Date
मङ्ल, बैशाख २२, २०८३
Tue, May 5, 2026

समाचार

कोरोना विरुद्धको खोपका ५ साइड इफेक्ट, विज्ञहरुको चिन्ता

२ पुष एजेन्सी – कोरोना भाइरस संक्रमणको कहरबाट विश्वलाई बचाउन वैज्ञानिकहरुले दिन रात खोपमा काम गरिरहेका छन् । कुनै संक्रमणलाई लिएर वैज्ञानिकहरुले यति तिब्र गतिमा काम गरेको सम्भवत यो पहिलो पटक हो । कोरोना विरुद्ध बनेको यी खोपले ५ साइड इफेक्ट देखा पर्नसक्ने, विज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । वर्तमान स्थितिमा, खोप लगाउनेहरू सुरक्षित हुन्छन् […]

राष्ट्र, राष्ट्रियता, स्वाधीनता, अन्तर्राष्ट्रिय पहिचान मूल नारा सहति यस वर्षको राष्ट्रिय झण्डा दिवस मनाइयाे

मनिष रञ्जन बराल १ पुष, काठमाडौँ- विभिन्न कार्यक्रम गरी तेस्रो राष्ट्रिय झण्डा दिवस मनाइएको छ । बुधबार राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालले दिवसका अवसरमा माइतीघर मण्डलामा एक कार्यक्रम आयोजना गरि मनाएको हो । प्रतिष्ठानले २०७५ पुस १ गतेदेखि यो दिवस मनाउँदै आएको छ । विक्रम सम्वत २०१९ पुष १ गते नेपालको राष्ट्रिय झण्डालाई संयुक्त राष्ट्र संघमा […]

नौ महिनापछि भक्तजन प्रवेश गरे पशुपतिमा

सिंहराज योञ्जन १ पुष, काठमाडौँ – कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी गरेदेखि बन्द रहेको पशुपति आज बिहान छ बजेदेखि भक्तजनका लागि खुला गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर खुला गरिएको मन्दिरमा बिहान छ बजेदेखि नै भक्तजन आउन थालेका छन् । पुसको चिसोमा पनि सयौँ भक्तजन मन्दिर […]

चित्तल मारेर खाँदै गरेका सात पक्राउ

-सवाल सम्वाददाता १ पुष, काठमाडाैँ- चितवन राष्ट्रिय निकुञ्जले चित्तल मारेर खाँदै गरेका सात जनालाई पक्राउ गरेको छ । निकुञ्जको मध्यवर्ती सामुदायिक वन क्षेत्रबाट चित्तल मारेर बस्तीमा लगेर काटेर खाँदै गरेका उनीहरुलाई पक्राउ गरिएको हो । निकुञ्जका सूचना अधिकारी लोकेन्द्र अधिकारीका अनुसार पक्राउ पर्नेमा भरतपुर महानगरपालिका–२३ बस्ने ४९ वर्षीय शुकबहादुर दरै, ४२ वर्षीय चन्द्रप्रसाद दरै, २८ […]

प्रहरी उपरीक्षक राठोर सम्मानीत

-सवाल सम्वाददाता १ पुष, काठमाडाैँ- जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठोरलाई सम्मान गरिएको छ । अन्यायमा परेका र असहाय महिला, बालिकाहरुको उद्धार कार्यमा सघाउ पुर्याएको जनाउँदै सामाजिक संस्था मञ्जुश्री असहाय संरक्षण केन्द्रको मकवानपुर शाखाले मङ्गलबार प्रहरी उपरीक्षक राठोरलाई सम्मान गरेको हो । अन्यायमा परेका र असहाय महिला, बालिकाहरुको उद्धार, संरक्षण तथा न्यायको […]

विपद् प्रतिकार्य योजना तयार

-सवाल सम्वाददाता १ पुष, काठमाडाैँ-जिल्ला प्रशासन कार्यालय मकवानपुरले विपद् प्रतिकार्य योजना तयार गरेको छ । जिल्लामा हुनसक्ने सम्भावित विपद्सम्बन्धी घटनाको पूर्वअनुमान गरी सोको बचावट र रोकथामको कार्य गर्ने गरी विपद् प्रतिकार्य योजना तयार गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिनुभयो । यसैबीच जिल्ला प्रशासन कार्यालयले तयार गरेको सो योजनालाई जिल्ला विपद् व्यवस्थापन समितिले कार्यान्वयन गर्ने […]

उखु किसानको समर्थनमा लोक गायक बद्री पंगेनी सडकमा (फोटोफिचर)

मनिष रञ्जन बराल ३० मंसिर, काठमाडौं । उखु किसानहरुले काठमाडौंमा सुरु गरेको  आन्दोलनमा लोक गायक बद्री पंगेनीले पनि समर्थन जनाएका छन् । सरकार र ऊखु किसानबीच सम्झौता भएको एक वर्ष पुग्नै लाग्दा पनि रकम भुक्तानी नपाएपछि देशभरका उखु किसानहरु काठमाडौं आएका उखु किसानको समर्थनमा बद्री पंगेनी पनि सडकमा आएका हुन् । गत वर्षको पुस १८ […]

तराईमा बाक्लो हुस्सु, उपत्यकामा आज यो बर्षकै कम तापक्रम

३० मंसिर काठमाडौँ– आज काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ। आज विहान ६ बजे गरिएको मापनमा काठमाडौँ उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियस रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम घटेकै कारण आज बिहान काठमाडौँ उपत्यकामा धेरै चिसो महसुस गरिएको छ । मुलुकभर पश्चिमी वायुको असर रहँदा तराईका अधिकांश जिल्लामा बाक्लो हुस्सु […]

खोप लगाउन कोही नागरिक वञ्चित नहुने

२९ मंसिर काठमाडौँ– स्वास्थ्य मन्त्रालयले सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउने बताएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले कोरोनाविरुद्धको खोप ल्याउन सरकारले आवश्यक पहलहरू गरिरहेको बताए । उनले भने, ‘सरकारले कोरोनाविरुद्धको खोप प्राप्त गर्ने तथा सबै नागरिकलाई लगाउने कामलाई योजनाबद्ध तरिकाले अगाडि बढाइरहेको छ ।’ नेपालमा ७२ प्रतिशत नागरिकलाई खोप लगाउने सरकारको योजना छ […]

कोरोना महामारीको कारण विश्वभरका सम्बन्ध विच्छेद र ब्रेकअपको घटना बढ्यो

२८ मंसिर एजेन्सी – कोरोना महामारीको कारण ब्रिटेनसहित विश्वभर सम्बन्ध विच्छेद र ब्रेकअपको घटनाहरु बढिरहेको छ ।यद्यपि विज्ञहरूले कोरोनाको कारण बिच्छेदको घटना अझ बढ्न सक्ने चेतावनी दिएका छन् । उनीहरुका अनुसार तिनीहरूको चरम शिखर अझै आइसकेको छैन। बीबीसीको रिपोर्ट अनुसार इंगल्याण्डमा बस्ने २९वर्षीया महिला सोफी टर्नर र उनका पतिले सम्बन्ध विच्छेदको लागि आवेदन दिएका छन्। […]