ग्लामर अवतारमा अञ्जलि, उनका प्रेमी निदायपछि पुगिन उनी, प्रेमीले भने म निदाएपछि आयौ
सवाल सम्वाददाता
काठमाडाँै गायक नवराज सापकोटाको नयाँ गीत मा निदाएसी आयौको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियामा नरेश गौतमको शब्दरचना तथा एनके ब्रदरर्सको संगीत रहेको गीतमा मोडल अञ्जलि अधिकारीको अहिलेसम्मकै फरक अभिनय रहेको छ। चर्चित गीत बोलमायामा अभिनय गरेकी अञ्जलि अधिकारीको अभिनयको सर्वत्र प्रशंसा भइरहेका बेला यो गीतमा निकै ग्लामर अवतारमा देखा परेकी छिन्। प्रेमीले अक्कल झुक्कल र कल्पनामा मात्रै आउने सुन्दरी प्रेमीकाको कल्पना गरेको दृश्यमा उनी निकै बोल्ड देखिएकी छिन्।

गीतमा अञ्जलिलाई जीवन भट्टराई र ऋचा थापाले साथ दिएका छन्। गीत सार्वजनिक भएलगत्तै राम्रो प्रतिक्रिया आइरहेको गायक सापकोटाले जानकारी दिएका छन् ।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE