समाचार
औद्योगिक पूर्वाधार आफै बनाए ७५ प्रतिशतसम्म शोधभर्ना
काठमाडौँ । तीन क्षेत्रका उद्योगले आफ्ना प्लान्टसम्म पुग्न आवश्यक औद्योगिक पूर्वाधार बनाएमा सरकारले शोधभर्ना दिने भएको छ । तारे होटेल, सिमेन्ट र फलाम उद्योग स्वयम्ले उद्योगसम्म पुग्ने पहुँच सडक र विद्युत् प्रसारण लाइन निर्माण गरेको खण्डमा लागतको ७५ प्रतिशतसम्म सरकारले शोधभर्ना दिने गरी कार्यविधि आएको छ । सरकारले उद्योगसम्म पुग्ने सडक, खानेपानी, बिजुली, ढलजस्ता आधारभूत […]
आफ्नै दलका नेताको व्यवस्थापन गर्न देउवालई सकस
काठमाडौँ – तीन पटकसम्म आफूसँग प्रतिस्पर्धा गरेर पराजित भएका नेकपा ९माओवादी० केन्द्र सुदूरपश्चिम इन्चार्ज खगराज भट्टलाई मुख्यमन्त्री बनाउने आश्वासन दिएर प्रदेश सभा सदस्य उम्मेदवारी दिन सहमति गरेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई गृह प्रदेशमा आफ्नै दलका नेताको व्यवस्थापन गर्न सकस परेको छ। प्रधानमन्त्री देउवाले माओवादी केन्द्रका नेता भट्टलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री बनाउने […]
७५ जिल्लामा डेगु, स्वास्थ्य सङ्कटकाल घोषणा गर्नेबारे अध्ययन
काठमाडौँ – मनाङ र हुम्लाबाहेक ७५ जिल्लामा डेगु सङ्क्रमण पुष्टि भएको छ । यससँगै डेङ्गु महामारीकै कारण स्वास्थ्य सङ्कटकाल घोषणा गर्ने कि नगर्ने भन्ने अध्ययनमा स्वास्थ्य अधिकारी लागेका छन्। काठमाडौँ उपत्यकाका दुई जिल्ला ललितपुर र काठमाडौँमा सबैभन्दा बढी डेङ्गु सङ्क्रमित पुष्टि भएको छ। ललितपुरमा कतिपय परिवारका सम्पूर्ण सदस्यलाई नै डेङ्गु पुष्टि भएको छ । गत […]
पन्ध्र करोड लगानीको पानीजहाज नदी किनारमै ‘ग्राउन्डेड’
काठमाडौँ । नेपालका नदीमा र समुद्रमा पनि नेपालको आफ्नै पानीजहाज चलाउन पानीजहाज कार्यालय खोलिएको चार वर्ष बित्न लाग्दा पनि पानीजहाज चल्ने सुर छैन। कानुनी अन्योलबीच खोलिएको पानीजहाज कार्यालयले नयाँ ऐन र नियमावलीको प्रस्तावसम्म गरेको छ तर ती पनि बन्ने वा नबन्ने निश्चित छैन। सरकारले पाँच दशकदेखिको पानीजहाजको सपनालाई मूर्त रूप दिने भन्दै ललितपुरको एकान्तकुनामा कार्यालय […]
‘भिजिट भिसा’मा विदेश जान सरकारको कडाइ
काठमाडौँ – पर्यटक भिसामा विदेश जान सरकारले कडाइ गरेको छ। पछिल्लो समय पर्यटक भिसामा विदेश जाने तर स्वदेश फिर्ता नहुने प्रवृत्ति बढेर गएको भन्दै सरकारले पर्यटक भिसामा विदेश प्रस्थान अनुमति व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९ु स्वीकृत गर्दै कडाइ गरेको हो। कार्यविधिले १६ प्रकृतिको भिसा वर्गीकरण गरेर पर्यटक भिसामा प्रस्थान अनुमति प्राप्त गर्नको लागि पेस गर्नुपर्ने कागजातहरू विभाजन […]
तेस्रो एकदिवसीयमा नेपाल र केन्या भिड्दै, केन्याविरुद्ध नेपाललाई क्लिन स्विपको अवसर
काठमाडौं – केन्या भ्रमणमा रहेको नेपालले आज सोमबार घरेलु टोलीविरुद्ध तेस्रो एकदिवसीयमा प्रतिस्पर्धा गर्दैछ । नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याको सामना गर्नेछ । नेपाल र केन्याबीचको खेल दिउँसो १२:४५ बजे सुरु हुनेछ । केन्याविरुद्ध मैदान उत्रदा नेपाल एकदिवसीय सिरिज क्लिन स्विप गर्ने योजनामा हुनेछ । तीन खेलको सिरिजमा नेपाल २-० ले अघि रहेको छ […]
भारत पाकिस्तानसँग पराजित
काठमाडौँ – एसिया कप क्रिकेटमा भारत पाकिस्तानसँग ५ विकेटले पराजित भएको छ । आइतबार राति भएको खेलमा भारत पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो । दुबई अन्तर्राष्ट्रिय मैदानमा भारतले दिएको १८२ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर ५ बलमा ५ विकेट गुमाउँदै १८२ रन बनायो । पाकिस्तानका लगि मोहम्द रिजवानले ७१ रनको अर्धशतकीय पारी खेले […]
टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेका बेला प्रस्तोताले झिँगो निलेपछि….
एजेन्सी – क्यानाडाकी एकजना समाचार वाचिकाले टेलिभिजनमा प्रत्यक्ष प्रसारण भइरहेका बेला अचानक मुखमा परेको झिँगो निलेकी छन् । झिँगो निल्न पुगेको भाइरल भिडियो उनी आफैँले पनि सेयर गरेकी छन् । सो भिडियोमा झिँगो निलेपछि समाचार वाचिका फराह नासेरले एकैछिन समाचार रोकेको र मुख बिगारेर त्यसलाई निलेपछि पुनः वाचन सुरु गरेको देखिन्छ । ग्लोबल न्युज टेलिभिजनकी […]
नेपालका बक्स अफिस पारदर्शी छैनन्ः अध्यक्ष खड्का
काठमाडौँ – नेपाल चलचित्र निर्माता संघको निःवर्तमान कार्यसमितिले नवनिर्वाचित पदाधिकारीहरुलाई शपथग्रहण एवं पद हस्तान्तरण गरेको छ । शनिवार काठमाडौंमा एक कार्यक्रमबीच नवनिर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण गरिएको हो । नवनिर्वाचित पदाधिकारीहरुलाई निःवर्तमान अध्यक्ष आकाश अधिकारीसहितको टिमले पद हस्तान्तरण गरेको थियो । पद हस्तान्तरणपछि बोल्दै नवनिर्वाचित अध्यक्ष नवल खड्काले अघिल्लो कार्यसमितिले थाँती राखेका कामलाई पूरा गर्ने बताउनु […]
महाभियोग सिफारिस समितिको बैठक बस्दै, जबराले बयान दिने
काठमाडौँ – निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक आज पनि बस्दै छ । यसअघि भदौ १५ र १६ गते समितिको बैठक बसेको थियो । बिहीबार बसेको समितिको बैठक २ घण्टामात्र चलेको थियो । महाअभियोग सिफारिस समितिका सभापति रामबहादुर बिष्टले जबरालाई सोधिने प्रश्नहरु बाँकी रहेकाले आज बिहान ११ पुनः बयान सुरु हुने जानकारी […]



