Date
शुक्र, बैशाख ४, २०८३
Fri, April 17, 2026

विश्वकप क्रिकेट : इंग्ल्यान्डको सानदार जित, साउथ अफ्रिका फराकिलो अन्तरले पराजित

एजेन्सी 
१२ औँ संस्करणको विश्वकप क्रिकेटको पहिलो खेलमा आयोजक इंग्ल्यान्डले दक्षिण अफ्रिकालाई १ सय ४ रनको फराकिलो अन्तरले पराजित गरेको छ । यो जितसँगै इंगल्यान्डले विश्वकप २०१९ मा सानदार सुरुवात गरेको हो । लण्डनको द ओभल स्टेडियममा बिहीबार भएको विश्वकप २०१९ को पहिलो खेलमा ३ सय १२ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका २ सय ७ रनमा अलआउट भएको थियो ।


दक्षिण अफ्रिकाले ३९ दशमलब ५ ओभरमा सबै विकेट गुमाएर जम्मा २ सय ७ रन बनाएको थियो । दक्षिण अफ्रिकाका लागि ओपनर डि ककले सर्वाधिक ६८ रन बनाए । रसिई भान डेर डुसेनले ५० रन बनाएपनि अन्य खेलाडी सस्तैमा आउट भए ।

इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले तीन विकेट लिए । त्यस्तै लियाम प्लुंकेट र बेन स्टोक्सले समान २–२ विकेट लिए ।

इंग्ल्यान्डका जोफ्रा आर्चरले ३, लियाम पलंकिट र बेन स्टोक्सले समान २ २ विकेट लिएका थिए । घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डका चार खेलाडीले अर्धशतक प्रहार गरेर ३ सय ११ रना बनाएको थियो ।

बलिङतर्फ दक्षिण अफ्रिकाका लुंगी नागिदीले ३ तथा इमरान ताहिर र कगिसो रबाडाले समान २ २ विकेट लिएका थिए । खेलको प्लेयर अफ द म्याच बेन स्टोक्स बने । विश्वकप २०१९ को दोस्रो खेल शुक्रबार पाकिस्तान र वेस्ट इन्डिजबीच हुनेछ ।

WRITE COMMENTS FOR THIS ARTICLE