Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

पत्रपत्रिका

प्रधानमन्त्रीलाई विश्वासको मत लिन सुझाव

२१ फागुन काठमाडौं – प्रतिनिधिसभा विघटन गरिएको कार्य असंवैधानिक भएको सर्वोच्च अदालतले ठहर गरेपछि र नेकपाको एक समूहले साधारण सदस्यबाट पनि हटाएको भनेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन आवश्यक हुने सम्बन्धित विज्ञहरुले बताएका छन् । अविश्वासको प्रस्ताव राख्नुभन्दा पहिले प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि प्रस्ताव गर्नुपर्ने सम्बन्धित विज्ञहरुले उल्लेख गरेका हुन् । हाल […]

अर्थतन्त्रको आकार ४० खर्बनजिक

२१ फागुन काठमाडौं – मुलुकको अर्थतन्त्रको आकार पौने २ खर्ब बढेको छ। केन्द्रीय तथ्यांक विभागले कुल गार्हस्थ उत्पादन गणना गर्ने आधार वर्ष परिमार्जन गरी केही नयाँ क्षेत्रलाई समेटेपछि अर्थतन्त्रको आकार फराकिलो भएको हो। नयाँ तथ्यांकअनुसार गत असार मसान्तमा मुलुकको कुल गार्हस्थ उत्पादन ३९ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ। यसअघिको गणना विधिअनुसार वैशाखमा सार्वजनिक गरिएको […]

को हुन् विप्लव ?

२१ फागुन काठमाडौँ – ११ फागुन २०२४ मा रोल्पा केवरी गाउँमा चित्रबहादुर र खुसीमाया घर्तीका कान्छा सन्तानका रूपमा जन्मिएका हुन्, नेत्रविक्रम चन्द । २०५२ सालमा सुरु माओवादी जनयुद्धक्रममा भूमिगत भएपछि उनले उपनाम ‘विप्लव’ राखेका हुन् । रोल्पामै बाल्यकाल बिताएका विप्लवले लिवाङ बालकल्याण माध्यमिक विद्यालयबाट १९ वर्ष हुँदा एसएलसी उत्तीर्ण गरेका थिए । उनका तीन दिदी […]

श्रद्धाञ्जली सभामै देउवा–पौडेलबीच जुहारी !

२० फागुन काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी दुई कित्तामा बाँडिएसँगै नेपाली कांग्रेसले कुन कित्तालाई सहयोग गर्ला भन्ने जिज्ञाशा सर्वत्र चर्चाको विषय बनेको छ । कांग्रेसले भने यस विषयमा आधिकारिक धारणा बनाइसकेको छैन । पार्टीका शीर्ष नेताहरूले आफू अनुकूलका धारणा दिँदै आएका छन् ।पूर्वसांसद एकनाथ रानाभाटको श्रद्धाञ्जलीसभामा सहभागी भएका कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता […]

३३ महिनामा साढे ४७ अर्बको आर्थिक अपराध

२० फागुन काठमाडौं – विभिन्न उपाय अपनाएर राजश्व छल्नेले बितेको ३३ महिनामा करिब साढे ४७ अर्ब रुपैयाँ राजश्व छलेर आर्थिक अपराध गरेको पाइएको छ । राजश्व अनुसन्धान विभागले विभिन्न बहाना बनाएर सरकारी निकायका कर्मचारीहरूसँग कै मिलेमतो तथा सेटिङ मिलाएर यसरी अर्बौं राजश्व छलेको पाइएको हो । मुलुकलाई ठूलो घटना पुर्याउन खोज्ने आर्थिक अपराधको जालो तोड्दै […]

इन्टरनेट बैंकिङबाट २० लाखसम्म भुक्तानि

२० फागुन काठमाडौं –  नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानी सीमा संशोधन गर्दै दोब्बर बनाएपछि कारोबारमा सहजता हुने भएको छ । बैंकिङ कारोबारमा सीमितता रहँदा कारोबार गर्न व्यवसायीलाई समस्या पर्दै आएको थियो । केन्द्रीय बैंक तथा वित्तीय संस्थालाई परिपत्र जारी गर्दै मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ ९मर्चेन्ट पेमेन्ट र एकाउन्ट ट्रान्सफर० को अधिकतम सीमा दोब्बर गरेको हो […]

अख्तियारको टोलीले पिछा गरेपछि घूस रकम फालेर पालिका अध्यक्ष फरार

१९ फागुन काठमाडौं – भवन निर्माण सम्पन्न गरेपछि भुक्तानीका लागि ८ लाख घूस रकम लिएर फर्कंदै गरेका वटेश्वर गाउँपालिकाका अध्यक्षलाई अख्तियारको टोलीले पिछा गरेपछि उक्त रकम छोडेर भागेका छन् । सो गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर राउत पैसा बाटोमा छोडेर भागेपछि अख्तियारको टोलीले गाडी चालक वीरबहादुर मगरलाई गाडीसहित नियन्त्रणमा लिएको छ ।घूस रकम लिएर भाग्दै गरेको प्र।२–०२–००१ […]

संवैधानिक भूमिकाबाट च्यूत हुँदै आयोग

१९ फागुन काठमाडौँ – नेकपाको आधिकारिकता विवाद टुंगो लगाउनुको साटो अन्य विभिन्न विकल्पतिर निर्वाचन आयोगको ध्यान दिएर जिम्मेवारीबाट पन्छिन खोजेको भन्दै तीव्र आलोचना हुन थालेको छ । आयोग विवाद निरुपणका लागि कानुनीरुपमा अघि बढ्नुको साटो विभिन्न विकल्पमा अनौपचारिकरुपमा छलफल अघि बढाएर जिम्मेवारीबाट पन्छिन चाहेको संकेत दिएको छ । आयोगले अनौपचारिकरुपमा तीन विकल्पमा लगातार छलफल गरिरहेको […]

८ हजार रोपनी जग्गा अतिक्रमित

१९ फागुन काठमाडौँ – सरकारी, सार्वजनिक तथा गुठी जग्गा अतिक्रमणसम्बन्धी जाँचबुझ गर्न गठित आयोगले मुलुकभर आठ हजार १९० रोपनी जग्गा मिचिएको र व्यक्तिले आफ्नो नाममा कायम गरेको अध्ययन प्रतिवेदन सरकारसमक्ष बुझाएको छ । गत जेठ २० गतेबाट आयोगले अध्ययन थालेको थियो । आयोगका अध्यक्ष तथा विशेष अदालतका पूर्वअध्यक्ष मोहनरमण भट्टराईका अनुसार मुलुकभर २० जिल्लामा जग्गा […]

हानिकारक ग्यास आयातमा कडाइ

१९ फागुन काठमाडौँ – विश्वव्यापी तापक्रम वृद्धि गर्दै ओजोन विनाश गरेर मानव स्वास्थ्यमा प्रतिकूल असर गर्ने हानिकारक ग्यास आयातमा नेपाल सरकारले कडाइ गर्दै लगेको छ । हानिकारक ग्यास उपयोग गर्ने उत्पादन तथा सामग्रीको विकल्पतिर पनि नेपाल सरकारले कदम अगाडि बढाइरहेको वन मन्त्रालयअन्तर्गत वातावरण तथा जैविक विविधता महाशाखाका प्रमुख शिव वाग्लेले बताउनुभयो । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय […]