Date
शनि, बैशाख १२, २०८३
Sat, April 25, 2026

भाषा परिक्षा पास गरेर दक्षिण कोरिया काम गर्न गएका नेपाली धमाधम पक्राउ

दक्षिणा काेरिया-नेपालबाट रोजगारीका लागी भाषा परिक्षा पास गरेर दक्षिण कोरिया पुगेका केही नेपाली कामदार पक्राउ परेका छन् । कोरियामा रहेका नेपालीहरुलाई केही समयदेखि अरूले परीक्षा दिएर पास गरी कोरिया आएका र नक्कली परीक्षार्थी बनेर परीक्षा दिने गरेका नेपालीलाई कोरियाली प्रहरीले पक्राउ गर्दै नेपाल पठाउन थालेको छ । ‘कति नेपाली नियन्त्रणमा परेका छन् भन्ने यकिन संख्या थाहा नभए पनि ५० जनाभन्दा बढी नेपाली अहिले नियन्त्रणमा छन्’ प्रवासी श्रमिक युनियनका अध्यक्ष उदय राईले जानकारी दिनुभयो, ‘सबै ठाउँमा अहिले छापा मारेका छन्न् विभिन्न ठाउँबाट फोन गरेर केही सहयोग हुन्छ कि भन्छन् । यस्तो केसमा हामीले केही गर्न सक्दैनौं ।’
नेपाली दूतावासका द्वितीय सचिव उद्धव न्यौपानेले केही नेपालीलाई फिर्ता पठाएको जानकारी कोरियाली अध्यगमन विभागले दिएको बताउनु भयो । उहाले भन्नुभयो ‘हामीलाई कोरियाली भाषामा अरूका नाममा परीक्षा दिने र अरूले नै परीक्षा दिएर पास भएर आउने चार जनालाई फिर्ता गरेको भन्ने जानकारी आएको छ ।’ कान्तिपूरमा समाचार छ ।

WRITE COMMENTS FOR THIS ARTICLE