Date
शुक्र, बैशाख १८, २०८३
Fri, May 1, 2026

रोजगारी

नेपालिक्स २०१९ को रिपोर्टमा ५५ नेपालीको विदेशमा अवैध लगानी

‘विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने’ कानूनी व्यवस्था विपरीत ५५ नेपालीको विभिन्न देशमा लगानी रहेको भेटिएको छ । यस्तो लगानी गर्नेहरूमा प्राध्यापक, डाक्टर, पूर्व सांसद्, नेता र समाजमा नामै नसुनिएका व्यक्तिहरू समेत रहेका छन् । करीब तीन हजार दस्तावेज केलाउने काम गर्न खोज पत्रकारीता केन्द्रले झन्डै एक वर्ष लगाएर नेपालिक्स २०१९ सार्वजानिक गरेको छ । जस्मा […]

अमेरिकामा एक महिनामै तीन लाख १२ हजार नयाँ रोजगारी सृजना

संयुक्तराज्य अमेरिकाको श्रम बजारमा गत डिसेम्बर महिनामा तीन लाख १२ हजार नयाँ रोजगारी सृजना भएको श्रम विभागले जनाएको छ । केही महिनादेखि वालस्ट्रिटमा अशान्त वातावरण देखिए पनि अमेरिकी रोजगारदाताले ठूलो संख्यामा मानिसलाई रोजगारी दिएका छन् । चीनसँगको व्यापारयुद्ध, अर्थतन्त्रमा विश्वव्यापी गतिहीनता तथा अमेरिकी सङ्घीय सरकारी कार्यालयहरुको आंशिक बन्दीबीच पनि श्रम बजारमा व्यापक सुधार आएको श्रम […]

टर्कीबाट फर्किए ३०० नेपाली

काठमाडौं – टर्कीको अन्तर्राष्ट्रिय विमानस्थल बनाउन लगिएका नेपाली कामदार करार अवधि पूरा नहुँदै फर्काइन थालेका छन्। मंगलबारसम्म झण्डै ३०० नेपाली फर्किसकेको भन्दै उनीहरूले वैदेशिक रोजगार विभागमा लिखित उजुरी दिएका छन्। काठमाडौंस्थित युरो नेपाल इन्टरनेसनल इम्लोइमेन्ट सर्भिस ९९० नेपालीलाई दुईवर्षे लिखित करारमा टर्कीस्थित युरो नेपाल लुस्लारान्सी इन्सान क्यानकर्लरी कम्पनीमा पठाएको थियो। कम्पनीले एक वर्ष पुग्न लागेका […]

अमेरिकामा पनि नेपाली असुरक्षित

न्यूयोर्क  – केही समयअघि भर्जिनियाको हेरन्डनस्थित फ्रेक्लिन फार्मको ‘सुनोको ग्यास स्टेसन’मा कार्यरत ४० वर्षीय रेशम बजगाईंको हत्या भयो। लुटेराहरूको समूहले टाउकोमा धारिलो हतियार प्रहार गरी बजगार्इंको हत्या गरेका थिए। ६ वर्षकी छोरी र श्रीमतीसँगै अमेरिका आएको ९ महिनामै उनको मृत्यु भयो। भर्जिनिया घटनाको महिना दिन नबित्दै ओक्लोहमा राज्यको एक ग्यास स्टेसनमा कार्यरत रचना श्रेष्ठमाथि गोली […]

जापानले अप्रिलदेखि नेपाली कामदार लैजाने

जापानको न्यूनतम पारिश्रमिक मासिक करिब २ लाख रुपैयाँ काठमाडौँ – २०१९ को अप्रिलदेखि जापानले नेपाली कामदारसमेत लैजाने भएको छ । जापानले विभिन्न ९ देशका विदेशी कामदारलाई आफ्नो देशमा काम गर्न र बसोवास गर्न सहज हुने गरी कानुन परिमार्जन गरेसँगै नेपाली कामदारसमेत जापान जान पाउने भएका हुन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दाहालले त्यस विषयमा […]

पाँच महिनादेखि १७ सय कर्मचारी जम्मेवारीविहीन

देशमा नयाँ संरचना लागू भएसँगै स्वास्थ्य मन्त्रालयअन्तर्गतका करिब एक हजार ७०० कर्मचारी पाँच महिनादेखि जिम्मेवारीविहीन फाजिल छन्। अध्ययन र योजनाविना संरचना बनेपछि सबै कर्मचारी दरबन्दीमा अटेका छैनन्। विशेषज्ञ डाक्टर, प्राविधिक र प्रशासनिक कर्मचारी जिम्मेवारीविहीन हुँदा देशभरकै स्वास्थ्य सेवा प्रभावित भइरहेको छ। वीर अस्पतालमा पनि ४२ कर्मचारी दरबन्दीविनै काम गरिरहेका छन्। जसमा २० अनमी र २२ […]

स्थानिय तहमा रोजगार सेवा केन्द्र खोलिदै

काठमाडौं – सरकारले ७ सय ५३ वटै स्थानीय निकायमा रोजगार सेवा केन्द्र खुल्ने निर्णय गरेको छ । श्रम, रोजगार, तथा सामाजिक सुरक्षा मन्त्रालयको समन्वयमा यो सेवा केन्द्र स्थानीय तहको मताहतमा रहनेछ । श्रम मन्त्रालयको प्रस्तावलाई सोमबार बसेको मन्त्रिपरिषदको बैठकले पारित गरेको हो । बैठकले ७ सय ५३ वटै तहमा अधिकृतस्तरको कर्मचारीको दरबन्दी सिर्जना गरेको छ […]

१४ हजार २ सय रुपैयाँले पुग्दैन, एक महिनाको नै चाहिन्छ : म्यानपावर व्यसायी

काठमाडौँ- सरकारले मलेसियासँग श्रम सम्झौता गरेपछि वैदेशिक रोजगारीमा जाने कामदारका लागि सहज हुने अनुमान गरिएको छ । तर लाखौँ असुल्दे कामदार ठग्दै आएका व्यवसयीहरु भने सम्झौताले व्यवसाय भरापमा पार्ने भन्दै विरोध गरिरहेका छन् । सम्झौताका शारंशले कतिपय विषयलाई स्पष्ट पार्न सकेको छैन । वैदेशिक रोजगार व्यवसायीहरुले सम्झौताले उठान गर्नुपर्ने अधिकांस विषय नसमेटिएको व्यवसायीहले जनाएका छन् […]

मलेसिया पछि थप तीन देशसँग श्रम सम्झौताको तयारी

काठमाडौँ –नेपाली कामदारको हित हुने गरी मलेसियासँग सोमवार श्रम सम्झौता गरेको सरकारले अरू तीन देशसँग पनि त्यस्तै सम्झौता गर्ने तयारी भइरहेको जनाएको छ ।  कतार, ओमान र संयुक्त अरब एमिरेट्स सँग श्रम सम्झौता गर्न लागिएको श्रम मन्त्रालयको भनाइ छ । नेपालले वैदेशिक रोजगारीका निम्ति झण्डै सयवटा देश खुला गरे पनि पहिलो चरणमा बढी कामदार जाने […]

नेपाल र मलेसिया बिच श्रम समझदारी, नि:शुल्क मलेसिया जान पाईने

काठमाडौँ नेपाल र मलेसिया बिच श्रम समझदारी भएको छ । नेपालीहरूको प्रमुख रोजगारीको गन्त्यव मानिएको मलेसियामा कामको लागि नेपाली श्रमिक शुन्य लागत जान पाउने भएका छन्। सोमबार नेपाल र मलेसियाबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएसँगै शुन्य लागतमा नेपाली कामदार मलेसिया जान पाउने बाटो खुलेको हो।  नेपाल र मलेसियाको मन्त्रीस्तरीय बैठकपछि राजधानीको होटल ह्‍यातमा समझदारीपत्रमा हस्ताक्षर […]