समाचार
बडादसैँले सबैलाई न्यायको मार्गमा अविचलित रूपमा अघि बढ्न उत्प्रेरित गरोस् : प्रधानमन्त्री देउवा
काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सरकार प्रतिवद्ध रहेको दोहोर्याएका छन् । नेपालीहरूको महान् चाड बडादसैँ २०७९ को अवसरमा शुभकामना दिँदै उनले सरकारको यो प्रयासमा सबै राजनीतिक दल, आम नागरिक सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, नागरिक समाज र सञ्चार क्षेत्रको […]
बडादसैँ नेपालीहरूको साझा राष्ट्रिय मनोविज्ञानको एक महत्वपूर्ण कडी हो : राष्ट्रपति भण्डारी
काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले बडादसैँ नेपालीहरूको साझा राष्ट्रिय मनोविज्ञानको एक महत्वपूर्ण कडी भएको बताएकी छन् । राष्ट्रपति भण्डारीले महान् चाड बडादसैँ, २०७९ को पावन अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले बडादसैँको धार्मिक, सांस्कृतिक, सामाजिक र आर्थिक आयामहरू रहेको बताइन् । बडादसैँ पर्वले सम्पूर्ण नेपालीबीचको सामाजिक–सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण, समतामूलक, सभ्य एवं सुसंस्कृत […]
आज विजया दशमी, टीकाको उत्तम साइत ११:५१ बजे
काठमाडौँ – दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । दसैँ घर वा पूजा कोठामा नौ दिनसम्म पूजा आराधना गरिएको प्रसाद आज मान्यजनबाट लगाइन्छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११ः५१ बजेको साइत […]
चाडपर्व सुरु भएसँगै दुर्घटना बढ्यो
काठमाडौँ – चाडपर्व सुरु भएसँगै दुर्घटना बढेका छन् । चाडपर्वको समयमा यात्रुको आवतजावत धेरै हुने गरेकाले यही मौका छोपेर व्यवसायीले कमाउने राम्रो सिजनको रुपमा लिने गरेकाले चाडबाडको समयमा दुर्घटनाका घटना धेरै हुने गरेका ट्राफिक प्रहरीले जनाएको छ । गाडी दुर्घटना हुनुमा अरु पनि धेरै कारण छन् । क्षमताभन्दा धेरै यात्रु बोक्दा, उच्च गतिमा गाडी चलाउँदा, […]
राँगोको मार हान्न तीन लाख १५ हजारको बोलकबोल !
म्याग्दी – म्याग्दीको रघुगङ्गा गाउँपालिका–२ को भगवती कोत मन्दिरमा आज नवमीका दिन बलि चढाइने सरकारी राँगोको मार हान्न (काट्न) रु तीन लाखको बोलकबोल भएको छ । सोमबार भएको कालरात्रिमा खुला बडीबढाऊमार्फत सरकारी राँगोको मार हान्ने छिनोफानो गरिएको हो । बडीबढाऊमा सहभागी सचिन केसीले सबैले भन्दा धेरै रु तीन लाख १५ हजार रकम तिर्ने कबोल गरेर […]
नवौँ राष्ट्रिय खेलकुद : म्याग्दीमा खेलमैदान तयार
म्याग्दी – म्याग्दीमा नवाँै राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने खेलमैदान तयार पारिएको छ । यहीअसोज २७ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतिस्पर्धा हुँदैछ । जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यासस्थलको व्यवस्थापन गरिएको जनाएको छ । समितिका अध्यक्ष […]
सडकका खाल्डाखुल्डीबाट जोगिनै समस्या
काठमाडौँ – पृथ्वी राजमार्गअन्तर्गत तनहुँ खण्डका विभिन्न ठाउँमा खाल्डाखुल्डी छन् । खाल्डोमा पानी जमेको छ । सडकमा बुङ्बुङ्ती धुलो उड्छ । धुलोको सास्ती त छँदैछ, यात्रा गर्दा खाल्डोबाट जोगिनुपर्ने अवस्था पनि छ । मुग्लिन पोखरा सडक विस्तारका कारण यहाँका अधिकांश ठाउँका सडक भत्किएका छन् । ठूला सवारीसाधनलाई भन्दा पनि दुई पाङ्ग्रे सवारी साधनका यात्रुई खाल्डोबाट […]
लमजुङलाई केन्द्र बनाएर भूकम्प
लमजुङ – लमजुङलाई केन्द्र बनाएर भूकम्पको धक्का महसुस भएको छ । लमजुङको खुदी आसपास केन्द्रविन्दु बनाएर सोमबार राति ८ः४१ मा तीन दशमलव चार रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । जिल्लाका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस भएको स्थानीयवासीले बताएका छन् ।
उत्तर कोरियाले हान्यो जापानतर्फ मिसाइल, जापानले बोलायो सुरक्षा परिषदको बैठक
एजेन्सी – उत्तर कोरियाले जापानको उत्तरी क्षेत्रतर्फ मिसाइल प्रहार गरेको छ । मध्यमस्तरको ब्यालेस्टिक प्रहार गरेको अनुमान जापानका अधिकारीले गरेका छन् । उक्त मिसाइलका कारण जापान त्यस क्षेत्रमा तनाव उत्पन्न भएको बताइएको छ । जापानी अधिकारीले आइल्याण्ड अफ होकाइदोका आफ्ना बासिन्दालाई सुरक्षित स्थानमा रहन निर्देशन दिएका छन् । मिसाइलकै कारण सो क्षेत्रमा चल्ने रेल सेवा […]
भक्तपुरमा राँगोलाई रक्सी खुवाएर दौडाउने जात्रा मनाइदै
काठमाडौँ – आज भक्तपुरमा आज राँगो दौडाउने जात्रा हुँदैछ । यहाँको दशैँको सबैभन्दा आकर्षक मानिने खमेय जात्रा अर्थात् राँगो दौडाउने जात्रा आज महानवमीका दिन हुँदैछ । जात्रालाई व्यवस्थित गर्न स्वयमसेवक परिचालन गरिने भएको छ । हिजो सोमबार भक्तपुर नगरपालिका– ९ को कार्यालयमा बसेको सरोकारवालासँगको भेलाले जात्रालाई थप व्यवस्थित बनाउन स्वयमसेवक परिचालन गर्ने निर्णय गरेको थियो […]



