Date
सोम, चैत्र ३०, २०८२
Mon, April 13, 2026

(एमसिसी)का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौँमा

 २४ भदौ,काठमाडौैं-अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० का उपाध्यक्ष फातिमा सुमार नेतृत्वको टोली काठमाडौं आइपुगेको छ।

उनको चार दिने भ्रमणमा नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि साथमा छन्। उनीहरू बिहीबार कतारबाट काठमाडौँ आएका हुन्।

नेपालमा एमसिसी संसदमा पास गर्ने विषय पेचिलो बनिरहेका बेला उनी नेपाल आएकी हुन् । सुमारले बिहीबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम छ ।

एमसीसी सैन्य रणनीति अन्तर्गत नभएको र संशोधन पनि गर्न नमिल्नेु भन्दै एमसिसीले बुधबार मात्र नेपाल सरकारलाई जवाफ फर्काएको थियो ।

सन् २०१९ मा नै कार्यान्वयनमा आउनुपर्ने एमसिसी परियोजना अझै अगाडि बढ्न सकेको छैन ।

 

 

WRITE COMMENTS FOR THIS ARTICLE