समाचार
विश्वासको मत नपाएका मुख्यमन्त्री राउतले गरे जानकी मन्दिरको दर्शन
२१ आश्विन,एजेन्सी – प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले बिहीबार जानकी मन्दिरको दर्शन गर्नूभएको छ । प्रदेशसभामा दुई तिहाइ मत प्राप्त गरेको केही दिनपछि उहाँले जानकी मन्दिरका पुजारी महन्त रामपतेश्वर दास वैष्णवसँग दर्शन भेट गर्नुभएको हो । विश्वासको मत प्राप्त गरेपछि राउतले जानकी मन्दिरमा गई महन्त दासबाट आशीर्वाद ग्रहण गरेको मुख्यमन्त्री सञ्चार सचिवालयले जानकारी दिएको […]
शाहरुख खान पुत्र आर्यनलाई एनसीबीले राख्नेभयो ११ अक्टोबरसम्म हिरासतमा
२१ आश्विन,एजेन्सी –बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई ११ अक्टोबरसम्म हिरासतमा राख्ने भएको छ । आर्यनसहित ६ जनालाई ११ अक्टोबरसम्म एनसीबीले हिरासतमा राख्ने इन्डियन एक्सप्रेसले लेखेको छ । भारतको नारकोटिक्स कन्ट्रोल ब्युरो ‘एनसीबी’ले आर्यनलाई हिरासतमा राख्न ११ अक्टोबरसम्मको मिति गरेको छ। वेल गराउन मुम्बईको अदालत पुगेको आर्यनसहति ६ जनालाई ११ अक्टोबरसम्म हिरासतमा राखिने भएको […]
पछिल्लो २४ घण्टामा देशभर ९ सय ११ जना संक्रमणमुक्त
२१ आश्विन,काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा देशभर ९ सय ११ जना निको भएर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ७ लाख ७३ हजार १४० पुगेको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ८ सय ५जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो […]
पिण्ड सेलाउने क्रममा डुबेर बेपत्ता भएका पुरुषको शव फेला
२१ आश्विन, काठमाडौँ – श्राद्धपछि नदीमा पिण्ड सेलाउने क्रममा डुबेर बेपत्ता भएका पुरुषको शव फेला परेको छ। मस्याङ्दी नदीमा डुबेर बेपत्ता भएका गोरखा नगरपालिका–१४ गोप्लिङका ४७ वर्षीय पूर्णबहादुर दराईको शव आज फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले बताउनुभयो। बुधबार अपरान्ह ३ः३० बजे सो नदीमा श्राद्धपछि पिण्ड सेलाएर पौडी खेल्ने क्रममा नदीले […]
गुण एयरलाइन्सले आजदेखि भैरहवा उडान भर्दै
२१ आश्विन, काठमाडौ – निजी वायुसेवा कम्पनी गुण एयरलाइन्सले आजदेखि भैरहवा उडान सुरु गर्ने भएको छ। आजदेखि भैरहवा नियमित उडान सुरु हुने गुण एयरलाइन्सका प्रवक्ता एंव बजार प्रमुख प्रज्वल थापाले बताउनुभयो यसअघि एयरलाइन्सले तुम्लिङटार, भरतपुर र पोखरामा उडान भर्दै आएको थियो। यहि असोजको दोस्रो सातामात्रै गुणका पाँच वटा जेट्स्ट्रीम जहाजले नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति प्रमाणपत्र […]
सीता भण्डारी मृत्यु प्रकरण : ३ जना कारागार चलान
२१ आश्विन, रुपन्देही – तिलोत्तमा नगरपालिका वडा नं ५ की सीता भण्डारी मृत्यु प्रकरणमा तीन जनालाई पुर्पक्षका लागि जेल चलान गरिएको छ । आत्महत्या दुरुत्साहन मुद्दामा पक्राउ परेका सीताका पति टीका पौड्याल, जेठाजु हरि पौड्याल र आमाजु विष्णु पौड्याललाई पुर्पक्षका लागि थुनामा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला अदालतमा बुधबार भएको थुनछेक बहसपछि अदालतको […]
नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला
२१ आश्विन, काठमाडौ – नेपाल वायुसेवा निगमका पूर्वअध्यक्ष रामाज्ञाप्रसाद चतुर्वेदी मृत फेला पर्नुभएको छ। निर्माणाधीन घरको चौथो तलाबाट खसेर उहाँको मृत्यु भएको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार काठमाडौं-७ बुलबुलेस्थित निर्माणाधीन घरबाट चतुर्वेदी बिहीबार बिहान ९ बजे खस्नुभएको थियो। उहाँले आत्महत्या गरेको हुनसक्ने अनुमान प्रहरीको छ। चतर्वेदीको बुलबुलेमै घर छ। ‘घरबाट खसेको खबर […]
छोरी जन्माउने १४ आमालाई सम्मानसहित नगद प्रदान
२१ आश्विन, काभ्रेपलाञ्चोक –नमोबुद्ध नगरपालिकामा छोरी जन्माउने आमालाई प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको छ । स्वास्थ्य संस्थामार्फत सुत्केरी भई छोरी जन्माएका आमालाई प्रोत्साहनस्वरुप विभिन्न शीर्षकमा नगदसहित सम्मान गरिएको हो । गत साउन १ देखि यही असोज १४ गतेसम्मको अवधिमा छोरीलाई जन्म दिने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुने १४ आमालाई सम्मानसहित नगद प्रदान गरिएको छ।वडा नं ९ को […]
एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा अभिनेता शाह नियुक्त
२१ आश्विन, काठमाडौ –एनएमबि बैंकको ब्रान्ड एम्बेस्डरमा चर्चित अभिनेता पल शाह नियुक्त हुनुभएको छ । बैंकले शाहसँग द्विपक्षीय समझदारीपत्रमा हस्ताक्षर गरी बैंकको ब्रान्ड एम्बेस्डर नियुक्त गरेको जनाएको छ । बैंकको अनुसार शाहले बैंकको व्यवसाय प्रवर्धनमा सहयोग गर्नुहुनेछ । शाहसँगको सहकार्यले बैंकको प्रवद्र्धन गर्न थप सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । अभिनेता शाहले एनएमबि बैंकको […]
नेकपा (एस) को स्थायी कमिटी बैठक बस्दै
२१ आश्विन काठमाडौ-नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटीको बैठक आज बस्दैछ । आज (बिहिबार) बिहान ११ बजे पार्टीको स्थायी कमिटी बैठक बस्न लागेको हो। आजको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको बारेमा टुंगो लगाईने बुझिएको छ । एकीकृत समाजवादीले चारवटा मन्त्रालय र एक राज्यमन्त्री पाउने गठबन्धन दलमा सहमति भइसकेको छ । तर दलहरुले अझै कुन कुन मन्त्रालय […]



