राजनीति
पूर्वमन्त्री भारतमोहन अधिकारीको निधन
काठमाडौं । पूर्व उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीको निधन भएको छ । ८२ वर्षीय नेता अधिकारीको हृयाम्स अस्पतालमा उपचारका क्रममा शनिबार राति निधन भएको हो । अधिकारीको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि भोलि आइतबार विहान ९ बजेदेखि १२ बजेसम्म पार्टी कार्यालय धुम्बाराहीमा राखिन छ ।
प्रतिकूल मौसम कारणा मन्त्री अधिकारीसहितको शव काठमाडौँ ल्याउन समस्या
काठमाडौँ – ताप्लेजुङमा बुधबार दिउँसो भएको हेलिकोप्टर दुर्घटनामा परि निधन भएका संस्कृति पर्यटन तथा उडड्यन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको शव काठमाडौँ ल्याउन मौसम प्रतिकुल हुँदा समस्या उत्पन्न भएको छ । मौसम प्रतिकुलका कारण दुर्घटनास्थलबाट बुधबार सबै शव उठाउन सकिएको थिएन । बुधबार दुर्घटनास्थलबाट ४ जनाको शव ताप्लेजुङ सदरमुकाम फुङलिङको सुकेटार विमानस्थलमा नेपाली सेनाको हेलिकप्टर ल्याइएको […]
बैठक स्तब्ध भएको त्यो हृदयविदारक सूचना
काठमाडौँ – फागुन १६ गते । दिउँसोको करिब १ः५५ बजे । संवेदनशील मानिएको नागरिकता विधेयकको छलफलमा राज्य व्यवस्था तथा सुशासन समितिको सानो हल खचाखच थियो । विधेयकको दफावार छलफल जारी थियो । सांसदहरू शब्दशब्दमा बहस गरिरहेका थिए । त्यही बेला छलफलमा सहभागी गृहसचिव प्रेमकुकार राई बाहिर निस्कनुभयो । समिति बैठक कक्षको ढोकाको छेउमै बसेको थिएँ […]
अन्सारीलाई योग्य देखाउन नेकपाको चलखेल
काठमाडौँ – मुस्लिम आयोग अध्यक्षका लागि संवैधानिक परिषद्बाट सिफारिस भएका समिम मियाँ अन्सारीको योग्यताको विषयमा प्रश्न उठेपछि सत्तारुढ दल नेकपाले उनलाई योग्य बनाउन चलखेल सुरु गरेको छ । संसदीय सुनुवाइ समितिले यस विषयमा अनुसन्धान गरिरहेको छ । निर्वाचन आयोगले अन्सारी नेकपाको समानुपातिक सूचीमा रहेको र पार्टीको केन्द्रीय सदस्य भएको जानकारी समितिलाई पठाएको छ । अन्सारीले […]
सरकारलाई एक साताको अल्टिमेटम दिँदै अधिवक्ता पौडेलले गरे आत्मदाहको घोषणा
काठमाडौं – अधिवक्ता तथा भ्रष्टाचारबिरोधि अभियन्ता सि.पी. पौडेलले तारकेश्वर नगरपालिका वडा नम्बर २ का क्षेत्रप्रसाद ढकाल आफ्नै छिमेकी तथा नेपाल सरकारका सह–सचिव रुद्रप्रसाद लामिछानेद्धारा महिनौदेखि पीडित रहेका छन् । उनले सह सचिव लामिछानेले ७७ वर्षीय ढकाललाई कुटपिट गरेको भन्दै न्यायको लागि सरकारसमक्ष अपिल समेत गरेका हुन् । मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै पीडित […]
कांग्रेसमा गुट बलियो बनाउने होड
काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका शीर्ष नेताहरु पार्टीको १४औं अधिवेशनलाई आआफ्नो पक्षमा पार्ने रणनीतिमा जुटेका छन् । सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले एकताको सन्देश दिएको दुई महिना बित्न नपाउँदै नेताहरु गुटगत स्वार्थ रक्षाखातिर फेरि विभाजित बन्न पुगेका छन् । यो समाचार आजको नागरिक दैनिकमा छ । पुस पहिलो साता काठमाडौंमा सम्पन्न महासमितिको […]
करिब ९१ करोड लुकाउन पाठकलाई ७८ लाख घुस
काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन आयुक्त राजनारायाण पाठकलाई ७८ लाख रुपैयाँ घुस खुवाएको आरोप लागेको लम्बोदर न्यौपानेको नेतृत्वकालमा खर्च र भुक्तानी तथा स्रोत नखुलेको बचतसमेत गरी ९० करोड रुपैयाँभन्दा बढी अनियमितता भएको भेटिएको छ । कलेजको अनियमितताबारे भएको ‘अनुसन्धानमूलक लेखापरीक्षण’मा विभिन्न व्यक्तिका नाममा नियमविपरित भुक्तानी २३ करोड १० लाख, नियमविपरित थप खर्च ३३ […]
अब सरकारी कर्मचारीका छोराछोरी सार्वजनिक विद्यालयमा पढाउनुपर्ने
काठमाडौं – सरकारले आगामी शैक्षिक सत्रदेखि सार्वजनिक कोषबाट तलब खाने, सार्वजनिक पदमा बहाल रहेका आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्न लागेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको दफा १७९ को उपदफा १ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरेको मितिदेखि सार्वजनिक कोषबाट तलब, भत्ता खाने गरी सार्वजनिक […]
स्ववियु निर्वाचन आगामी वैशाखमा सार्ने त्रिविको तयारी
काठमाडौं – त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन २०७६ वैशाखमा गर्ने भएको छ । फागुन १५ गतेभित्र सम्पन्न गर्ने भनिए पनि सम्भव नभएपछि पछाडि सार्ने तयारी गरिएको हो । ‘त्रिविले नियमित लातिकाअनुसार स्ववियु निर्वाचनको तयारी गरेको हो,’ त्रिवि शिक्षाध्यक्ष प्राध्यपक सुधा त्रिपाठीले भनिन्, ‘फागुनबाटै परीक्षा सुरु हुने भएकाले अब वैशाख अन्तिम साता सम्पन्न गर्ने तयारीमा […]
ओली कमजोर भएपछि नेकपाको कार्यदल नै भंग
काठमाडौं – पार्टी एकताको सांगठनिक कामको टुंगो लगाउन गठित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को अधिकार सम्पन्न ९ सदस्यीय कार्यदल भंग भएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको प्रस्तावमा शक्तिशाली कार्यदल नै भंग गरिएको हो । कार्यदलका बहुमत सदस्यले एक साताको सयम थपिए आफूहरुलाई दिइएको जिम्मेवारीअनुसार प्रतिवेदन बुझाउने प्रस्ताव राख्दा पनि कार्यदलका संयोजक […]



