानमन्त्री बन्न सक्नेसम्मको अफर गरेका छन् । […]
ट्रायलमा ६० नम्बर आए लाइसेन्स !
२९ पुष काठमाडौँ – सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिँदा सबैभन्दा बढी परीक्षार्थी ट्रायल (प्रयोगात्मक परीक्षा) मा फेल हुन्छन् । लिखितमा पास भए पनि ट्रायलमा फेल हुने धेरै हुन्छन् । जसले गर्दा बिचौलियालाई मागे जति पैसा दिएर लाइसेन्स बनाउने बढेको पाइन्छ । यस्तै विकृति रोक्न भनेर सरकारले सवारी चालक अनुमतिपत्र लिन मापदण्ड परिवर्तन गर्ने तयारी गरेको […]
निर्वाचन नै प्रभावित हुने खतरा : आयोगमा नेकपा कि फुटेर आउनुपर्यो कि मिलेर !
२९ पुष काठमाडौँ – मध्यावधि निर्वाचनको घोषणाले वैधता पाउने–नपाउने कुराको छिनोफानो न्यायालयले गर्दै रहे पनि प्रस्तावित चुनावको अर्को प्रमुख चुनौती नेताभित्रके विवाद बन्न पुगेको छ । नेकपा बाहिर फुटिसकेको छ तर कानुनी रुपमा एक छ । आयोगमा एउटै नेकपा छ तर आयोगलाई एउटै पार्टीको लेटरहेडबाट अलग–अलग पत्राचार भइरहेका छन् । ‘उहाँहरु फुटिसक्नुभएको छ तर दुवै […]
डाक्टर बन्नेहरु परीक्षा रोकाउन खोज्दै
२८ पुष काठमाडौँ – मेडिकल शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूले परीक्षा रोक्न माग गरेका छन् । एमबीबीएस दोस्रो वर्षका विद्यार्थीहरूले परीक्षा स्थगनको माग गर्दै चिकित्सा शिक्षा अध्ययन संस्थानका डिनलाई पत्र लेखेका हुन् । विद्यार्थीहरूले कोरोना महामारीका कारण परीक्षाको वातावरण नभएको भन्दै विज्ञप्तिमार्फत् जानकारी गराएका हुन् । विद्यार्थीहरूले आगामी चैत्र १० गतेदेखि सञ्चालन हुने भनिएको परीक्षा कोरोना […]
आज शीतल निवास, भोलि बहादुर भवन
२८ पुष काठमाडौँ – निर्वाचन आयोगले आफ्नो वार्षिक प्रतिवेदन आज दिउँसो १ बजे शीतल निवासमा राष्ट्रपति विद्या भण्डारीसमक्ष पेश गर्दैछ । आयोगको भोलि बोलाइएको बोर्ड बैठकमा भने नेकपा (बहुमत) का अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हिजो आयोगमै पुगेर चुनावी प्रक्रिया स्थगित गर्नको लागि गराएको जानकारीलगायतका विषयमा छलफल हुने बुझिएको छ । सोमबार अध्यक्षद्वयलाई […]
आयोगलाई प्रचण्ड–माधव पक्षको प्रश्न : पार्टीले हटाएको ओलीलाई किन ‘अध्यक्ष’ भनेको ?
२८ पुष काठमडौँ – पुष्पकमल दाहाल ‘प्रचण्ड’–माधव नेपाल पक्षले पार्टीमा बहुमत पक्षले गरेको निर्णय कार्यान्वयन गर्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । प्रस्टरुपमा बहुमत समदस्यहरुको साथ रहेकाले पार्टी विभाजनको प्रक्रियामा जाने गरी दाबी गर्न आफूहरु आयोगमा नआउने जानकारीसमेत गराएको स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले बताए । ‘अरु कसैले नेकपा पार्टीको नाममा केही मानिस बसेर गर्ने […]
यसकारण पुषमा नै गर्मी !
२८ पुष काठमाडौँ – नेपालमा यस वर्ष हिउँदमा तातो महसुस हुनुमा दक्षिणी वायुको प्रभाव बलियो रहनु नै मुख्य कारक मानिएको छ । जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक तथा वरिष्ठ मौसम वैज्ञानिक डा। मदनलाल श्रेष्ठले मौसमी प्रवृत्तिअनुसार यतिबेला पश्चिमी वायुको प्रभाव नेपालमा बढ्नुपर्ने हो तर त्यसको विपरीत दक्षिणी वायु नै नेपालको पश्चिमी बाटो हुँदै भित्रिइरहेको […]
भारतमा बिजुली बेच्न प्राधिकरणले हाल्यो टेन्डर
२७ पुष काठमाडौं – विद्युत् आपूर्ति गराउने सम्बन्धमा भारतको बीआरपीएल नामक कम्पनीले भारतकै एनभीभीएनमार्फत आह्वान गरेको टेन्डरमा नेपाल विद्युत् प्राधिकरण पनि सहभागी भएको छ । विद्युत् नियमन आयोगले गत सोमवार उक्त टेन्डरमा सहभागी हुन प्राधिकरणलाई स्वीकृति दिएको थियो । त्यसलगत्तै प्राधिकरणले उक्त टेन्डरमा प्रस्ताव पेश गरेको हो । प्राधिकरणले जुनदेखि सेप्टेम्बरसम्म (४ महीना) २५ मेगावाटसम्म […]



