राजनीति
सरकारका ६० दिन : मन्त्रिमण्डल विस्तारमा ढिलाइ,राम्रा कामको सुरुवात
२ आश्विन, काठमाडौँ –नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले विशेष परिस्थितिमा सरकारको नेतृत्व समालेको दुई महिना पूरा भएको छ । साठी दिनको समय ठूलो उपलब्धी हासिल गर्न पर्याप्त त होइन तर देशमा व्याप्त अन्योल र अस्थिरताबाट मुलुकलाई स्थिरता प्रदान गर्ने गहन जिम्मेवारी भने प्रधानमन्त्री देउवाकै काँधमा छ । अर्कातर्फ मुलुक कोभिड–१९ महामारीको कहरमा गुज्रिरहेका बेला नयाँ […]
नेकपा (एस) प्रेस सङ्गठन दर्ता प्रक्रियामा
२ आश्विन, काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस सङ्गठन नेपाल दर्ताको प्रक्रियामा रहेको छ। सङ्गठनको विधानमा १५१ केन्द्रीय कार्यसमितिको व्यवस्था गरिएको छ । सङ्गठनलाई प्रभावशाली ढङ्गबाट सञ्चालन गर्न केन्द्रीय समितिमा २४ पदाधिकारीको व्यवस्था गरिएको छ। केन्द्रीय समितिको एक तिहाइ सदस्यबाट सचिवालय गठन र सचिवालयको एक तिहाइ सदस्यको सहभागितामा कार्यालय सञ्चालन गरिने […]
सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औँ स्मृति दिवस मनाइँदै
२ आश्विन काठमाडौँ – प्रजातन्त्र पुनःस्थापनाका लागि भएको विसं २०४६ को जन आन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको २४ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रुपमा रहनुभएका सिंह सबैको निष्ठाको केन्द्र बन्न सफल हुनुभएको थियो । विसं २०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा […]
२७ वर्षीय सापकोटाको केन्द्रीय महाधिबेशन प्रतिनिधिमा दाबी
२ आश्विन बागलुङ – नेपाली कांग्रेसको १४ औँ महाधिवेसन महाधिवेशन प्रारम्भ भएर ५६ वटा जिल्लामा वडा अधिवेशन सकिएको छ । बाकीँ २१ जिल्लामा असोज ५ गते वडा अधिवेशन सम्पन गर्ने कांग्रेसको कार्यतालीका छ । यो पटक देशैभरका वडाहरुबाट युवाहरुको उपस्थिती बाक्लो देखिएको छ। वाडबाट निर्वाचित सभापती र क्षेत्रिय प्रतिनीधीहरुले निर्वाचित गरेर केन्द्रमा पठाउने महाधिवेशन प्रतिनीधीहरुले […]
ढिलो चाँडो नेताहरु एकीकृत समाजवादीमा आउँछन् : माधव नेपाल
१ आश्विन, काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमालेमा रहेका नेताहरु ढिलो चाँडो आफ्नो पार्टीमा आउने बताउनुभएको छ । कतिपय नेता कार्यकर्ता अल्मलिएर एमालेमै बसेको र असल भावना भएकाहरु ढिलो चाँडो एकीकृत समाजवादीमै आउने उहाँको दाबी छ । शुक्रबार एकीकृत वैदेशिक रोजगार व्यवसायी संगठन, नेपालले आयोजना गरेको व्यवसायी भेलामा बोल्दै अध्यक्ष नेपालले विगतमा […]
युएइ राजदुत र उर्जामन्त्री भुसालबीच भेट
१ आश्विन, काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स ९यूएई० का राजदूत सइद हम्दन अल–न्वाबीले शिष्टाचार भेट गर्नुभएको छ । मन्त्रालयमा आज भएको भेटमा उहाँहरूबीच नेपाल र यूएईबीच रहिआएको अपसी सम्बन्धका विविध पक्षमा छलफल भएको छ । सो अवसरमा राजदूत अल–न्वाबीले आफ्नो कार्यकालमा द्विपक्षीय व्यापार विस्तार हुनाका साथै आपसी […]
मुलुकलाई चुनावमा धकेल्न एमालले फेरि षडयन्त्र थाल्यो : अध्यक्ष केसी
१ आश्विन, काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मुलुकलाई फेरि निर्वाचनमा धकेल्न नेकपा एमालेले षडयन्त्र गर्न थालेको आरोप लगाउनुभएको छ । उहाँले पछिल्लो पुनर्स्थापित संसदलाई फेरि भंग गर्न बाध्य पारेर देशलाई मध्यावधि निर्वाचनमा धकेल्नका एमालेले राज्यका निकायहरुमाथि आक्रमण गरिरहेको आरोप लगाउनुभएको हो । शुक्रबार एक प्रेस वक्तव्य जारी गर्दै अध्यक्ष केसीले भन्नुभएको छ, ‘पुनर्स्थापित संसदलाई […]
सरकारमा जान आफूहरु आज भने आजै, भोलि भने भोलि नै तयार छौँ : माधव नेपाल
१ असोज, काठमाडौं – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एक हप्ताभित्र मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । मिनभवनस्थित केन्द्रीय कार्यालय उदघाटन गरेपछि पत्रकारहरुलाई प्रतिक्रिया दिंदै नेपालले सो कुरा बताएका हुन् । मन्त्रिपरिषदले कहिले पूर्णता दिने भनेर पत्रकारहरुले सोधेको प्रश्नमा उनले भने ‘म प्रधान्मन्त्री भएको भए ठ्याक्कै भनिदिन्थें, आशा गरौं, यो हप्ताभित्र हुने छ […]
नेकपा एकीकृत समाजवादी को केन्द्रीय कार्यालय नयाँ बानेश्वर
१ असोज, काठमाडौँ – नेकपा (एकीकृत समाजवादी) को पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा रहने भएको छ । अध्यक्ष माधवकुमार नेपालका अनुसार काठमाडौंको नयाँ बानेश्वरस्थित आलोकनगर (तीनकुने पुलको दक्षिणतर्फ) कार्यालय रहन्छ। शुक्रबारदेखि उक्त कार्यालय सञ्चालनमा आउनेछ। अध्यक्ष नेपालका अनुसार शुक्रबार बिहान १० बजेदेखि कार्यालय सञ्चालनमा आउनेछ। काठमाडौं महानगरपालिका वडा नम्बर ३२ आलोकनगरमा रहेको कार्यालय आज उद्घाटन गर्ने […]
“अध्यादेशले लोकतन्त्र कमजोर बनायो” : रावल
३१ भदौ, डोटी – नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमवहादुर रावलले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशले लोकतन्त्रलाई कमजोर बनाएको बताउनुभएको छ । डोटीको सिलगढीमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै उपाध्यक्ष रावलले सजिलैसँग दल विभाजन गर्न सक्ने अध्यादेशले देशमा राजनीतिक अस्थिरता उत्पन्न गरेको र लोकतन्त्रलाई कमजोर बनाएका हुन् उहाँले भन्नुभयो, ‘अध्यादेशले कुनै पनि दल जुनसुकै बेलामा फुटेर […]



