प्रेमकुमार राई अख्तियारको प्रमुख आयुक्त बन्दै !
काठमाडौं – गृह सचिव प्रेमकुमार राईलाई अख्तियारको प्रमुख आयुक्त बनाउने स्रोतले जनाएको छ । हालको प्रमुख आयुक्त नवीन घिमिरेको अवाकासपछि उनको ठाउँमा राई लाने उच्च स्रोतको दाबी छ । अख्तियार प्रमुख घिमिरेको म्याद छिट्टै सकिँदै छ ।
राईले आजै मात्रै यही माघ २० गतेबाट लागू हुने गरी मुख्यसचिव लोकदर्शन रेग्मी समक्ष राजीनामा दिइसकेका छन् । गृह स्रोतका अनुसार गृहसचिव राईको आइतबार ३ बजे मन्त्रालयमा विदाई कार्यक्रम राखिएको छ ।
स्रोत अनुसार नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नै गृह सचिव राईलाई प्रमुख आयुक्त बनाउने सोचमा रहेका छन् । राई प्रधानमन्त्री ओली र पूर्व सभामुख सुवास चन्द्र नेम्वाङको विश्वास पात्र हुन् । प्रधानमन्त्री ओलीले राईलाई मुख्य सचिव बनाउने तयारी गरेका थिए तर यहि माघ २२ गतेबाट नियमित अवकाशमा जाने भएपछि उनी मुख्य सचिव नहुने पक्का भएको हो ।
यो भन्दा अगाडी पनि अख्तियारको प्रमुख आयुक्तमा राईलाई लागे चर्चा चलेको थियो । तर कामु प्रमुख आयुक्त नवीन घिमिरेलाई प्रमुख आयुक्त बनाइएको थियो । लामो समय गृह मन्त्रालयमा रहेका सचिव राई कम विवादित सचिवका रुपमा परिचित छन् । २०४९ साल अगाडि निजामती सेवामा प्रवेश गरेका राई ‘राष्ट्र सेवक’ पगरीको मान जोगाउने अब्बल कर्मचारी हुन् ।
राईबारे आजसम्म कुनै पनि राजनीतिक वा प्रशासनिक नेतृत्वले औंला उठाएको छैन। उनीहरूले जोसँग काम गरे, तिनले राईको प्रशंसा गरेको पाइन्छ । उनको कामप्रति निष्ठा, दक्षता र इमानको तारिफ गर्ने गरेका छन्। पूर्वी पहाडी जिल्ला संखुवासभाबाट आएका राई चुपचाप काम गर्ने, प्रचार नखोज्ने र मिडियाबाट भरसक टाढै बस्ने हुन्।
राईको पहलमा भएको छानबिनले नै बालुवाटारको ११३ रोपनी सरकारी जग्गा कसरी भूमाफियाहरूले आफ्नो नाममा पारे भन्ने उजागर गरेका थियो । सरकारी जग्गा अपचलनको यो छानबिन प्रक्रिया गृहसचिव राईले सुरू गरेका थिए । बालुवाटारको सरकारी जग्गा मालपोत कर्मचारीहरूसँग मिलेर भूमाफियाले अपचलन गरेका उजुरी गृह मन्त्रालयमा केही वर्षदेखि नै थिए। कसैले चासो देखाएको थिएन।
RELATED NEWS ARTICLES







WRITE COMMENTS FOR THIS ARTICLE