Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

कुकुर पाल्दा स्वास्थ्यमा हुने ५ फाइदा

अमेरिकन हर्ट एसोसिएसनले गरेको एक अध्ययनले घरेलु जनावर पाल्ने मान्छेहरुमा मुटुरोगको सम्भावना कम हुने तथ्य बाहिर ल्याएको छ। उक्त अध्ययन अनुसार कुकुर पाल्ने परिवारमा हृदयाघात हुने सम्भावना कम रहेको देखाएको हो। यो सँगै अर्को संस्था बार्कपोस्टले घरमा कुकुर पाल्नुका फाइदाबारे वैज्ञानिक रुपमा प्रमाणित ५ तथ्य सार्वजनिक गरेको छ।

१. खुशी बढाउँछ, निराश हटाउँछ

कुकुरसँग १५ देखि ३० मिनेट समय बिताउने मानिसमा तनाव घट्न गई खुसी बढ्ने हुन्छ। कुकरसँग खेल्नाले मानिसको मस्तिष्कमा खुशी र आनन्दसँग सम्बन्धित डोपामाइन र सेरोटोनिनको मात्रा बढाउँछ। यसले मानिसमा रहेको निराशा हटाउँन मद्दत गर्छ।

२.मुटु रोगको जोखिम घटाउँछ

कुकुरसँग खेल्दा र कुकुरलाई डोराएर हिँड्दा रक्तचाप घटाउन सहयोग पुग्छ। कुकुरलाई घरबाहिर लिएर जाँदा मानिसको पनि एक्सरसाइज हुन्छ। यसले गर्दा मुटुसम्बन्धी रोगहरुको जोखिम कम हुन्छ।

३. छालाको रोग र एलर्जीबाट जोगाउन सहयोग गर्छ

कुकुरसँग खेल्दै हुर्किने बालबालिकालाई लुतो तथा छालामा हुने एलर्जीले सताउने सम्भावना निकै कम हुन्छ।

४. स्वस्थ दैनिकीलाई प्रोत्साहन

कुकर पाल्नेहरुले कुकुरहरुसँग खेल्ने र काम गर्ने जिम्मेवारी पनि बहन गर्छन्, जसले गर्दा कुकुर पाल्ने व्यक्तिहरु तुलनात्मक रुपमा बढी सक्रिय हुन्छन् र दैनिकी पनि स्वस्थ हुन्छ।

५.   कुकुरको कारणले मानिसहरु एक्लोपना तथा तनाव ९डिप्रेशन०बाट मुक्त हुन्छन् ।

नोट: कुकुरको दिसामा मानव स्वास्थ्यलाई असर गर्ने जीवणु हुने भएकाले जथाभावी रुपमा कुकुरलाई दिसा गराउन हुँदैन। स्वास्थ्य खबरबाट

WRITE COMMENTS FOR THIS ARTICLE