समाचार
सबै पालिकामा आइसोलेसन कक्ष तयार
२८ वैशाख, सिन्धुपाञ्चोक – कोभिड–१९ को दोस्रो लहर शुरु भई सङ्क्रमितको सङ्ख्या दैनिक वृद्धि हुँदै गएपछि सिन्धुपाल्चोक जिल्लाका १२ वटै स्थानीय तहमा आइसोलेसन कक्ष तयार गरिएको छ । चौतारामा २५ वटा अक्सिजनसहित २६ शय्या तथा बाह्रबिसे र मेलम्चीमा क्रमशः १० र १२ शय्याको आइसोलेसन कक्ष तयार भइसकेको जनाइएको छ । वरिष्ठ जनस्वास्थ्य अधिकृत दुर्गादत्त चापागाईका […]
सुनको मूल्य बढ्यो
२८ वैशाख, काठमाडौं – सुनको मूल्य बढेको छ । सोमबार तोलामा २ सय रुपैयाले बढेको सुनको मूल्य मंगलबार तोलामा ३ सय रुपैयाले बढेको हो । सोमबार तोलाको ९२ हजार रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेर ९२ हजार ३ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । […]
आज आमाको मुख हेर्ने दिन
२८ वैशाख, काठमाडौं – प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय ९पण्डित०, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई […]
रामेछापकी उपप्रमुखले आफ्नो निजि गाडीलाई बनाइन् एम्बुलेन्स
२७ वैशाख, रामेछाप – रामेछाप नगरपालिकाको उपप्रमुख सिर्जना खड्काले आफुले प्रयोग गर्दै आइरहेको गाडीलाई कोभिडका विरामी ओसारपसारका लागि एम्बुलेन्सको रुपमा संचालन गर्न दिने घोषणा गरेकी छिन् । उपप्रमुख खड्काले रामेछाप नगरपालिकामा कुनैपनि कोभिडका विरामीले एम्बुलेन्सको अभावमा उपचार बाट बन्चित हुन नपरोस भन्दै आफुले प्रयोग गर्ने गरेको गाडीलाई कोरोना महामारी अवधिभर एम्बुलेन्सको रुपमा विरामी ओंसारपसारका […]
काठमाडौंमा १५ दिन निषेधाज्ञा थप गर्ने निर्णय
२७ वैशाख, काठमाडौं – कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं जिल्लामा लगाइएको निषेधाज्ञालाई थप १५ दिन लम्ब्याउने निर्णय भएको छ । आज बसेको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसीसीएमसी काठमाडौंको बैठकले कडाइका साथ निषेधाज्ञाको अवधी लम्ब्याउने निर्णय गरेको हो । आगामी जेठ १२ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय भएको हो । जारी निषेधाज्ञा २९ गते सकिँदैछ ।
पेट्रोल छर्की आगो लगाएर फरार भएका साह पाँचै दिनमा पक्राउ
२७ वैशाख, सर्लाही – सर्लाहीको ईश्वरपुर नगरपालिका–१२ घारीबथानमा भएको हत्याको आरोपित एकजनालाई प्रहरीले पक्राउ गरेको छ । एक साताअघि छिमेकीलाई पेट्रोल छर्की आगो लगाएर हत्या गरेको आरोपमा सोही वडाका अन्दाजी ३५ वर्षीय शिवजी साहलाई प्रहरीले नेपाल–भारत सीमा क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेशरगञ्ज, वयलबासका प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो । घारीबथानका ५८ वर्षीय […]
एसईई र कक्षा १२ को परीक्षा स्थगित
२७ वैशाख, काठमाडौं – यस वर्षको एसईई र कक्षा १२ को बोर्ड परीक्षा स्थगित भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बैठक आज विहान बसेको बैठकले कोभिड महामारीको जोखिम र सबैतिर निषेधाज्ञाका कारण दुवै तहका परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । यस वर्षको एसईई जेठ १३ गतेदेखि र १२ कक्षाको परीक्षा जेठ २६ देखि शुरु […]
घरघरमै पुगेर सङ्क्रमितको उपचार
२६ वैशाख, बाँके – नेपालगञ्ज उपमहानगरपालिका१ ले होम आइसोलेसनमा बसेका सङ्क्रमितको घरघरै पुगेर उपचार गर्न थालेको छ । वडा कार्यालयले होलस्टिक होम केयर सेन्टरको सहकार्यमा भेरी अस्पतालका फिजिसियन डा पारश श्रेष्ठ नेतृत्वको स्वास्थ्यकर्मीले धम्बोझीका २५ सङ्क्रमितको घरघरमा पुगेर स्वास्थ्य सेवा दिएको छ । चिकित्सकसहितको टोलीले सङ्क्रमितको स्वास्थ्य जाँच गरी औषधि तथा एक्सरेलगायत अन्य परीक्षणको सिफारिस […]
‘च्यालेन्ज फर चेन्ज’ले राष्ट्रिय कविता प्रतियोगिता गर्दै
२६ वैशाख, काठमाडौँ – च्यालेन्ज फर चेन्जले राष्ट्रिय कविता प्रतियोगिता गर्ने भएको छ । कोरोनाका कारण विद्यार्थीहरु घर भित्र मात्र सीमित भइरहेको बेला विद्यार्थीहरुको सक्रियता बढाउनका लागि च्यालेन्ज फर चेन्जले राष्ट्रिय कविता प्रतियोगिता आयोजना गर्न लागेको हो । त्रिमुर्ति एकेडेमी र ग्लोबल पीस फाउण्डेसनको संयोजकत्वमा सो प्रतियोगिता आयोजना गर्न लागिएको हो । प्रतियोगितामा प्रथम हुनेले […]
देशभर थप ८ हजार ८५० जनामा कोरोना संक्रमण
२६ वैशाख, काठमाडौं । नेपालमा पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितहरू तीब्र रुपमा बढिरहेका छन् । मुलुकभर पछिल्लो २४ घण्टामा ८ हजार ८५० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मुलुकभर १८ हजार ७८७ जनाको पीसीआर परीक्षण गर्दा ८ हजार ७७७ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै, ५०६ […]



