Date
बिहि, बैशाख १०, २०८३
Thu, April 23, 2026

समाचार

विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले सरकारी स्कुलका विद्यार्थीलाई दैनिक २५ रुपैयाँ खाजा खर्च दिने प्रस्ताव गरेको छ। आइतबार बसेको नगर कार्यपालिकाको बैठकले ८ कक्षासम्म अध्ययन गर्ने सबै बालबालिकालाई २५ रुपैयाँ उपलब्ध गराउने प्रस्ताव गरेको हो। संघीय सरकारले कक्षासम्म अध्ययन गर्ने बालबालिकालाई खाजास्वरुप १५ रुपैयाँ दिन र त्यसमा महानगरपालिकाले १० रुपैयाँ थप्ने गरी प्रस्ताव गरिएको महानगरपालिकाले जनाएको […]

चोलेन्द्रलाई सोधिने प्रश्न तयार गरिँदै

काठमाडौँ – महाभियोग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराउपरको बयानका क्रममा सोधिने प्रश्नावलीको तयारी थालेको छ । समितिले महाभियोग प्रस्तावमा उल्लेखित २१ विषयलाई नै मूल प्रश्न र प्रमाण सङ्कलनका क्रममा आएका विषयलाई समेत समेटेर प्रश्नावलीको मस्यौदा गरिरहेको छ । आइतबारसम्म इमेल र स्वयं उपस्थित भएर करिब दसवटा (व्यक्तिरसमूहले) प्रमाण पेस गरेका छन् । ती प्रमाणलाई […]

सरकारको सार्वजनिक ऋण २० खर्ब नाघ्यो, प्रतिव्यक्तिलाई थपियो ६९ हजार ऋणभार

काठमाडौँ – सरकारले विभिन्न समयमा लिएर तिर्न बाँकी सार्वजनिक ऋणको भार निरन्तर चुलिएर करिब २० खर्ब ११ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८र७९ को वार्षिक तथ्यांकमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्था’ प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा अहिले एक वर्षमै सार्वजनिक ऋण २ खर्ब ७७ […]

मोबाइलले बढ्यो बालविवाह

काठमाडौँ – हातहातमा मोबाइल फोनको पहुँचले पुथाउत्तरगङ्गा गाउँपालिकामा अझै पनि अधिकांशले भागी बिहे गर्ने गरेका छन् । कानुनले निर्धारण गरेको बिहे गर्ने उमेरमा थुप्रै आमाबाबु बनिसकेका हुन्छन् । गाउँपालिकामा अधिकांशको १३ देखि १७ वर्ष उमेरमै बिहे भइसकेको हुन्छ । सूचना प्रविधिको पहुँचले बालविवाहको प्रवृत्ति झाँगिँदै गएको पाइएको छ । मोबाइल फोन, सामाजिक सञ्जाल आदिले यसलाई […]

जारी एसिया कप क्रिकेटमा पाकिस्तानलाई हराउँदै भारतको सुखद सुरुआत

काठमाडौं । साविक विजेता भारतले युएईमा जारी एसिया कप क्रिकेटमा विजयी सुरुआत गरेको छ । दुबईमा आइतबार राति भएको रोमान्चक खेलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै भारतले सुखद सुरुआत गरेको हो। पाकिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो ।भारतको जितमा रविन्द्र जडेजा र विराट कोहलीले समान […]

जुम्लामा करिब पचास करोडको स्याउ उत्पादन

जुम्ला – स्याउ सुपरजोन भनेर चिनिएको जुम्लाले यस वर्ष ठूलो परिमाणमा स्याउ उत्पादन गरेको छ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जुम्लाका आठै स्थानीय तहले राम्रो स्याउ फलाएका छन् । धेरै किसानले स्याउ टिपेर पनि बिक्री राम्रै आम्दानी लगिसकेका छन् । स्याउ व्यापारीको हतारोका कारण केही कृषकले स्याउ गुलियो, पोटिलो र परिपक्व नहुँदै टिपेर बिक्री […]

भारतीय वायु सेनाका उपप्रमुख नेपालमा

काठमाडौं – भारतीय वायु सेनाका उपप्रमुख तेजवीर सिंह नेपाल भ्रमणमा आउनुभएको छ । आइतबार दिउँसो उहाँको नेतृत्वमा नयाँ दिल्लीस्थित नेशनल डिफेन्स कलेजमा सञ्चालित नेशनल डिफेन्स कोर्ष–६२ मा सहभागी ३१ जना भारतीय सेना नेपाल आइपुगेका हुन् । उपप्रमुख सिंह नेतृत्वको टोली भदौ १६ गते सम्म नेपालमा रहने नेपाली सेनाले जनाएको छ । ५ दिन नेपाल रहँदा […]

विलासी वस्तु आयात प्रतिबन्ध थप लम्बिने

काठमाडौं – सरकारले विदेशी मुद्रा सञ्चितीमा परेको दबाब घटाउन विलासी वस्तुको आयातमा लगाएको प्रतिबन्धलाई निरन्तरता दिने भएको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्यांकले विदेशी मुद्रा सञ्चितीको युद्ध लम्बिएको तथा विश्वभर आपूर्ति श्रृंखलामा अझै सहजता नआएका कारण महँगी अमेरिकी डलर दुवैको भाउ बढ्दै जाने आशंकाका बीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विलासी वस्तुको आयात प्रतिबन्धलाई […]

मन्त्रीको खेतबारीमा सिँचाइ योजना

गोरखा – आफू गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकासमन्त्री भएका बेला रामशरण बस्नेतले गोरखाको सिरानचोक गाउँपालिका–५ जरेवरमा सिँचाइ सुविधा पुर्‍याउन लिफ्ट सिँचाइ योजनाका लागि २०७५ सालमा बजेट विनियोजन गरिदिए । निर्माण कम्पनी र उपभोक्ता समितिबाट गरी करिब ६० लाख रुपैयाँबराबरको काम भयो । तर निर्माण कम्पनीले योजना बुझाएको अर्को दिनदेखि लिफ्ट चलेको छैन । जलस्रोत […]

नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपतिलाई दबाब

काठमाडौं – राष्ट्रपति विद्या भण्डारीले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९’ प्रमाणीकरण नगरी पुनः संसद्मा फर्काएको विषयमा लोकतान्त्रिक समाजवादी पार्टी ९लोसपा० का नेताहरूले चिन्ता व्यक्त गरेका छन् । उनीहरूले राष्ट्रपतिलाई भेटेरै उक्त विधेयक प्रमाणीकरण गर्न दबाबसमेत दिएका छन् । उनीहरू राष्ट्रपतिलाई भेट्न शनिबार शीतल निवास पुगेका थिए । नागरिकता विधेयक पुनः हुबहु राष्ट्रपति कार्यालयमा पठाउन […]