Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

पत्रपत्रिका

जेठ २ मा फर्कन सर्वोच्चबाट रिट फिर्ता लिनुपर्ने ओलीको सर्त

२० जेठ, काठमाडौँ – नेकपा एमालेका दोस्रो तहका नेताबीच जारी छलफलमा अध्यक्ष केपी शर्मा ओली नेपाल समूहको मागबमोजिम २०७५ जेठ २ कै कमिटी ब्युँताउन सकारात्मक भएका छन्  । तर, ओलीले जेठ २ अघिको अवस्थामा फर्कनका लागि सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध दायर रिट निवेदनमा नेपाल समूहका २३ सांसदले गरेको हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेको नेपाल समूहका […]

कक्षा १२ सम्म पाठ्यपुस्तक निःशुल्क

२० जेठ, काठमाडौँ – सरकारले कक्षा १२ सम्म अध्ययन गर्ने छात्रछात्रालाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेपछि जनक शिक्षा सामग्री केन्द्रले तयारी सुरु गरेको छ । पर्याप्त जनशक्ति र छपाइ मेसिन उपलब्ध रहेकाले सरकारी प्रतिबद्धता कार्यान्वयनमा ल्याउने कुनै समस्या नहुने केन्द्रले स्पष्ट गरेको छ । जेठ १५ गते सार्वजनिक गरिएको आर्थिक वर्ष ०७८/७९ को बजेटमा […]

अब वर्कसप पनि खोल्न पाइने

२० जेठ, काठमाडौँ – निषेधाज्ञामा किराना तथा खाद्य पसलसहित डिपार्टमेन्टल स्टोर सञ्चालनमा लगाइएको रोक केही खुकुलो पार्दै अब सवारी साधन मर्मत गर्ने वर्कसपसमेत खोल्न पाइने भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बुधबार बसेको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । तीनै प्रमुख जिल्ला अधिकारी बैठकले ३१ वैशाखसम्म निषेधाज्ञा थप गरी खाद्यान्न […]

डेढ अर्बभन्दा बढीको धानको बीउ आयात

२० जेठ, काठमाडौँ – नेपालमा यस वर्षका रोपाइका लागि १ अर्ब ६१ करोड रुपैयाँभन्दा बढीको धानको बीउ आयात भएको छ । बीउ आयातकर्ता कम्पनीहरूले भारत र चीनबाट विभिन्न किसिमका हाइब्रिड (वर्णसंकर) जातका धानका बीउहरू आयात गरेका हुन् । बीउबिजन गुणस्तर नियन्त्रण केन्द्रले उपलब्ध गराएको तथ्यांकअनुसार २४ आयातकर्ता कम्पनीहरूले यस वर्षका लागि आवश्यक पर्ने १ अर्ब […]

कालो ढुसीका कारण संक्रमितको आँखाको दृष्टि गुम्न सक्ने

२० जेठ, काठमाडौँ – तपाईं कोरोना संक्रमित हुनुहुन्छ वा संक्रमणपछि निको हुनुभएको छ ?  सावधान, तपाईंको आँखामा कालो ढुसीको संक्रमण हुन सक्छ । यस्तो भएमा आँखाको दृष्टिसमेत गुम्न सक्छ । केही समयदेखि भारतको विभिन्न प्रान्तमा फैलिरहेको कालो ढुसी दुई सातादेखि नेपालमा पनि देखिएको छ । कोरोना संक्रमित या संक्रमण भइसकेको व्यक्तिमा देखिने कालो ढुसीका कारण […]

सरकारको बजेट भाषणपछि क्रसर चलाइरहेका डनहरू हौसिए

२० जेठ, काठमाडौँ – सरकारले शनिबार बजेट भाषणमार्फत ढुंगा, गिट्टी, बालुवाको निकासी खुला गर्ने भनेसँगै कानुन मिचेर क्रसर चलाइरहेका डनहरू हौसिएका छन। अहिलेसम्म कानुन कार्यान्वयन गराउने सरकारी अंगलाई रिझाएर चलाइरहेको अवैध धन्दा चलाउन सरकारबाटै लाइसेन्स पाउने भएपछि उनीहरू हौसिएका हुन्।यसले चुरेमाथिको दोहन डरलाग्दो गरी बढ्ने पर्यावरण विज्ञको चिन्ता छ। ‘सरकारले यति संवेदनशील विषयमा तराई–मधेसका बासिन्दाको […]

त्रिविका सबै परीक्षा साउन अन्त्यसम्म सक्ने तयारी

२० जेठ, काठमाडौँ – गत १९ महिनादेखि रोकिएका सम्पूर्ण परीक्षा आउँदो साउन अन्त्यसम्म सक्नेगरी तयारी गरिएको त्रिभुवन विश्वविद्यालयका उपकुलपति धर्मकान्त बासकोटाले बताएका छन् । बुधबार स्कुल अफ डेमोक्रेसीले आयोजना गरेको महामारी र शैक्षिक अन्योलता, वैकल्पिक व्यवस्थापन र कार्यान्वयनबारे आयोजना गरेको जुम मिटिङमा देशभरिका सबै विश्वविद्यालयका उपकुलपतिहरुले आआफ्नो विश्वविद्यालयको समस्या र चुनौतीबारे छलफल गरेका थिए । […]

एसओएस सुर्खेतकी ‘आमा’ पीडित

१९ जेठ, काठमाडौँ – टुहरा बालबालिकाको क्षेत्रमा बिगत चार दशकभन्दा लामो समयदेखि कार्यरत संस्था एसओएस बालग्राम सुर्खेतमा कार्यरत महिला कर्मचारीमाथि राष्ट्रिय निर्देशकसमेत मिलेर शोषण र दमन चलाएका छन् । विगत १० वर्षदेखि आमा पदमा कार्यरत यसोदा महतले सोमबार नेपाल समाचारपत्रलाई भन्नुभयो, ‘मानसिक र शारीरिक दुवै प्रकारको शोषण र दमनमा छौं, कसैसँग बोल्न दिइन्न, रातविरात भन्न […]

परीक्षण कम गरेर कोरोना संक्रमितको सङ्ख्या घटाउँदै मन्त्रालय

१९ जेठ, काठमाडौँ – सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार १५ हजार ५५ जनाको पिसिआर परिक्षण गरिएको थियो । गत एक साताको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकलाई नियाल्दा पिसिआर परिक्षणको संख्या नै घट्दो क्रम भएकै कारण संक्रमितको संख्या कम भएको कुरा स्वास्थ्यकर्मीहरुको भनाई छ । संक्रमितको संख्या उच्च स्तरमै रहेको र कूल […]

नेपाल समूहप्रति ओली नरम

१९ जेठ, काठमाडौँ – नेकपा एमालेले पार्टी एकता बचाउन थप लचकता अपनाउने भन्दै निर्णय गरेको छ । पार्टीका वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित ११ जना नेताहरूलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी कारबाही गरेको एमालेले एकता बचाउने थप प्रयास भन्दै पछिल्लोपटक स्पष्टीकरण सोधिएका थप १२ जना नेताहरूमाथि भने कारबाही नगर्ने नीति लिएको छ […]