Date
सोम, बैशाख २१, २०८३
Mon, May 4, 2026

समाचार

देउवाद्वारा लक्ष्मणसिंह थापाको निधनप्रति दुख व्यक्त

२७ फागुन काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गुल्मीका पार्टी पूर्वउपसभापति लक्ष्मणसिंह थापाको निधनप्रति दुख व्यक्त गर्नु भएको छ । नेपाल विद्यार्थी संघका संस्थापक केन्द्रीय सदस्य थापाको हिजो बुधवार ७२ वर्षका उमेरमा गुल्मी दरबार गाउँपालिकास्थित निवासमा निधन भएको थियो । सभापति देउवाले शोक सन्देशमार्फत थापाले पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको सक्रिय […]

पशुपतिनाथमा साढे दुई लाख दर्शनार्थीले गरे दर्शन

२७ फागुन काठमाडौँ – महाशिवरात्रिका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोनाको जोखिम कायमै रहे पनि भक्तजन मास्कलगायत स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर दर्शन एवं पूजा आराधनाका लागि शिवालयमा गएका हुन् । पशुपतिनाथ मन्दिरमा बिहान साढे ११ बजेसम्म करिब साढे दुई लाख दर्शनार्थीले दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिरमा एक घण्टाभित्र दर्शन गरेर […]

दैलेखमा गाडी दुर्घटना हुँदा एकको मृत्यु १५ घाइते

२७ फागुन काठमाडौँ – दैलेखको आठबिस नगरपालिका–१ डाब स्यालाघाटमा सडक दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । कालिकोटबाट सुर्खेततर्फ जाँदै गरेको क.प्र.०२००१ ख ०२४७ नम्बरको गाडी अनियन्त्रित भई सडकबाट १०० मिटर तल खस्दा १ जनाको मृत्यु भएको हो । दुर्घटनामा कालिकोटका अन्दाजी ३८ वर्षीय जितेन्द्रबहादुर शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ […]

अपराह्नपछि पहाडी भूभागमा वर्षाको सम्भावना

२७ फागुन काठमाडौँ – पश्चिमी वायुको प्रभावले आज देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अपराह्नपछि मेघगर्जनसहित वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज पहाडी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित वर्षाको सम्भावना छ । हाल देशका पहाडी भूभागका केही स्थानमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा छ । […]

चैतको दोस्रो हप्तादेखि मेलम्चीको पानी उपत्यकावासीको घरघरमा !

२७ फागुन काठमाडौँ – चैतको दोस्रो हप्तादेखि काठमाडौँ उपत्यकावासीको घरघरमा दैनिक खानेपानी वितरण गर्ने काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले योजना लिएको छ । चैतको दोस्रो साताबाट दैनिकरूपमा नै पानी वितरण गर्ने योजनाअनुरुप काम गरिँदै आएको केयुकेएलले जनाएको छ । केयुकेएलका अनुसार हाल सुरुङको परीक्षण भइरहेकाले अझै दुईतीन महिनासम्म भने संरचनाको परीक्षण हुनेछ ।

महाशिवरात्रि यसरी मनाइँदै छ

२७ फागुन काठमाडौँ – फागुन कृष्ण त्रियादशीका  दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान शिवको पूजा–आराधना गरी मनाइँदै छ । यसपटक महाशिवरात्रिको चाडमा दशै पछि धेरै विशेष संयोगहरू मिलेका छन् । जसको कारण यस पर्वको महत्व अझ बढेको छ । पहिलो संयोग महाशिवरात्रिका दिन चार ठूला ग्रहहरू शनि, गुरु, बुध र चन्द्रमा मकरमा छन् । दोस्रो […]

माधव समूहले गुटगत भेला राखेकोभन्दै ओली समूह सशंकित

२७ फागुन काठमाडौँ – एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूह पछिल्ला दिनमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र उनको समूहसँग केही सफ्ट देखिए पनि आफ्नो गुटगत भेलालाई भने जारी नै राखेको छ । बुधबार राजधानीमा बसेको नेपाल समूहको छुट्टै भेलाले विकसित घटनाक्रमको समीक्षा गर्दै पार्टीलाई एकताबद्ध बनाउने भूमिका अध्यक्ष ओलीकै […]

हावाहुरीले रुख ढल्दा पृथ्वीरामार्ग अवरुद्ध

२६ फागुन काठमाडौँ – पृथ्वीराजमार्गस्थित तनहुँको म्याग्दे गाउँपालिका–६ स्थित रिठेपानीमा रुख ढल्दा पृथ्वीराजमार्ग अवरुद्ध भएको छ । आज दिउँसो आएको हावाहुरीसहितको वर्षाले रुख ढाल्दा राजमार्ग अवरुद्ध भएको हो । साना सवारी सञ्चालन भए पनि ठूला सवारीसाधन रोकिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सनाले जानकारी दिनुभयो । रुख पन्छाएर राजमार्ग सञ्चालन गराउनका लागि बेलचौताराबाट […]

चालक अनुमतिपत्रका लागि आवेदन दिने चार लाख ५२ हजार

२६ फागुन काठमाडौँ – देशभरमा गरी चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या चार लाख ५२ हजार पुगेको छ । यो सङ्ख्या गत पुस २९ देखि अहिलेसम्मको देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुन चाहने सेवाग्राहीको हो ।लामो समयसम्म अवरुद्ध सेवा अहिले खुलेकाले एकै पटक धेरै सेवाग्राहीले भरेको यातायात व्यवस्था कार्यालयले जनाएको छ । झण्डै १० महिनासम्म […]

महाशिवरात्रिमा कोरोना प्रभाव : घट्यो साधुसन्तको सङ्ख्या

२६ फागुन काठमाडौँ – कोरोना महामारीको जोखिम कायमै रहेका कारण यस वर्ष पशुपति क्षेत्रमा विगत वर्षका महाशिवरात्रिको भन्दा साधुसन्तको आगमन घटेको छ । विगत वर्षमा महाशिवरात्रिको अघिल्लो दिनसम्म करिब चार हजार साधुसन्त आउने गरेकामा यस वर्ष अहिलेसम्म एक हजार ५०० देखि दुई हजारसम्म साधुसन्तको मात्र उपस्थिति रहेको गुठी संस्थान पशुपति गोश्वारा कार्यालयले जनाएको छ । […]