Date
आइत, बैशाख १३, २०८३
Sun, April 26, 2026

समाचार

भिरबाट खसेको ढुंगाले लागेर आमा-छोरीको मृत्यु

६ आश्विन,काठमाडौं –रोल्पामा पैदल हिँडिरहेका आमा-छोरीलाई भिरबाट खसेको ढुंगाले लाग्दा भिरमुनि लडेर मृत्यु भएको छ। रोल्पा नगरपालिका वडा नं.९ की २५ वर्षीया संगीता पुन र उनकी २ वर्षीया छोरी र्कीतिका पुनको स्थानीय हिङ्वाङ भिरबाट खसेको ढुंगाले लागेर भिरमुनी खस्दा  मृत्यु भएको रोल्पा प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले  बताउनुभयो। आमा-छोरीको शव मंगलबार बेलुका साढे ५ बजे फेला […]

११ घण्टापछि मुग्लिन-नौविसे सडक सञ्चालनमा

६ आश्विन,चितवन – पहिरोका ​कारण अवरुद्ध मुग्लिन –नौविसे सडक सञ्चालनमा आएको छ । यस सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना–४ नाग्दीखोला नजिकै खसेको पहिरोका कारण गएराति ११ बजेदेखि  दुईतर्फी अवरुद्ध बनेको सडक ११ घण्टापछि सञ्चालनमा आएको हो । सडक डिभिजन कार्यालयको दुई वटा लोडरले पहिरो पन्छाइ बिहान १० बजेदेखि सडक सञ्चालन गरिएको  इलाका  प्रहरी कार्यालय मुग्लिनले जनाएको छ […]

धरानमा अखाद्यवस्तु विक्री वितरण

६ आश्विन,धरान – चाड पर्वहरु नजिकिएसँगै धरानमा म्याद गुज्रिएका, अखाद्य तथा लेवल बिनाका खाद्य तथा पेयपदार्थहरु विक्री वितरण भईरहेको जनगुनासो व्यापक रुपमा बढेको छ । धरान उपमहानगरपालिकामा व्यापक रुपमा जनगुनासो आएको भन्दै आज  एक सुचना जारी गर्दै यस्तो अखाद्यवस्तु बिक्री वितरण नगर्न सरोकारवाला व्यवसायीहरुमा ध्यानाकर्षण गराएको हो । बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले दशै तिहार […]

नेपाल नागरिक उड्डयन प्राधिकरणको निमित्त महानिर्देशकमा राजकुमार क्षेत्री

६ आश्विन,काठमाडौं – मुलुकको हवाई उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को निमित्त महानिर्देशकको जिम्मेवारी राजकुमार क्षेत्रीले पाउनुभएको छ। क्यानका महानिर्देशक राजन पोखरेलले उमेरहदका कारण पदबाट राजीनामा दिएपछि क्यानकै १२औँ तहका उपमहानिर्देशक क्षेत्री निमित्त महानिर्देशक बन्नुभएको हो। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठताका आधारमा क्षेत्रीलाई निमित्त महानिर्देशकको जिम्मेवारी दिएको बताइएको छ। […]

बाढीले बागलुङमा दुई घर पुरिए

६ आश्विन,काठमाडौं – बागलुङको ढोरपाटन नगरपालिका–२ तारीखेतमा गए राति आएको भलसहितको बाढीले दुई घर पुरिएका छन् । बस्ती नजिकैको ठाडोखोलामा आएको बाढीले स्थानीय तमबहादुर महत र खिमबहादुर रसाइलीको घर पुरेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्तले जानकारी दिनुभयो । बाढीले घर पुरिए पनि मानवीय क्षति नभएको वन्तको भनाइ छ । जिल्ला प्रहरी कार्यालयका सूचना […]

परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा.नारायण खड्का नियुक्त

६ आश्विन,काठमाडौं – परराष्ट्रमन्त्रीमा नेपाली कांग्रेसका नेता डा.नारायण खड्का नियुक्त हुनुभएको छ । खड्का परराष्ट्रमन्त्रीमा नियुक्त भएको जानकारीसहितको पत्र राष्ट्रपति समक्ष पठाइसकिएको प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले जनाएको छ । प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले भन्नुभयो, ‘परराष्ट्रमन्त्रीमा नारायण खड्कालाई नियुक्त गरिएको जानकारी राष्ट्रपतिलाई गराइसकिएको छ ।’ राष्ट्रपति कार्यालयले शपथ ग्रहण हुने समय तोक्न भने बााकी […]

माओवादीले बोलायो स्थायी कमिटी बैठक

६ आश्विन,काठमाडौं –नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । बुधबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको स्थायी कमिटी सदस्य गणेश साहले जानकारी दिनुभयो । उहाँका अनुसार मन्त्रिपरिषद् विस्तारको तयारी भइरहेकाले मन्त्री छनोट गर्न बैठक बोलाइएको हो । असार २९ गते सरकारका नेतृत्व सम्हालेका काँग्रेस सभापति देउवाले ७० दिनसम्म पनि मन्त्रिपरिषद्लाई […]

बाँस्कोटाको टिप्पणीः एकीकृत समाजवादीमा जुनी बिताउनु भन्दा सोझै काँग्रेस प्रवेश गर्नु राम्रो

६ आश्विन,काठमाडौं – नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले नेकपा एकीकृत समाजवादी पार्टीलाई नक्कली पार्टी भन्नुभएको छ । उहाँले पार्टी चोइट्याउनेहरुले एकीकृत नाम राखेको भन्दै व्यङ्ग्य गर्नुभयो । नेकपा एसमा समय बिताउनुभन्दा सोझै काँग्रेस प्रवेश गर्नु राम्रो हुने भन्दै ट्वीटरमा टिप्पणी गर्नुभएको छ । बास्कोटाले भन्नुभएको छ “जुन गोरुको सिंग छैन,त्यसको नाम तिखे ? जस्ले पार्टी […]

६ महिना पछि खुल्दै मुक्तिनाथ मन्दिर

आश्विन ६ काठमाडौं – कोभिड –१९ को संक्रमण बढेपछि सरकारले गत बैशाखमा निषेधाज्ञा लगाएसँगै बन्द रहेको मुक्तिनाथ मन्दिर सर्वसाधारणका लागि खुला हुने भएको छ । हिमालपारिको जिल्लाका रुपमा चिनिने मुस्ताङमा रहेको प्रसिद्ध मुक्तिनाथ मन्दिर यही असोज १० गतेदेखि सर्वसाधारणका लागि खुला गरिने भएको हो । कोरोना महामारी पछि गत वैशाखदेखि बन्द रहेको मन्दिर सर्वसाधारणका लागि […]

पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध

आश्विन ६ काठमाडौं – चितवनको इच्छाकामनामा पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरमा पहिरो खस्दा सडक अवरुद्ध भएको हो । गए राति ११ः४५ बजे पहिरो खसेपछि राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बिहानैबाट पहिरो पन्छाउने काम सुरु गरिएको जनाइएको छ । ठूलो पहिरो खसेका कारण पन्छाउन समय लाग्ने […]