Date
शनि, बैशाख १९, २०८३
Sat, May 2, 2026

पत्रपत्रिका

ह्वात्तै बढे इन्टरनेट प्रयोगकर्ता

२४ माघ काठमाडौँ – कोभिड–१९ महामारीसँगै सुरु गरिएको लकडाउन र भर्चुअल अनलाइन कक्षाका कारण नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या अत्यधिक बढेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकलाई आधार मानेर बिदेसिएका नेपालीलाई कटाएर विश्लेषण गर्दा नेपालमा इन्टरनेट प्रयोगकर्ताको संख्या कुल जनसंख्याको हाराहारीमै पुुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार हालसम्ममा साढे २ करोडको हातमा इन्टरनेट पुुगेको छ […]

एउटै विद्यार्थीसँग ८ लाख अतिरिक्त शुल्क !

२२ माघ काठमाडौँ — कोरोनाको चपेटामा परेका विद्यार्थीसँग कान्तिपुर डेन्टल कलेजले ८ लाख रुपैयाँभन्दा बढीका दरले अतिरिक्त शुल्क लिएको छ । चिकित्साशास्त्रको बीडीएस अध्ययनरत विद्यार्थीसँग कलेजले मनोमानी रूपमा शुल्क लिएको अभिभावकले बताएका छन् । ‘लकडाउनका बेला अनलाइनबाट पढाएका थिए,’ एक अभिभावकले भने, ‘अहिले कलेज सुरु भएपछि थप शुल्क माग्दै दबाब आइरहेको छ ।’ सरकारले तोकेको शुल्क बुझाइसक्दा पनि […]

नेकपाका दुवै पक्ष आफूलाई बलियो देखाउन मुठभेड मुडमा

२२ माघ काठमाडौँ – सरकारमा रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को ओली समूह पनि आफ्नो पक्षमा जनमत देखाउन आमसभा र प्रदर्शनमा लागेको छ। ओली समूहले शुक्रबार काठमाडौंमा प्रदर्शन र आमसभा गर्ने भएको छ। त्यसको तयारीस्वरूप ओली समूहले बुधबार मोटरसाइकल ¥याली आयोजना गरेको छ। नेकपाकै नेपाल–दाहाल समूहले बिहीबारका लागि आमहडताल घोषणा गरेको छ। आमहडताल सफल पार्न […]

नेपालमा कोरोना नियन्त्रणमा आएको हो ?

२२ माघ काठमाडौँ – नेपालमा केही समययता घट्दै गएको देखिएको कोरोना संक्रमण दर नियन्त्रणभित्र आइसेकेको हो वा अझै नियन्त्रणबाहिर नै छ यकिन हुन नसकेको स्वास्थ्य विज्ञहरूले औंल्याएका छन्। पछिल्लो तथ्यांकहरूले दैनिक संक्रमण र मृत्युदर दुवै कमी हुँदै गएको भने देखिएको छ। बुधबार २४ घण्टाभित्रका कुल परीक्षणको ५।४६ प्रतिशतमा संक्रमण भएको छ। गत २४ घण्टाभित्रमा २५ […]

निर्वाचन हुने सम्भावना टर्दै

२२ माघ काठमाडौँ – नेकपाको आधिकारिकताको विवादले गर्दा आउँदो वैशाख १७ र २७ गते मध्यावधि निर्वाचन हुने सम्भावना न्यून हुँदै गएको छ । वैशाख १७ गते आउन ८५ दिन बाँकी रहेको छ । यति बेलासम्म निर्वाचनमा सहभागी हुने दलहरुलाई दल दर्ताका लागि आह्वान गरिसक्नुपर्ने थियो । विगतमा २०६४ चैतमा संविधानसभाको पहिलो निर्वाचन हुँदा जेठ असारतिरै […]

निर्वाचन आयोगले माग्यो ७ अर्ब

२२ माघ काठमाडौँ – निर्वाचन आयोगले आगामी वैशाख १७ र २७ गते हुने भनिएको प्रतिनिधिसभा निर्वाचनका लागि ७ अर्ब ७ करोड ९४ लाख ८० हजार रुपैयाँ माग गरेको छ । आयोगले बुधबार अर्थ मन्त्रालयलाई पत्र लेख्दै निर्वाचन तयारी एवं व्यवस्थापनका लागि बजेट माग गरेको हो । यसअघि आयोगले मंगलबार अर्थमन्त्री विष्णु पौडेलसँग बजेट व्यवस्थापनका विषयमा छलफल गरेको […]

शृङ्गारदेखि सरसफाइसम्म जताततै रसायनको जोखिम

१७ माघ काठमाडौँ – एक्काइसौँ शताब्दी विज्ञान र प्रविधिको युग हो । योविना कुनै पनि काम असम्भवजस्तै बनेको छ । यसको सहयोगले नै मानवका हरेक इच्छा र आकाङ्क्षा पूर्ति भइरहेका छन् । तर, मानवको यो इच्छा र आकाङ्क्षा पूर्ति गर्नेक्रममा अप्राकृतिक वस्तुहरूको उत्पादन पनि तीव्र रूपमा भइरहेका छन् । यस्ता अप्राकृतिक वस्तुको उत्पादन र खपत […]

थन्किएको बजेट तानेर कोरोनाको खोप

१७ माघ काठमाडौं – सरकारले सबै नागरिकलाई कोभिड–१९ विरुद्धको खोप निःशुल्क उपलब्ध गराउने भनेपछि अर्थ मन्त्रालय बजेटको जोहो गर्ने चटारोमा छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेटको व्यवस्था भइसकेको भने पनि विभिन्न शीर्षकमा छुट्याइएको बजेट काट्ने काम भइरहेको मन्त्रालयका अधिकारीले बताएका छन्। ‘खोप किन्नुपर्ने अवस्था आयो भने अन्य कुनै शीर्षकबाट कटौती गरेर पनि बजेट व्यवस्था गर्नुपर्छ भन्ने […]

‘छिटो प्रधानमन्त्री हुन ओलीले संविधान जारी गराउने कामलाई ‘फास्ट ट्रयाक’ मा लगे’

१७ माघ काठमाडौँ – प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओली संविधान निर्माणको महत्वपूर्ण जग १६ बुँदे सहमतिका हस्ताक्षरकर्तामध्ये एक हुन् । २०७२ जेठ २५ गते मध्यरातमा गरिएको १६ बुँदे सहमतिको संविधान निर्माणमा ऐतिहासिक महत्व छ । सोही सहमतिको जगमा टेकेर २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो । १६ बुँदे सहमतिपछि छोटो […]

ओली र दाहाल–नेपाल समूहको तानातानमा पूर्वलडाकु

१७ माघ काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीमा विभाजन आएसँगै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली समूह र अर्का अध्यक्ष पुष्पकमल दाहाल तथा माधवकुमार नेपाल समूहको तानातानमा पूर्वलडाकु परेका छन् । पार्टी विभाजनपछि आफ्नो समूहलाई बलियो देखाउन दुवै समूहले सशस्त्र संघर्ष तथा विभिन्न आन्दोलनका योद्धा तथा परिवारसँग नजिकिने रणनीति बनाएको पाइएको छ । प्रचण्ड–माधव समूहभन्दा […]