समाचार
मिनी पानीजहाज तयार, उद्घाटनको मिति कुर्दै
२२ मंसिर चितवन। नारायणी नदीमा निर्माण भएको भिर क्रुज (मिनि पानी जहाज) सञ्चालनको पर्खाइमा छ । निर्माण पूरा भए पनि कोभिड १९ को कारण चलाउने अनुमति नपाएपछि त्यतिकै थन्किएको छ । सरकारले घोषणा गरेको पर्यटन वर्ष–२०२० लाई लक्षित गर्दै सञ्चालनमा आउने भनिए पनि उद्घाटनको दिन नजुरेको र कोभिडको कारणले गर्दा चलाउन नपाएको हो । मिनि […]
सुर्खेतमा कोरोना सङ्क्रमितको मृत्यु
२१ मंसिर सुर्खेत – सुर्खेतमा थप एक जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–६ का ५३ वर्षीय पुरुषको शनिबार राति प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाले जनाएको छ । मङ्सिर ९ गते कोरोना सङ्क्रमण पुष्टि भएका उनी होम आइसोलेसन बसेका थिए । एक्कासि स्वासप्रश्वासमा समस्या देखिएपछि […]
नम्रता श्रेष्ठ बनिन् ‘मिस नेपाल वर्ल्ड २०२०’
२० मंसिर काठमाडौँ – नेपालमा सौन्दर्य प्रतियोगिता मिस नेपाल २०२० को यस वर्षको टाइटल नम्रता श्रेष्ठले जितेकी छिन् । उनले प्रतिस्पर्धामा सहभागी २० प्रतिस्पर्धीलाई पछाडि पार्दै यो टाइटल हात पारेकी हुन् । उनले मिस नेपाल वल्र्डको ताज पहिरिएकी हुन् । किन्डरगार्टेन शिक्षिका रहेकी नम्रता अन्तिम ६ प्रतिस्पर्धीलाई एउटा प्रश्नमा पछाडि पार्दै मिस नेपालको टाइटल हात […]
बिरामी लिन गएको जिप दुर्घटना, ४ जनाको मृत्यु, ७ घाइते
२० मंसिर । हुम्ला- हुम्लामा जिप दर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । सिमकोट गाउँपालिका ७ डाडाफयाको जबुका नजिकैे शुक्रबार राती लु।२ च २१०२ नंम्बरको बलेरो जीप दुर्घटना हुँदा एक बच्चा सहित ७ जना घाईते र ४ जनाको मृत्यु भएको हो । सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको जिप बिरामी लिएर सिमकोट पर्किने क्रममा सिमकोट […]
काठमाडौं उपत्यकामा थप ५ सय ६१ जनामा संक्रमण फेला
१८ मंसिर काठमाडौँ – काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ५ सय ६१ जना संक्रमित फेला परेका छन् । जस्मा २ सय ५० महिला र पुरुष ३ सय ११ रहेका छन् । योसंगै काठमाडौ उपत्यकामा संक्रमितको कुल संख्या १ लाख १२ हजार ६ सय २१ पुगेको छ । योसंगै काठमाडौंमा संक्रमितको कुल संख्या ८९ हजार […]
९ हजार २ सय ८९ को परीक्षण गर्दा मुलुकमा १ हजार ३ सय ४३ संक्रमित थपिए
१८ मंसिर काठमाडौं – मुलुकमा थप १ हजार ३ सय ४३ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ९ हजार २ सय ८९ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ३ सय ४३ […]
धान झार्ने क्रममा विवाद हुँदा छोराको कुटपिटबाट बुबाको मृत्यु
१८ मंसिर गोरखा – सिरानचोक गाउँपालिका–८ जौबारीस्थित धन्सारमा छोराको कुटपिटबाट एक व्यक्तिको मृत्यु भएको छ । खेतमा धान झार्ने क्रममा भएको सामान्य विवादका क्रममा ७० वर्षीय तुलाराम ढकाललाई उहाँका ४० वर्षीय छोरा भुवनले कुटपिट गरी हत्या गरेको आरोप लागेको छ । धापे भन्ने ठाउँमा खेतमा धान झार्ने क्रममा बुधबार विवाद हुँदा छोराले मुक्का र लौराले […]
गोकर्णेश्वरमा एक महिने शिशु र आमा मृत अवस्थामा फेला, श्रीमान् अचेत
१८ मंसिर काठमाडौँ – काठमाडौंको गोकर्णेश्वरमा आमा(छोरी अवस्थामा फेला परेका छन् । गोकर्णेश्वर नगरपालिका–२ स्थित नयाँपाटी बस्दै आएकी सिन्धुपाल्चोकको जुगल गाउँपालिका घर भएकी २७ वर्षीया पेम्बी शेर्पा र उनकी एक महिनाकी छोरी बिहीबार बिहान मृत अवस्थामा फेला परेको हुन् । साथै उनका ३२ वर्षीय श्रीमान दोर्जे शेर्पा पनि अचेत अवस्थामा फेला परेका महानगरीय प्रहरी वृत्त […]
टिकटकमा अमर्यादित भिडियो राख्नेलाई कारबाही गर्दै प्रहरी
१७ मंसिर काठमाडौं – टिकटकमा लैङ्गिकता, फरक क्षमता, महिला तथा बाल अधिकार लगायतका संवेदनशिल विषयमा भिडियो बनाउनेलाई कारबाही अघि बढाएको छ । प्रहरी प्रधान कार्यालय अन्तर्गतको साइबर ब्यूरोले त्यस्ता संवेदनशिल विषयमा ख्यालै नगरी भिडियोहरु बनाएको भन्दै कारबाही गरेको हो । यस्ता भिडियो बनाउने र प्रसारण भएको पाइएपछि ब्यूरोले अध्ययन प्रक्रिया अघि बढाएको थियो । त्यसका […]
जापानमा बस्ने सबैले कोरोनाको खोप निःशुल्क पाउने
१७ मंसिर टोकियो – जापानमा बस्ने सबैलाई सरकारले कोरोनाभाइरस विरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ ।दैनिक रुपमा कोरोनाभाइरसबाट सङ्क्रमितहरु भेटिइरहेका बेला जापानको संसदले बुधबार एउटा कानून नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो । नयाँ कानून अनुसार १२ करोड ६० लाख मानिसलाई कोरोना विरुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेट समेत पारित […]



