Date
शुक्र, बैशाख ११, २०८३
Fri, April 24, 2026

राजनीति

विप्लवमाथि प्रतिबन्धः नेकपाभित्र असन्तुष्टि, दाहालसँग सचिवालय सदस्यको छुट्टै बैठक

काठमाडौँ – सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का गतिविधिमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रै असन्तुष्टि बढेको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको सहमतिमा सरकारले विप्लव नेतृत्वको नेकपाका गतिविधिलाई प्रतिबन्ध लगाए पनि त्यो निर्णयमा पार्टी सचिवालयका अन्य सदस्यले असन्तुष्टि […]

पर्यटन बोर्डमा अनियमितताः १२ करोडका बिलभर्पाई गायब

काठमाडौँ – नेपाल पर्यटन बोर्डमा अनियमितता लुकाउन सबा १२ करोड रुपैयाँका बिलभर्पाईको स्रेस्ता गायब पारिएको तथ्य फेला परेको छ । महालेखा परीक्षकको कार्यालयले बोर्डको वित्तीय अवस्थाबारे लेखापरीक्षण गर्दा १२ करोड २८ लाख रुपैयाँको बिलभर्पाईको स्रेस्ता नै नभेटेपछि यो तथ्य बाहिर आएको हो । महालेखाले स्रेस्ता उपलब्ध गराउन पटकपटक निर्देशन दिए पनि स्रेस्ता हराएको जबाफ दिई बोर्डका […]

प्रधानमन्त्री ओलीले एकवर्षे कार्यकालको मूल्याकंन गर्दै मन्त्रिमण्डल पुनर्गठन गर्ने

काठमाडौं – प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूको एकवर्षे कार्यकालको मूल्यांकन गर्दै मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन् । सबै मन्त्रीलाई एकवर्षे कार्यकाल पूरा गर्न दिएर ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका हुन् । यस विषयमा प्रधामन्त्री एवम् नेकपा अध्यक्ष दाहालले विगत दुई दिनयता विभिन्न चरणमा छलफल जारी राखेका छन् । मन्त्रीहरूको कार्यक्षमता मूल्यांकनका लागि ‘सफ्टवेयर’ नै विकास गरेर त्यसमार्फत […]

किन डरायो आयोग मानवअधिकार उल्लंघन गर्ने सार्वजनिक पदाधिकारीको ‘कालोसूची’ सार्वजनिक गर्न ?

काठमाडौं – राष्ट्रिय मानवअधिकार आयोग मानवअधिकार उल्लंघन गर्ने सार्वजनिक पदाधिकारीको ‘कालोसूची’ सार्वजनिक गर्न हच्किएको छ । सूची सार्वजनिक नगर्न आयोगमा बाह्य दबाब परेको छ । सूची सार्वजनिक गर्ने विषयमा बारम्बार बैठक बसे पनि पदाधिकारीबीच सहमति जुट्न नसक्दा एक वर्षदेखिको प्रयास व्यर्थ बनेको छ ।   आयोगको अनुसन्धान महाशाखाले उल्लंघनकर्ताको सूची संकलन गरिसकेको छ । सूचीमा […]

सरकारी गाडीमा तस्करीको सामान ढुवानी

वीरगञ्ज –  हुलाकी राजमार्ग योजना कार्यालयको सरकारी गाडी भारतबाट तस्करीका सामान ओसार्न प्रयोग गरिएको खु्लेको छ । सडक विभागले हुलाकी राजमार्ग योजना कार्यालय वीरगञ्जका लागि उपलब्ध गराएको बा १ झ ९६१६ नम्बरको बोलेरो जिप योजना कार्यालय प्रमुखका छोरा आनन्द पटेलले भारतबाट तस्करीको सामान ओर्सान प्रयोग गर्दै आएका छन् ।   आइतबार राति तस्करीको सामानसहित उक्त […]

सरकारी सम्पत्तिको बारेमा सरकार नै अन्योल

काठमाडौं  –  सरकारीले व्यक्तिगत सम्पत्तिको अभिलेख राख्ने तयारी गरिरहे पनि आफ्नै स्वामित्वमा रहेका सम्पत्तिको एकीकृत विवरण भने राख्न नसकेको पाइएको छ । छुट्टाछुट्टै निकायले अभिलेख राख्ने गरे पनि एकीकृत सम्पत्ति विवरण राख्नेबारे स्पष्ट कानुन नहुँदा सरकारी सम्पत्तिको विवरण बारे सरकार बेखबर जस्तै देखिएको छ । हालसम्म नेपाल ट्रष्टको कार्यालय महालेखा नियन्त्रकको कार्यालय, भूमि व्यवस्थापन विभाग […]

झापाबाट काठमाडौं अवतरणको क्रममा प्रधानमन्त्रीको बिमान होल्ड भएपछि छानवीन समिति गठन

काठमाडौँ – झापाबाट काठमाडौं अवतरणको क्रममा प्रधानमन्त्री केपी शर्मा ओली सवार विमान होल्ड भएको भन्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ५ सदस्यीय छानबिन समिति गठन गरेको छ । मन्त्रालयले गठन गरेको छानबिन समितिको संयोजकमा मन्त्रालयका सहसचिव सुरेश आचार्य रहेका छन् । प्रधानमन्त्री सवा विमान किन, होल्ड भयो यस वारेमा बिहीबारबाट काम शुरु भएको संयोजक […]

सहिदको नाममा सरकारले बाड्यो १ अर्ब ८० रुपैयाँ बढी

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा अ‍ोली नेतृत्वको सरकारले  एक वर्षमै आर्थिक सहायताका नाममा राज्यको ढुकुटीबाट पौने २ अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको छ । २०७४ फागुन ३ गते सरकारको नेतृत्वमा आएपछि  अ‍ोलीले विकास, सुशासन र आर्थिक मितव्ययितालाई मूलमन्त्रको रुपमा प्रचार  गरेका थिए ।   ओली सरकारले एक वर्षको अवधिमा आर्थिक सहायता […]

स्थानीय तहका पदाधिकारीको ध्यान सुविधामाः जनताबाट उठाएको कर खल्तीमा

काठमाडौं – धादिङको रुबीभ्याली गाउँपालिकाको गत वर्षको आन्तरिक आय ४ लाख ७८ हजार थियो । तर, गाउँपालिकाको बैंक खातामा भने ३ लाख ६० हजार मात्र दाखिला भयो । बाँकी रकम पदाधिकारी र कर्मचारीले हिनामिना गरेको महालेखा परीक्षकको कार्यालयले तयार पार्दै गरेको प्रतिवेदनमा उल्लेख छ । जनतासँग उठाएको कर हिनामिना गर्ने वडा अध्यक्षहरू र कर्मचारीलाई २५ […]

नेता भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ –  पूर्वउपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले अधिकारीलाई राष्ट्रिय झण्डा ओढाएर सम्मान दिए । अधिकारीलाई आइतबार आर्यघाटस्थित एमाले नेता मदन भण्डारी र पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीलाई जलाइएको घाटमा अन्त्येष्टि गरिएको हो । अधिकारीलाई तीन छोरीहरु लुना, लिना र लिजाले दागबत्ती दिएका थिए । […]